नेपाल–चीन सम्बन्ध र पर्यटन

 Krishna Adhikariकृष्ण अधिकारी



नेपाल–चीनबीचको लिच्छविकालदेखि विकसित सम्बन्धले समयक्रमसँगै नयाँ आकार र उचाइ ग्रहण गर्दै आएको छ ।  दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र असल छिमेकी भाइचाराको सम्बन्ध अब पर्यटनको हिसाबबाट पनि कसिँदै गएको छ ।  बन्द राजनीतिक संस्कारमा रहेको चीनले विश्व समुदायमा खुला भएसँगै नेपाललाई पनि आफ्नो गन्तव्य सूचीको रूपमा राखेपछि क्रमशः चिनियाँ पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ ।  सन् २००३ मा चीनबाट भ्रमणका लागि गन्तव्यको स्तरमा राखेदेखि नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।  
विश्वमा चिनियाँ पर्यटकको सङ्ख्या दिनानुदिन बढिरहँदा नेपालले लाभ लिन सकेको छैन ।  जबकि चिनियाँ पर्यटकका लागि नेपाल सबैभन्दा सुलभ गन्तव्यमा पर्छ ।  साथै अहिले चाहिँ चिनियाँ पर्यटक बिदा मनाउन पनि आउने गरेका  छन् ।  चिनियाँ नागरिक अत्यधिक विदेश घुम्ने सौखिन र खर्चालु पर्यटकका रूपमा संसारभर परिचित छन् ।  एकजना चिनियाँ पर्यटकले झण्डै दुई हजार २८१ अमेरिकी डलर खर्च गर्छनर ।  चिनियाँ पर्यटक नेपालमा १० दशमलव १४ दिन बसाइ अवधि रहेको छ ।  चिनियाँ पर्यटक विशेष गरी नेपालमा संस्कृति, जीवनशैली र परम्पराका साथै जङ्गल सफारी, प्याराग्लाइडिङ र पदयात्रामा आकर्षित छन् ।  
नेपाल आउने चिनियाँ पर्यटक पोखराको साइटसिन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, ¥याफ्टिङ, हल्का पदयात्रामा रमाउने गरेका  छन् ।  यसका साथै फिल्म, रियालिटी सो, सर्ट मुभीलगायत सुटिङका लागि पनि केही चिनियाँहरू आउने गर्छनर ।
सन् २०११ को नेपाल पर्यटन वर्षमा एक लाख चिनियाँ पर्यटक भिœयाउने लक्ष्यसहित प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरिएको थियो ।  सोही कार्यक्रमले निरन्तरता पाइरहेकाले पनि चिनियाँ पर्यटकको आगमन वृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउनुहुन्छ ।  चीनका पर्यटकलाई नेपालमा आकर्षित गर्नका लागि सरकारले छन् २०१६ को जनवरीदेखि लागू हुने गरी नेपाल आउने पर्यटकलाई निःशुल्क प्रवेशाज्ञा दिने निर्णय गरेको छ ।  सो निर्णयसँगै चिनियाँ पर्यटकको आगमन बढेको छ ।  
नेपालभन्दा ६५ गुणा ठूलो मुलुक चीन जनसङ्ख्याका आधारमा विश्वकै ठूलो चीनबाट विभिन्न मुलुकमा करोडौँको सङ्ख्यामा पर्यटक निस्कन्छन् ।  चीन विश्वमै सबैभन्दा बढी पर्यटक भ्रमणमा पठाउने मुलुक हो ।  विश्व भ्रमणमा निस्कने १२ करोड चिनियाँ पर्यटकमध्ये एक प्रतिशत मात्रै नेपाल भिœयाउन सके पनि १२ लाख पर्यटक ल्याउन सकिन्छ ।  यसबाट नेपालले प्रशस्त फाइदा लिन सकिन्छ ।  सरकारले छन् २०१८ सम्ममा दुई लाख चिनियाँ पर्यटक भिœयाउने लक्ष्य राखेको छ ।  चीनको बेइजिङसम्म सीधा हवाई उडान भए चिनियाँ पर्यटकको सङ्ख्या अहिलेको भन्दा स्वतः दोब्बर पु¥याउन कुनै गाह्रो छैन ।      
भरपर्दो हवाई सेवा
पछिल्लो समय चीनका विभिन्न सहरमा नेपालको सिधा हवाई सम्पर्क बढ्दै गइरहेको छ ।  चीनका पाँचवटा एयरलाइन्सले अहिले नेपाल उडान भरिहेका छन् ।  नेपाल एयरलाइन्सले हङ्कङ्मा उडान भरिरहेको छ भने गोन्जाओमा पनि छिटै सुरु गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताउनुभएको छ ।  निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि चीनका विभिन्न सहरमा उडान भर्ने तयारी गरेको छ ।
नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक अधिकांश हवाई मार्गबाट आउने भएकाले दुई देशबीच भरपर्दो र सस्तो हवाई सुविधा हुनु जरुरी छ ।  नेपाल भ्रमण गर्ने झण्डै ९४ प्रतिशत चिनियाँ पर्यटक हवाई मार्गबाटै आउने गर्छन् ।  हाल नेपाल–चीनबीच छ ठाउँमा उडान गर्नसक्ने गरी हवाई सम्झौता भएको छ ।  अहिले चीनले चाइदा साउदर्न, एयर चाइना, चाइना इस्र्टन, ड्रागन एयर (हङरकङ) र सिचुवान एयरलायन्सले उडान गर्दै आएका  छन् ।  एयर चाइनाले सातामा तीनवटा काठमाडाँै– छेदुङ, दुईटा काठमाडौँ–ल्हासा गरेको छ ।  चाइना साउदर्नले क्वाङ्ची–काठमाडौँ सातामा नौवटा उडान गरेको छ ।  चाइना इस्टर्नले कुमिङ–काठमाडौँ सातामा १४ वटा, सिचुवान एयरले हप्तामा सातवटा छुदुङ–काठमाडौँ उडान भर्ने गरेको छ ।  चिनियाँ जहाजले चर्को भाडा असुलेकाले अधिकांशका लागि नेपाल महँगो गन्तव्य बन्न पुगेको व्यवसायीहरू बताउँ छन् ।  
भारतलाई उछिन्दै
पाँच वर्षको पर्यटक आगमनको तथ्याङ्कलाई हेर्दा चिनियाँ पर्यटकको सङख्या बढ्दै गएको देखिन्छ भने भारतीय पर्यटकको आगमन घट्दै गएको छ ।  सन् २००३ मा कुल ८६ हजार ३६३ भारतीय पर्यटकले नेपाल भ्रमण गरेकामा २०१४ मा एक लाख ३५ हजार ३४३ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए ।  सन् २००३ मा चीनबाट ७ हजार ५६२ पर्यटक नेपाल भ्रमण गरेका थिए ।  सन् २०१५ मा चिनियाँ र भारतीय पर्यटक झन्डै बराबरीको सङ्ख्यामा भित्रिएको तथ्याङ्क छ ।  छन् २०१५ मा घटेर ७४ हजार ८८४ जना भारतीय मात्र नेपाल आएका थिए, जुन चिनियाँ पर्यटकको सङ्ख्याभन्दा केबल १०७ जनाले बढी हो ।  वैशाखमा गएको भूकम्प र नाकाबन्दीका कारण छन् २०१५ मा समग्र पर्यटक आगमन ३२ प्रतिशतले घटेको थियो ।  भूकम्पलगत्तै चिनियाँ पर्यटकका लागि नेपाल जोखिमपूर्ण रहेको सूचीमा राखेकामा केही समयपछि सूचीबाट हटाएको थियो ।
नेपालमा औद्योगिक लगानीमा भारतलाई उछिनेको चीनले नेपालको पर्यटन आगमनमा पनि अग्रता लिने
सङ्केत देखाएको छ ।  हाल भारतीय पर्यटक आगमन घट्दै गए पनि चिनियाँ पर्यटकको आगमनमा भएको वृद्धिले नेपाल चीनको सम्बन्धमा नयाँ आयाम थपिएको छ ।  यसरी नेपालमा औद्योगिक लगानीमा भारतलाई उछिनेको चीनले नेपालको पर्यटन आगमनमा पनि अग्रता लिने सङ्केत देखाएको छ ।  पछिल्ला वर्षमा भारतीयको तुलनामा चिनियाँ पर्यटक आगमन वृद्धि उत्साहजनक रूपमा बढेको छ ।  हाल भारतीय पर्यटक आगमन घट्दै गए पनि चिनियाँ पर्यटकको आगमनमा भएको वृद्धिले नेपाल चीनको सम्बन्धमा नयाँ आयाम थपिएको छ ।  
चीनबाट नेपाल भ्रमणमा आउन पहिला मुख्य कठिनाइ रहेको भिसाको समस्या पनि अहिले धेरै हदसम्म समाधान भएको छ ।  अहिले चीनको बेइजिङ, साङ्घाई, हङकङ र ल्हासा मात्र नेपालको भिसा लिन सकिन्छ ।  चिनियाँ पर्यटक नेपाल भिœयाउनका लागि सबैभन्दा पहिला चीनका मुख्य सहरहरूमा कार्यालय स्थापना गरेर भिसा दिने व्यवस्था गर्नुपर्ने व्यवसायी बताउँ छन् ।  चीनको छेङ्दु, गोन्झाओ, कुम्निङलगायतका सहरमा कार्यालय खोल्नुपर्छ ।  नेपालले चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले निःशुल्क
‘अनअराइभल’ भिसा दिन सुरु गरेको छ ।  अहिले सरकारले चिनियाँ पर्यटकलाई १५ दिन, ३० दिन र ९० दिनका लागि भिसा दिने गरेको छ ।  निःशुल्क प्रवेशाज्ञाले चिनियाँ पर्यटक बढरने मात्र नभई दुई देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।
तिब्बत राम्रो बजार
नेपालले तिब्बत भ्रमणमा आएका चिनियाँ पर्यटकलाई आकर्षित गर्न सके पनि ठूलो उपलब्धि हुने देखिन्छ ।  नेपाल र ल्हासाबीच सिधा हवाई सम्पर्क र सडक सम्पर्क रहेको हुँदा उनीहरूलाई ल्याउन कठिन छैन ।  ल्हासामा महावाणिज्य दूत रहेको हुँदा उनीहरूलाई नेपालको भिसा लगाउन पनि सजिलो छ ।  त्यस्तै तिब्बतको सिगात्सेसम्म आइपुगेको रेल सेवालाई नेपालसँग जोड्न सकेमा धेरै चिनियाँ भिœयाउन सकिन्छ ।  तिब्बत भ्रमणमा अधिकांश चिनियाँ पर्यटक रेलमार्गबाट आउने गर्छन ।  सिगात्सेसम्म आएको रेल सेवा आगामी चार वर्षभित्र नेपालको सीमा केरुङसम्म आइपुग्ने भएकाले तिब्बत भ्रमणमा आउने पर्यटकलाई नेपालमा ल्याउन निकै सहज हुनेछ ।  
करिब ३३ लाख जनसङ्ख्या भएको तिब्बतले पर्यटन व्यवसायबाट कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान दिएको छ भने ११ प्रतिशत जनतालाई रोजगारी दिएको छ ।  छन् २०१५ मा एक करोड ५० लाख पर्यटकले तिब्बतको भ्रमण गरेका थिए ।  जसमध्ये ९५ प्रतिशतभन्दा बढी चिनियाँ  छन् ।  तिब्बत आएका चिनियाँमध्ये एक प्रतिशत मात्र भिœयाउन सके पनि करिब डेढ लाख पर्यटक नेपालमा थपिने छन् ।  चिनियाँसँगको सहकार्यमा तातोपानी नाका खोल्ने तथा नेपाल–तिब्बतबीच सिधा बस सेवा सञ्चालन गर्ने हो भने नेपाली पर्यटन बजारमा चिनियाँ पर्यटकको महìवपूर्ण योगदान रहनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना