सोनिका रोकाया (मोडल)

sonikaबझाङबाट धनगढी बसाई झर्दैगर्दा होटलमा टिभी देखेर अच्चममा परेकी सोनिकाले त्यहीबेला एउटा सपना पाल्नुभयो, कुनै दिन टिभीमा देखिने । बाल्यकालको त्यही सपना पूरा गर्न एक वर्षदेखि सोनिका ग्ल्यामर क्षेत्रमा हुनुहुन्छ । बूढानीलण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गर्नुभएकी सोनिकाको परिवारको इच्छा डाक्टर, इन्जिनियर बनाउनमै थियो । यद्यपि, परिवारको इच्छा विपरीत नै विज्ञान विषयको अध्ययन छाडेर पत्रकारितामा प्लस टु गर्नुभएकी सोनिकाको रहर छ, नेपाली चलचित्रमा नै स्थापित बन्ने ।
नायिका रेखा थापाको क्रेजी फ् यान हुन् , सोनिका । साथीभाइले ‘तिमी त रेखाजस्तै देखिन्छौँ’ भनेर फुर्काउने क्रममै नायिका बन्ने रहर अझ झ् याङ् गीएर गएको सोनिका बताउनुहुन्छ ।
उहाँले छोटै अवधिमा तीनवटा म्युजिक भिडियोमा मोडलिङ गर्नुभएको छ । नाच्नु र हरर फिल्म हेर्नु उहाँको लत नै हो । धनगढीको स्थानीय टिभी च्यानलले आयोजना गरेको ‘अन्डर १५’ डान्समा फाइनल राउन्डमा पुग्न सफल सोनिका भन्नुहुन्छ– “सुत्नुभन्दा अघि जहिल्यै पनि हरर फिल्म हेर्थें । हरर मुभी खेल्ने रहर छ । ” अभिनयमा ‘बोल्ड रोल’ मन पराउने सोनिका भन्नुहुन्छ– “निर्देशक शोभियत बस्नेतसँग काम थाल्न मन छ । ”
भिलेन, लभ स्टोरी, ट्राजडीजस्ता भूमिकामा अभिनय गर्ने खुबी आफूसँग भएको दाबी गर्ने सोनिका डान्स इन्डियामा भाग लिनका लागि आवश्यक डान्स कोर्स गर्न कात्तिक अन्त्यतिर मुम्बई जाने तयारीमा हुनुहुन्छ ।

मोडल : सोनिका रोकाया
तस्बिर : रमेश क्षेत्री
स्टुडिया : सीएस फाइभ, महाराजगञ्ज

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना