नयाँ समयको घाँसी

Rajesh chamlingराजेश चाम्लिड राई

 

भर जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
आदिकवि भानुभक्त आचार्यका सन्दर्भमा मोतिराम भट्टले दशकौँ अघि रचना गर्नुभएको यो कविता समाजका लागि योगदान गर्नुपर्छ भन्नेहरूका लागि अहिले पनि उत्तिकै प्रेरक छ ।  कलिलो उमेरमै समृद्ध भविष्यको कल्पना गर्दै विदेशिनुभएका खोटाड, दुर्छिम ४ चुमाखुका जनकराज राईले यी हरफहरू त सायदै पढ्नु भयो तर उहाँले गर्नुभएको योगदान त्यही घाँसीको भावनाझैँ उल्लेखनीय छ ।  
२० वर्षको उमेरमा ब्रिटिश सेनामा भर्ती भएर छ वर्षको सैनिक सेवा, पारिवारिक जिम्मेवारी, व्यापारमा स्थापित हुन गर्नुपर्ने सङ्घर्ष आदिको कारण उहाँले त्यसपछि कमै मात्र गाउँमा पाइला राख्नुभयो तर करिब तीन दशक (२०७०) पछि गाउँ फर्कंदा यति धेरै गाउँलेहरूको सेवा गर्नेगरी फर्कनुभयो कि अहिले त्यस क्षेत्रमा उहाँ एक अविस्मरणीय व्यक्तित्व बन्नुभएको छ ।  उहाँसमेतको नामबाट ६ मिटर चौडाइ भएको १४ किलोमिटर सडक बनेको छ ।  सडकले करिब २० हजार स्थानीयलाई प्रत्यक्ष फाइदा पु¥याएको छ ।  
यसरी बन्यो सडक
मध्यपहाडी लोकमार्गअन्तर्गत पुष्पलाल लोकमार्गले दुर्छिमको टुप्पो हुँदै पूर्व पश्चिम हानेपछि त्यसको छेउँछाउँमा भएका गाउँलेहरूले आफ्नो गाउँलाई मूल सडकसँग जोड्न ठूलो पहल गरे ।  गाविसको रकमबाट सर्भे पनि गराए ।  सडकको लागत निस्कियो १ करोड ५० लाख रुपियाँ ।  सर्भे त भयो तर पाँच वर्ष बित्दा पनि सडक बन्ने सम्भावना देखिएन ।  सरकारी स्रोतबाट सडक बन्ने कुनै सम्भावना नदेखिएपछि सोही स्थानबाट काठमाडौँमा रहेर विभिन्न पेसा गरिरहेका नरेन्द्र राई, भोगिराज चाम्लिङ, कैलाश राई, राजुविक्रम चाम्लिङलगायतको अगुवाइमा चन्दा सङ्कलनबाटै रकम जुटाउने गरी समिति बन्यो ।  
समितिले सडकको लागत घटाउने र चन्दाबाटै निर्माण सम्पन्न गर्ने योजना बनायो ।  चन्दादातामध्ये पाँच लाख रुपियाँभन्दा बढी सहयोग गर्ने र त्यस क्षेत्रका ऐतिहासिक पात्र होलेसुङको नामबाट सडकको नाम राख्ने र तीन लाखसम्म सहयोग गर्नेको नाममा चोकको नाम राख्ने निर्णय भयो ।  यसका लागि जनकराज राईकहाँ पुगेको प्रस्ताव सहर्ष स्वीकार भयो ।  अनि बन्यो १३ दशमलव २७ किलोमिटर ‘होलेसुड–जनकराज राई मार्ग’ सिङ्गो गाउँलेहरूको लागतमा ।  सरदर ६ मिटर चौडाइ भएको यो सडक सुनकोशीमा राफ्टिङ रोकेर हलेसी निस्कने पर्यटकका लागि पनि सजिलो बनेको छ ।  सडकका लागि उहाँसँगै दयन्द्र राईले करिब पाँच लाख रुपियाँ सहयोग दिनुभएको छ ।  उहाँले आफ्नो बाबुको नामबाट एउटा चोकको नाम दलस्वर राई राख्नुभएको छ ।   
‘सडकले हजारौँलाई प्रत्यक्ष फाइदा हुने देखेपछि आफूले सकेको केही न केही गरौँ न त भन्ने भयो,’ राई भन्नुहुन्छ, ‘यो काममा संलग्न हुने अवसर पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु । ’ आर्थिक सहयोग सङ्कलन समितिका सदस्य कैलाश राईका अनुसार जनकले सुरुमा पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।  तर काम गर्दै जाँदा रकम लागत पनि थपिँदै गयो ।  तीन वर्षअघि सुरु गरिएको सडक निर्माण अभियान भर्खरै सम्पन्न भएको छ ।  अहिले यसको कुललागत ५८ लाख पुगेको छ ।  जसमा राईले मात्र करिब २५ लाख रुपियाँ खर्चिनुभएको छ ।  
‘उहाँको मूल खर्च १८ लाख पुगेको छ,’ समितिका अर्का सदस्य राजुविक्रम राईले भन्नुभयो ‘यसबाहेक विभिन्न शीर्षकमा उहाँले ६÷७ लाख जति खर्चिनुभएको छ ।  यसो गर्दा उहाँको कुल खर्च २५ लाख जति पुगेको हो । ’ गाविसको तीन लाखबाहेक बाँकी ५५ लाख चन्दा सङ्कलनबाटै जुटाइएको छ ।  
शिक्षण छाडेर लाहुरे
२०१४ साल भदौमा जन्मिएका राई भर्ती हुनुभन्दा अघि गाउँकै विद्यालयमा अस्थायी शिक्षक हुनुहुन्थ्यो ।  ‘हाम्रो गाउँघरमा दुःख थियो ।  दुई घण्टा हिँंडेर स्कुल जानुपथ्र्यो ।  दाउरा घाँस गर्दै जीवन बित्थ्यो,’ राई सम्झनुहुन्छ, ‘एसएलसी गर्नसाथ शिक्षक जागिर पाइहालिन्थ्यो ।  त्यसैले एसएलसी गरेपछि म पनि शिक्षक भएँ ।  अन्य सरकारी जागिरबारे कसैलाई केही थाहा थिएन ।  योबाहेक जागिरको बलियो आधार वा स्थान ब्रिटिश लाहुरे (गोरखा सैनिक) हुन्थ्यो । ’
शिक्षकको तलब अति कम हुन्थ्यो ।  अन्य कुनै सरकारी जागिर पाउने बाटो नै थाहा थिएन ।  त्यही सामाजिक परिवेशमा हुर्किनुभएका राई २०३६ सालमा ब्रिटिश सेनामा भर्ती हुनुभयो ।  ‘त्यतिबेला शिक्षकको तलब मासिक २५५ रुपियाँ थियो ।  प्रअ भत्ता २५ थियो ।  त्यति पैसाले केही हुँदैन थियो,’ उहाँले भन्नुभयो, ‘ब्रिटिशमा सेनामा भर्ती हुँदा ३५ सय रुपियाँ हुन्थ्यो । ’
फकल्याण्डको त्यो युद्ध
बेलायती सेनामा रहेका गोर्खा (नेपाली) हरूले त झन् विश्वका धेरै स्थानमा बहादुरीपूर्ण लडाइँको कारण देशलाई विश्वभर चिनाएका छन् ।  सन् १९८० मा भर्ती हुनुभएका राई पनि दुई वर्ष नबित्तै १९८२ मा बेलायत र अर्जेन्टिनाबीच फकल्याण्ड टापुको स्वामित्वको विषयलाई लिएर भएको लडाइँमा सहभागी हुनुप¥यो  ।  
‘लडाइँमा जाँदा हामीलाई क्यू ई टु भन्ने त्यसबेलाको सबभन्दा ठूलो पानी जहाजमा लगेको थियो ।  अहिले त म जान्दिनँ कस्ताकस्ता जहाज बने होलान्’  उसबेलाको स्मरण गर्दै राईले सुनाउनुभयो, ‘नौ तला भएको त्यो जहाजमा पाँच सात हजार मान्छे अट्थे  ।  त्यसमा २६ दिन २६ रात लगाएर हामी फक्ल्याण्डको गुसग्रिन भन्ने ठाउँमा उत्रियौँ ।  उत्रिनासाथ लडाइँ सुरु भयो । ’
लडाइँमा गोर्खा सैनिकहरूलाई बेलायतले अन्तिम अस्त्रको रूपमा प्रयोग गरेको थियो ।  करिब एक महिनासम्म चलेको युद्धमा बेलायतको ‘वेल्स गार्ड रेजिमेन्ट’का सैनिकहरू हारको सङ्घारमा पुगेपछि बेलायतले ७ जिआर (गोर्खा रेजिमेन्ट)लाई त्यहाँ उतारेको थियो ।  अर्जेन्टिनाले ‘वेल्स गार्ड रेजिमेन्ट’ को फौज पूरै ध्वस्त पारेको थियो ।  प्रचार युद्धमा निक्कै पोख्त बेलायतले गोर्खा रेजिमेन्ट त्यहाँ पुग्दासम्म उनीहरूको युद्ध कला र बहादुरीबारे यति धेरै सनसनीपूर्ण खबर फैलाएको थियो कि गोर्खा रेजिमेन्ट पुगेको २४ घण्टाभित्र अर्जेन्टिनाले हार स्वीकार ग¥यो ।  भनिन्छ त्यही भएर अहिले पनि अर्जेन्टिनीहरू गोर्खा भन्नासाथ घृणाको दृष्टिकोणले हेर्छन् ।
गोरा मेजरको  धुलाई
ज्यानको बाजी लगाएर बेलायतको पक्षमा लड्ने नेपालीहरू विश्वभर सम्मानित छन् तर उहाँ सेवामा रहँदा गोर्खालीहरूलाई एक गोरा मेजरले भने अत्यन्तै हेयको दृष्टिले हेर्थे ।  उनको व्यवहारको प्रतिवाद गर्दा उहाँलगायत १ सय ११ जनाले जागिरबाट निकालिएर रित्तो हात घर फर्कनु प¥यो ।  
उहाँ सम्झनुहुन्छ– मेजर पियर्स यति खराब थियो कि हामी गोर्खालीहरूलाई जनावर जस्तै ठान्ने ।  यसैक्रममा सन् १९८६ मा अमेरिकाको हवाई भन्ने स्थानमा अमेरिकी सेनासँग गोर्खा रेजिमेन्टको संयुक्त अभ्यास हुने भयो ।  त्यो अभ्यास सुरु हुनु एक महिना अघि उनी नेपाल आएर ट्रेकिङ गएका रहेछन् ।  नेपालमा आउँदा डोको वा ढाकमा बोकेर सामानहरू ढुवानी गर्ने, बिरामीले उपचार नपाउनेजस्तो अवस्था देखेर हामीलाई झन् हेप्न थाल्यो । ’
अभ्यासको अन्तिम अन्तिम अवस्थामा संयुक्त भोजको आयोजना गरिएको थियो ।  त्यो भोज खाने क्रममा कसैले भातको सीता भुइँमा झारेछ यसै प्रसङ्गलाई लिएर मेजर पियर्सले गोर्खाहरू असभ्य हुन् भन्दै अमेरिकीहरूलाई कुरा सुनाए ।  नेपालीहरूले अङ्ग्रेजी नबुझ्ने ठानेर गोरा मेजरले राखेको यस्तो कुरा शिक्षित नयाँ पुस्ताका लाहुरेहरूले बुझिहाले अनि सुरु भयो लफडा ।  
‘त्यति सारो होच्याएर बोलेपछि हाम्रा साथीहरूले निहुँ खोज्न थाले ।  त्यसपछि क्याम्पमा आएर उसले गोर्खा अफिसरहरूसँग मिटिङ राखेर सबै सोधखोज ग¥यो,’ उहाँले भन्नुभयो, ‘छलफलपछि मेजरले सार्जेन्ट नवीन राईलाई सजाय दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, त्यो हल्ला भएपछि त सबै सिपाहीहरू एक भइहाले ।  किन सजाय दिने ? भनेर सबै आन्दोलनमा उत्रिहाले ।  गोराको रामधुलाई भयो । ’
अभ्यास सकेर गोर्खा पल्टन हङकङ फर्कियो ।  र, यही काण्डमा भएको ७२ दिनपछि हाम्रो पल्टनका १११ जनालाई रित्तो हात घर फर्कायो ।  उहाँले भन्नुभयो– अहिले सम्झँदा लाग्छ, सायद हामीले सैनिक नियमभन्दा बाहिर काम ग¥यौँ होला तर त्यो हाम्रो स्वाभिमानको कुरा थियो ।
स्वदेशमै श्रम गरिखानु
विदेशमा काम गर्दा विभेदको नमीठो अनुभव सङ्गाल्नुभएका राई नयाँ पुस्तालाई स्वदेशमै सङ्घर्ष गर्न सल्लाह दिनुहुन्छ ।  अहिले पनि बेलायत गएर बस्न पाउने अवसरलाई छाडेर राजधानीमा स्थापित हाउजिड व्यवसायी बन्नुभएका राई देशमा भएको करोडौँको सम्पत्ति बेचेर बेलायत पलायन भइरहेका लाहुरेहरूका लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरणसमेत हुनुहुन्छ ।  मेन्छ्यायाम प्रोपर्टी डिलर्सका प्रोजेक्ट डाइरेक्टर राई भन्नुहुन्छ– विदेश जानै हुँदैन वा जाँदै जनाऊँ भन्ने होइन तर सकभर स्वदेशमै काम गरेर खानु
स्वाभिमानपूर्ण हुन्छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना