जान्न पाउने अधिकार खतरामा पार्दै दण्डहीनता

frank la ruफ्रयाङ्क ला रु

गएको दशकमा आठसयभन्दा बढी पत्रकार आफ्नो कर्तव्य निर्वाहका क्रममा मारिएका छन्, जसमध्ये आठ प्रतिशत मुद्दाको मात्रै समाधान हुन सकेको छ ।  यो १९५ सदस्य राष्ट्र भएको संस्था युनेस्कोका महानिर्देशकको आधिकारिक तथ्य हो ।
९२ प्रतिशत मुद्दा अझै समाधान हुन नसक्नुले सर्वसाधारण जनतालाई उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको रक्षा नभएको बताउँछ ।  यसले उनीहरूलाई समाजले उनीहरूको सूचनाको हक सुनिश्चित गर्न सक्दैन भन्ने विश्वस्त बनाउँछ  ।
त्यसैले हरेक सरकारले पत्रकारका विरुद्ध घटाइएका आपराधिक घटनाको अनुसन्धान गर्ने जिम्मेवारीलाई तदारुकताका साथ पालना गर्नैपर्छ ।  हरेक सरकारले यदि अन्य यस्तै मुद्दाका लागि दृष्टान्त कायम गर्ने हो भने समयमा नै पूर्ण रूपले त्यस्ता मुद्दा उपर काम गर्नुपर्छ ।  यदि हामीले पत्रकारका विरुद्ध कुनै पनि प्रकारको हिंसा हुन दिन्छौँ भने हामीले दण्डहीनता फैलिन मद्दत पु¥याउँछौँ ।  दण्डहीनता भनेको न्यायको सुनिश्चित हुन नसक्नु हो र जब पत्रकारका साथसाथै मानवअधिकार रक्षकका विरुद्ध हुने हिंसाका घटनामा दण्डहीनता व्यापक बन्छ, त्यसले एउटा होइन, थुप्रै यस्ता घटना निम्त्याउँछ ।
नोभेम्बर २ तारिखमा पर्ने पत्रकारका विरुद्ध गरिने अपराधसँग सम्बन्धित दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा हामीले यो सन्देश पठाएका छौँ ।  आफ्नो कर्तव्य निर्वाहका क्रममा मृत्युवरण गरेका पत्रकारहरूको श्रद्धाञ्जलि र सम्मानका लागि मात्रै नभई पत्रकारका विरुद्ध भइरहेका हिंसा र दुव्यवहारसम्बन्धी घटनाका सन्दर्भमा न्यायका लागि आग्रह गर्ने हिसाबले समेत यो दिवस महŒवपूर्ण छ ।  जथाभावी रूपमा पक्राउ गर्ने तथा गाली गलौज गर्ने लगायत सबै प्रकारका दुव्र्यवहारलाई अस्वीकृत गरिनुपर्छ ।  यस्ताखाले सबै क्रियाकलापसँग सम्बन्धित दण्डहीनताको अन्त्य गरिनु पत्रकारको सुरक्षालाई सुनिश्चित गर्नका लागि सबैभन्दा महŒवपूर्ण कदम हो ।
समाजको विकासका लागि पत्रकारको रक्षा तथा स्वतन्त्र सञ्चारको सुनिश्चितता अत्यावश्यक हुन्छ र हरेक महिला र पुरुषले उनीहरूको सूचनाको हक प्रयोग गर्नका लागि समेत यो महŒवपूर्ण हुन्छ ।  नागरिकका रूपमा प्रजातन्त्रमा सहभागी हुन, विकासको अधिकारका लागि काम गर्न पाउने हकका लागि यसको महŒव छ ।  दीगो विकासलाई समावेशी रूपमा अघि बढाउनका लागि पनि हामीलाई अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र सूचनासम्मको पहुँच आवश्यक छ ।  त्यसैले गत वर्ष संयुक्त राष्ट्रसङ्घमा आबद्ध सबै राष्ट्रले सहमति जनाएका दीगो विकास लक्ष्यको १६.१० बुँदामा १७ वटा लक्ष्यसम्म पुग्नका लागि ‘सूचनामा सार्वजनिक पहुँच’ सुनिश्चितता हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।  सुसूचित हुन पाउने अधिकार, जान्न पाउने हक र सत्तामा भएकालाई जवाफदेही बनाउन पर्ने नागरिकको दायित्व र अधिकार दुवैलार्ई सबल बनाउने पत्रकारिताले नै हो ।
हरेकपटक जब पत्रकारमाथि आक्रमण हुन्छ, धम्की दिइन्छ, उसको हत्या गरिन्छ या दुव्र्यवहार गरिन्छ र त्यस्ता घटनाको अनुसन्धान हुँदैन भने त्यो थप हिंसाका लागि निमन्त्रणा हो ।  पीडित पत्रकारमाथि न्याय नहुँदा त्यसले पीडकलाई यसप्रकारका घटना घटाइ राख्नका लागि बल प्रदान गर्छ ।  नोभेम्बर २ मालीमा सन् २०१३ मा हत्या गरिएका फ्रान्सेली पत्रकारहरूको वार्षिकी हो ।  चार वर्ष पहिला फिलिपिन्सको मागुन्दानाओ नरसंहारमा ३० जनाभन्दा बढी पत्रकारको हत्या गरिएको थियो, जुन इतिहासमा नै पत्रकारका विरुद्व गरिएको सबैभन्दा डरलाग्दो एकल आक्रमण हो ।  यीमध्ये कुनै पनि मुद्दा अहिलेसम्म समाधान भएका छैनन् ।  पत्रकारका लागि न्यायको प्रत्याभूति गर्न युनेस्कोले विश्वभरिका न्यायाधिकारीसँग काम गरी उनीहरूलाई पत्रकारहरूको हत्यासम्बन्धी घटनाको महŒवका बारेमा संवेदनशील बनाउने गर्छ ।
युनेस्कोले यस सवालमा चेतना जगाउनका लागि मिडिया, सरकार र नागरिक समाजसँग पनि साझेदारी गर्छ ।  यस कार्यलाई पत्रकारहरूको सुरक्षा र दण्डहीनताको सवालसम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्य योजनामार्फत अघि बढाइएको छ ।  यसले इच्छुक जनसमुदायसँग बृहत्तर साझेदारीका लागि आह्वान गर्छ ।  यो कार्य योजनालाई संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयद्वारा १८ डिसेम्बर २०१३ मा स्वागत गरिएको थियो ।
नोभेम्बर २ तारिख न्यायका लागि आह्वान गर्ने, पत्रकारहरूको सुरक्षाका लागि र दण्डहीनताको अन्त्यका लागि लड्ने दिन हो ।  यो मारिएका पत्रकारका मुद्दाका बारेमा जवाफ दिनका लागि सरकारहरूलाई आह्वान गर्ने र पत्रकारका विरुद्ध घटाइएका अपराधको समयमा नै प्रभावकारी ढङ्गले अनुसन्धान गर्नका लागि न्याय प्रणालीलाई उत्प्रेरित गर्ने दिन हो ।  पत्रकारहरू माथिको आक्रमणसँग सम्बन्धित दण्डहीनतालाई निर्मूल पार्नु स्वतन्त्र अभिव्यक्ति, मानव अधिकार र सूचनामा सार्वजनिक पहुँचका लागि अत्यावश्यक हुन्छ ।  सबैले आह्वान गर्नुपर्ने कुरा यही हो ।  
(लेखक युनेस्कोका सूचना तथा सञ्चार उप–महानिर्देशक हुनुहुन्छ ।)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना