नेपाल भ्रमणको प्रणव सन्देश

dharmendra jhaधर्मेन्द्र झा

नेपाल प्राकृतिक छटाले भरिपूर्ण आध्यात्म–महत्त्वको देश हो र स्वतन्त्र भारतका तेह्रौँ राष्ट्रपति प्रणव मुखर्जी यतिखेर तीनदिने राजकीय भ्रमणका क्रममा नेपालमा हुनुहुन्छ ।  बुधबार नेपाल पदार्पण गर्नुभएका मुखर्जी आज जनकपुर र पोखराको भ्रमणपश्चात् स्वदेश फिर्ने कार्यक्रम छ ।  भारतीय राष्ट्रपतिको यो नेपाल भ्रमण १८ वर्षपछि भएको हो ।  यसअघि २०५५ मा तत्कालीन भारतीय राष्ट्रपति के. आर. नारायणनले नेपाल भ्रमण गर्नुभएको थियो ।   
 भव्य स्वागत
राजकीय भ्रमणमा बुधबार नेपाल आउनुभएका समकक्षी मुखर्जीलाई विमानस्थलमा स्वयं राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको थियो ।  राष्ट्रपति भण्डारीसँगै विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेपाल सरकारका जिम्मेबारहरूको उपस्थिति थियो ।  देख्नलायकको यो उपस्थिति स्वयंमा निकै अर्थपूर्ण रहेको सार्वजनिक टिप्पणी गरिएको छ ।  स्पष्ट छ, नेपाल सरकारले अत्यन्त महìव दिई मुखर्जीको भव्य स्वागत गरेको छ ।  मुखर्जीको भ्रमणलाई नेपालले कति महìव दिएको छ भन्ने कुरा बुधबार राष्ट्रिय बिदा घोषणा गरिनुबाट पनि स्पष्ट हुन्छ ।  राजधानी सहर सिँगारिनु, नेपाल र भारतका झण्डाले सहर ढाकिनु, स्वागत द्वारको ताँती ठडिनु यस्तै अन्य प्रमाण हुन् ।  भ्रमणको समयमा ट्राफिक व्यवस्थापनको प्रयास गरिएको छ ।  मूल सडक खाली गरी सर्वसाधारणलाई वैकल्पिक सडकको प्रयोग गर्न सुझाइएको छ ।  आमजनता आफूहरू केही सकसमा परेर भए पनि मुखर्जीलाई स्वागत गर्न पाएकोमा खुसी छन् ।  जनस्तरको अभिनन्दन भव्य स्वागतको अर्को नमुना हो ।  
जोड–घटाउको राजनीति
नेपाल र भारतबीच जनस्तरको सम्बन्ध छ र यो निकै घनिष्ठ रहँदै आएको छ तर पछिल्लो केही समययता सम्बन्धमा असहजता अनुभव गरिएको परिप्रेक्ष्यमा भारतीय राष्ट्रपतिबाट भएको यो भ्रमण निकै महìवपूर्ण छ ।  विगतको ओली सरकारकै समयमा हुने भनिए पनि विविध कारणवश रोकिइ अहिले भएको मुखर्जीको नेपाल भ्रमणलाई राजनीतिक वृत्तमा जोड–घटाउका दृष्टिले विश्लेषण गर्ने प्रयत्न पनि गरिएको छ ।  यो अनुचित हो ।  
हो, विगतमा नेपाल र भारतबीचको सम्बन्ध केही कटुतापूर्ण हुन गयो ।  छिमेकी मुलुक अघोषित नाकाबन्दीका लागि आरोपित भयो ।  यही सेरोफेरोमा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गरियो ।  अहिले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण सम्भव हुन सकेको छ ।  सम्बन्धहरूमा निरन्तर सुधार आवश्यक हुन्छ ।  यसै आधारमा मित्रता परिष्कृत हुन्छ ।  हिजोको कटुतापूर्ण अवस्थालाई सम्झिएर वर्तमानलाई निरन्तरता प्रदान गर्ने प्रयास गरिनुले हित ननिम्तिने निश्चित छ ।  भारतको मनोदशाको यहाँ विश्लेषण गर्न सम्भव हुन सक्दैन तर नेपाली मनस्थितिको विश्लेषण (सामाजिक सञ्जालहरूमा अभिव्यक्त धारणाका आधारमा) गर्ने हो भने यो नकारात्मक रहेको पाउन सकिन्छ ।  पाहुनालाई सम्मान गर्ने हाम्रो परम्परा विपरित केही अभिव्यक्ति सार्वजनिक भएका छन्, जो अशोभनीय छ ।  यस्ता अभिव्यक्ति सुमधुर सम्बन्ध निर्माणका दृष्टिले हानिकारक हुने कुरामा विमति हुन सक्दैन ।  यदाकदा सम्बन्धहरूमा तनाव आउँछ तर त्यसै आधारमा भविष्यको निर्धारणको प्रयास गरिनु कति उचित हुन्छ ? हिजोको तनाव कम गर्न कसैले आफ्नोतर्फबाट सद्भाव व्यक्त गर्दै प्रयास गर्छ भने के बाटो छेकेर सत्तो सराप गर्नु ठीक हुन्छ ? विगतमा विकसित राष्ट्रियताको परिभाषाको कसीमा माथिका प्रश्नको उत्तर खोज्ने प्रयास गर्ने हो भने त्यसबाट आंशिक जवाफमात्र प्राप्त हुने निश्चित छ ।  
सम्बन्धको मूल्यबोध
निश्चय पनि मुखर्जीको भ्रमण आपसी सम्बन्ध सुधारका दृष्टिले निकै महìवपूर्ण छ ।  प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलगत्तै भएको मुखर्जीको नेपाल भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई नयाँ ढङ्गले पुनःपरिभाषित हुने अपेक्षा गरिनु अनुचित हुँदैन ।  भारतीय राजनीतिमा प्रणव दाका रूपमा चिनिने मुखर्जी नेपालको असल मित्र हुनुहुन्छ ।  नेपाली राजनीतिको पहिलो पुस्ताका नेतासँग अत्यन्त निकट र आत्मीय सम्बन्ध रहेका काँग्रेस आईको उम्मेदवार भई राष्ट्रपतिमा निर्वाचित मुखर्जीको सम्बन्ध नेपालका वर्तमान पुस्ताका नेतासँग पनि छ ।  यस आधारमा नेपाल र हाल भारतीय जनता पार्टी संस्थापन पक्ष रहेको भारतबीचको सम्बन्धलाई लिकमा ल्याउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने नेता पनि हुनुहुन्छ प्रणव दा ।  
राष्ट्रपति मुखर्जीमार्फत् नयाँ दिल्लीले नेपाल र भारतबीचको सम्बन्ध सुदृढीकरण चाहेको अर्थमा पनि यस भ्रमणलाई लिन सकिन्छ ।  भारतको वर्तमान संस्थापन स्वतन्त्रता सङ्ग्रामपछिको पुस्ता हो ।  यसैगरी नेपालको संस्थापन पनि, केही अपवादबाहेक, राणाविरोधी आन्दोलनपछिको पुस्ता हो ।  यो दुवै पुस्तालाई आन्दोलन र सङ्ग्रामताकाको नेपाल र भारतबीचको सम्बन्धको भावनात्मक मूल्यको बोध छैन ।  अनुभव, व्यवहार र ज्ञानले खारिएका मुखर्जीको यो भ्रमणले दुवैतिरको वर्तमान नेतृत्वलाई सम्बन्धको मूल्यबोध गराउने अपेक्षा गरिनुलाई अस्वाभाविक मान्न मिल्दैन ।   
शान्ति प्रक्रियाको अनुगमन !   
राष्ट्रपतिका रूपमा १८ वर्षपछि यो भ्रमण भए पनि स्वयं मुखर्जीले भने भारतीय सरकारको प्रतिनिधिका रूपमा यसबीचमा नेपालको भ्रमण गर्नुभएको छ ।  मुखर्जीले यसअघिको काँग्रेस आइको नेतृत्वको सरकारको समयमा रक्षा, वित्त र परराष्ट्रजस्ता महìवपूर्ण मन्त्रालयको नेतृत्व गरिसक्नु भएको छ र सोही हैसियतमा उहाँको विगतको नेपाल भ्रमण स्वयंमा महìवपूर्ण रहेको स्मरणीय छ ।  द्विदेशीय सम्बन्ध सुदृढीकरणसँगै नेपालको शान्ति प्रक्रियासँग गाँसिएका व्यक्तित्व भएका कारण पनि मुखर्जीको यसपटकको नेपाल भ्रमण निकै महìवको छ ।  सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे सम्झौता हुँदा मुखर्जी भारतको विदेशमन्त्री हुनुहुन्थ्यो ।  सन् २०१२ मा उहाँ भारतको तेह्रौँ राष्ट्रपति निर्वाचित हुनुभयो ।  र, अहिले मुखर्जी नेपालको शान्ति प्रक्रियाका मुख्य दुई पक्ष नेपाली काँग्रेस र तत्कालीन नेकपा माओवादी गठबन्धनले सरकार सञ्चालन गरिरहेको समयमा नेपाल भ्रमणमा आउनुभएको छ ।  यस परिस्थितिलाई प्रष्ट्याउने प्रयास गर्ने हो भने मुखर्जीको यो भ्रमणलाई सम्बन्धित अभियन्ताको नेपाली शान्ति प्रक्रियाको अनुगमन उद्देश्यसँग पनि जोड्न सकिन्छ ।  यतिमात्र होइन शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा स्वीकारिएको नयाँ संविधानको कार्यान्वयनमा पनि दिल्लीको चासो छ ।  भ्रमणका क्रममा मुखर्जीले संविधान जारी गर्न सकेकोमा नेपाललाई बधाई त दिनुभएको छ, सँगै सबैलाई समेटेर अगाडि बढ्न पनि घच्घच्याउनु भएको छ ।  विदेश नीतिका ज्ञाता मुखर्जीको धारणाको कूटनीतिक तात्पर्य छ ।  शायद दिल्लीको नेपालबारेको अडान यथावत छ ।   
प्रकृति–आध्यात्म यात्रा
काठमाण्डू विश्वविद्यालयको मानार्थ विद्यावारिधि ग्रहण, राजधानी र जनकपुरमा नागरिक अभिनन्दन स्वीकार, शितल निवास र लैनचौरमा विभिन्न स्तरको राजनीतिक भेटघाटका अतिरिक्त मुखर्जीको यसपटकको नेपाल बसाइ प्रकृति–पान र आध्यात्म–यात्रासँग पनि सम्बन्धित छ ।  भारतीय राष्ट्रपति मुखर्जी आज पोखरा र जनकपुर अर्थात् प्रकृति र आध्यात्म–यात्रा गर्दै हुनुहुन्छ ।  पोखरा प्रकृतिको सहर हो र गोर्खा सैन्यका दृष्टिले भारतका लागि यो निकै महìवपूर्ण स्थान हो ।  उमेरले पाका राजनीतिज्ञ मुखर्जी आध्यात्मचेतका धार्मिक व्यक्तित्वका रूपमा पनि चिनिनुहुन्छ ।  हिन्दु पृष्ठभूमिका जोसुकैका लागि पशुपति र जानकीको दर्शनको लालसा अस्वाभाविक होइन ।  अझ जानकीको दर्शनको महिमा त अपरम्पार छ ।  मिथिला महात्म्यअनुसार जबसम्म जनकपुर आइ गङ्गासागरमा स्नान गरी जानकीको दर्शन गरिँदैन तबसम्म अन्य कुनै पनि तीर्थाटनको फल प्राप्त हुँदैन ।  शायद यसकारण पनि मुखर्जीको जनकपुरको भ्रमण महìवपूर्ण छ ।  मुखर्जीले यसअघि हिजै पशुपतिको दर्शन गरी पूजा पाठ गर्नुभएको छ ।  
र अन्त्यमा,
हिन्दु आध्यात्मका दृष्टिले जनकपुर निकै महìवपूर्ण सहर हो जसले भावनात्मक रूपमा नेपाल र भारतलाई जोड्न मद्दत गर्छ ।  यो वर्तमानको मधेस पहिचान आन्दोलनको केन्द्रीय भूमि पनि हो ।  प्राचीन मिथिलाको राजधानी आध्यात्म केन्द्र जानकीनगरी जनकपुर विगतदेखि नै उपेक्षित रहँदै आएको कसैबाट लुकेको छैन ।  ऋणात्मक विकास गति भएको जनकपुरका लागि मुखर्जीको भ्रमण निकै महìवपूर्ण छ ।  आमजनताले मुखर्जीको जनकपुर भ्रमणबाट निकै आशा राखेका छन् ।  बाँकी विश्वसामु चिनिने र केही भए पनि विकासको गति अघि बढ्ने अपेक्षाका साथ प्रतीक्षारत जनकपुरवासी मुखर्जीको स्वागत गर्न आतुर छन् ।  विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको पृष्ठभूमिमा हुन लागेको प्रणवको भ्रमणको सन्देश स्पष्ट छ ।  त्यसो त नेपालको एक खास वर्ग प्रणवको जनकपुर भ्रमणलाई मधेसको वर्तमान राजनीतिक सन्दर्भसँग जोड्न पनि पछाडि पर्ने छैन ।  कसैले यस्तो दृष्टिकोण राखेर जनकपुरको पारम्परिक महìवलाई गौण बनाउने प्रयास गर्छ भने यसलाई दोषपूर्ण सोचको संज्ञामात्र प्रदान गर्न सकिन्छ ।  स्मरणीय छ, यसअघि भारतीय राष्ट्रपतिद्वय निलम संजीवा रेड्डी र ज्ञानी जैल सिंहले पनि जनकपुरको भ्रमण गरेर यहाँको आध्यात्मिक महत्तालाई स्वीकार गरिसक्नुभएको छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना