भोम्जन स्मृति प्रतिष्ठानले खेलकूद तथा मेला अायोजना गर्ने



मकवानपुर समाचारदाता, हेटौंडा, कात्तिक १७ गते । खेलक्ूद पत्रकार सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी मंसिरमा हुने खेलकुद महोत्सव तथा व्यापार मेला–२०७३ को तयारी सुरु गरिएको छ ।
मेला मंसिर २ गतेदेखि १३ गतेसम्म हेटौंडाको टीसीएन मैदानमा हुने छ ।
आयोजक संस्था प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा बसेको बैठकले खड्गीको संयोजकत्वमा मेला मूल आयोजक समिति र उपसमितिहरु गठन गरेको छ ।
    मेलाअन्तर्गत् खेलकूद प्रतियोगिताका लागि  खेलकूद प्रतियोगिता तथा मेला  व्यवस्थापनका लागि विभिन्न  उपसमितिहरू गठन गरिएको छ
    खेलकुद महोत्सव अवधिमा चार वटा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता मेला स्थलमै हुने र व्यापार मेलाअन्तर्गत् तीनसय ५० वटा व्यापारिक स्टल रहनेछ । दैनिक स्थानीय कलाकारहरुबाट नृत्य तथा गायन प्रतिभा प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।
नेपालमै पहिलोपटक राष्ट्रिय प्रतियोगितासमेत गर्ने गरी महोत्सव आयोजना गर्न लागेका मूल समारोह समितिका संयोजक खड्गीले जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकमा कार्यरत सुमन भोम्जनको गत वर्षको गोरखा महाभूकम्पमा परी मृत्यु भएको थियो । उहाँकै स्मृतिमा सो प्रतिष्ठान गठन गरिएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना