सविना कार्की (मोडल)

sabina karki‘एटिएम गर्ल’ भनेर चिनिनुहुने सविना कार्की आजकाल म्युजिक भिडियोमा ब्यस्त हुनुहुन्छ ।  विवादित चलचित्र एटिएमकी नायिका सविनामा यतिखेर पछुतो छ, सो चलचित्रको अभिनयप्रति ।  भद्दा ग्ल्यामर र द्विअर्थी संवादका कारण विवादित बन्न पुगेको चलचित्र एटिएमकी नायिका तथा मोडल सविना भन्नुहुन्छ–“राम्रा ब्यानर र चलचित्र मात्र खेल्छु ।  एटिएमले अनावश्यक विवादित बनायो । ” चलचित्र दुलही रानीबाट अभिनय यात्रा सुरु गर्नुभएकी सविनाले एक दर्जन चलचित्रमा अभिनय गरिसक्नुभएको छ ।  अभिनयसँगै रेष्टुरेन्ट व्यवसायमा संलग्न सविना अभिनित चलचित्र ‘द फेमस’ चाँडै प्रदर्शनमा आउँदैछ ।  समिर वलामी निर्देशित सो चलचित्रमा कलेज गर्लको रुपमा सविनाको अभिनय रहेको छ ।

मोडल : सविना कार्की
तस्बिर : रमेश क्षत्री
स्टुडियोः सीएस फाइभ, महाराजगञ्ज
पहिरनः फेशन जोन, नयाँ बानेश्वर

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना