चाहियो जनताको सङ्ग्रहालय

gobinda neupaneगोविन्द न्यौपाने

 

पुर्खाले आर्जेको विरासतमा हामीहरू आफूलाई सगौरव नेपाली हौंँ भनी शिर उँचो राख्न पाएका छौंँ ।  इतिहासका विभिन्न कालखण्डमा हाम्रा पुर्खाले आफ्नो अस्तित्व बचाउन के कस्तो सङ्घर्ष गर्नु प¥यो ? यी विषयको जानकारी पाउन इतिहास पढ्नैपर्ने हुन्छ ।  इतिहासले वर्तमानलाई गोरेटो देखाउँदै भविष्यको उज्ज्वल मार्गरेखा कोर्नलाई अभिप्रेरणा दिएको हुन्छ ।  इतिहासको जीवन्त दस्तावेजको रूपमा मानिने सङ्ग्रहालयहरू अतितको दर्पणमात्र होइनन् कि भविष्यका सन्ततीको लागि जोगाएर राख्नैपर्ने अमूल्य नासो हुन् ।  विगत नहेरी वर्तमान बुझ्न सकिंँदैन ।  सङ्ग्रहालयमा प्रदर्शन गरिने सम्पदा र धरोहरहरू ( ऐतिहासिक महìवका पुराताìिवक वस्तुहरू) ले आफैँलाई इतिहासका मौन प्रवक्ताका रूपमा प्रस्तुत गरिरहेका हुन्छन् ।  आधुनिक अवधारणामा सङ्ग्रहालयको परिभाषाले व्यापक आयाम ओगटे तापनि अद्यापि सङ्ग्रहालयलाई राजा महाराजाहरूको गरिमापूर्ण इतिहास झल्काउने केन्द्रको रूपमा बुझ्ने गरिएको पाइन्छ तर सत्य त राजा महाराजाहरूले मात्र नभई तत्कालीन जनताले राष्ट्र निर्माणमा योगदान पु¥याएको तथ्यलायई स्वीकार गर्नैपर्छ ।  तसर्थ जनताको इतिहास लेखिनु पर्छ भन्ने नवधारणालाई अगाडि सारेर इतिहास लेख्न थालिएको पाइन्छ ।  भारतका चर्चित इतिहासकार रमिला थापरले इतिहासको यसै अवधारणालाई आत्मसात गरी इतिहास लेखनको कार्यमा आफूलाई सशक्त हस्ताक्षरको रूपमा प्रस्तुत गर्नुभएको छ ।  
तत्कालीन जनताको भाषा, साहित्य संस्कृति र सम्पदाले सभ्यताको निर्माणमा के कस्तो योगदान दिए ? उक्त योगदानको कारण आज हाम्रो अस्तित्वले पहिचानको आधार पाएको छ ।  पहिचानको यसै खोजीको अनेकौंँ प्रश्नको सहज जवाफ दिने प्रयास सङ्ग्रहालयले गरेको हुन्छ ।  कुनै विशेष केन्द्रस्थानमा केन्द्रित रहेर विशेष इतर अर्थात् ‘अन्य र अरू’ को गरिमालाई नामेट गर्ने प्रयासहरू भए गरेको पाइन्छ तर अन्य र अरूको अवधारणालाई सिमान्तमा होइन, केन्द्रमा राखेर निष्पक्ष मूल्याङ्कन हुनुपर्छ भन्ने विचार नै आजको आवश्यकता र माग हो ।  यसै आवश्यकताको पृष्ठभूमिमा स्वःपहिचानको प्राप्तिका लागि समयका विभिन्न कालखण्डमा नेपालमा राजनीतिक परिवर्तन हुँदै आएको पाइन्छ ।  समयका यी उपलब्धिलाई लिपिबद्ध गर्नु आजको अपरिहार्य आवश्यकता छँदैछ भने सङ्ग्रहालयमार्फत इतिहासका यी दस्तावेजलाई दिगो सुरक्षा र संरक्षण गर्नैपर्ने अर्को दायित्व थपिएको छ ।  
नेपालको इतिहास लेखनको सिलसिलामा जनताको इतिहास लेखिनुपर्छ भन्ने सोच अझै आएको छैन ।  शासकको गुणगान गाएर मात्र इतिहासको धर्म र मर्म पूरा हुँदैन भन्ने तथ्यलाई सिद्ध गर्न जनताको इतिहास लेखनको थालनी गर्नैपर्ने बेला आएको छ ।  नेपाली जनताले वि.सं. २००७, २०४६ र ०६२।०६३ मा भएका जनआन्दोलनहरूको उपलब्धिलाई संरक्षण गर्न जनसङ्ग्रहालय स्थापना गर्नैपर्ने बेला भएको छ ।  
सङ्ग्रहालय संस्कृतिको आत्मा र सभ्यताको दस्तावेज हो ।  इतिहासको ज्वलन्त दस्तावेजको संरक्षण हुने सङ्ग्रहालयले नै भविष्यको सुमार्गको सङ्केत गर्न सक्छ ।  वीरहरूका विरासत र इतिहासका पुराताìिवक आधारहरू सङ्ग्रहण गरिने सङ्ग्रहालयले अतित इतिहासको मर्मपूर्ण स्मृतिको उजागर त गराउँछ नै यसप्रतिको दायित्व र कर्तव्यबोध गराउने आधार तयार गरिदिन्छ ।  यसकारण नेपालमा जनसङ्ग्रहालयको आवश्यकता पर्न आएको हो ।  विभिन्न जनआन्दोलनमा भए गरिएका घटनाहरूको लेखन, पुनर्लेखन, जनआन्दोलन भइरहेको अवस्थाको तस्वीर, चलचित्र, डकुमेण्ट्री, भी.डी.ओ., घाइतेहरूको आवाजको रेकर्ड, आन्दोलनमा प्रयोग गरिएका हातहतियार र हताहत भएका लासहरूको तस्वीरको सङ्कलन, संरक्षण र आम जनताको जानकारीका लागि वैज्ञानिक तरिकाले प्रदर्शन गर्न सकिएमा नयाँ पुस्ताले इतिहासको जीवन्त अनुभव गर्न पाउने हुन्छन् ।  यस्ता प्रकारका सङ्ग्रहालयले हाम्रो देशको ऐतिहासिक आधार र रूपरेखा कस्तो थियो ? हामी अहिले के गर्दैछौँं र हामीले हाम्रो देशलाई कतातिर लैजाँदैछौंँ भन्ने विषयको जानकारी हुन्छ र देशका लागि विवेकपूर्ण तरिकाले सोच्न बाध्य गराउँछ ।
विभिन्न जनआन्दोलन हुनाका ऐतिहासिक आधार र कारणहरू के के थिए ? आन्दोलनको समयमा राज्य र जनताले के कस्ता कठिनाइहरू भोग्नु प¥यो ? आन्दोलनका कारण देशको विकास निमार्णको कार्यमा राज्य कति पछाडि प¥यो ? यस्ता राजनीतिक क्रान्तिका उपलब्धिहरू के के हुन् ? आदि विषयहरूको झल्को दिनेगरी सङ्ग्रहालयका लागि उचित हुने वस्तुहरूको सङ्कलन गरी प्रदर्शन गरिएमा सङ्ग्रहालयले अझ जीवन्तता प्राप्त गर्ने देखिन्छ ।  आन्दोलन अवधिभर र यसपछि समाजमा सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक विषयमा आएका विचलन र युद्धपछिको सामाजिक परिवर्तनका सकारात्मक र नकरात्मक प्रभावहरूलाई समाजशास्त्रीय, मानवशास्त्रीय र राजनीतिक, सांस्कृतिक दृष्टिकोणबाट मूल्याङ्कन गरी उचित निष्कर्ष निकाली देशलाई अगाडि बढाउन परोक्षरूपमा सैद्धान्तिक आधार प्रदान गर्ने भएकोले जनसङ्ग्रहालयको आवश्यकतालाई मनन् गर्न सकिन्छ ।  द्वन्द्व व्यवस्थापनका लागि राज्यपक्ष र अन्तर्राष्ट्रिय समुदायले गरेका प्रयास, द्वन्द्वपछि द्वन्द्व प्रभावित व्यक्तिहरूको पुनस्र्थापना, सामाजिक सहकार्य र मेलमिलापका लागि गरिएका प्रयोग र अभ्यासहरू, शान्तिको स्थायित्व, शैक्षिक र आर्थिक अवस्थालाई सुदृढ बनाउन ल्याइएका योजना र भएका प्रयासहरूलाई सही तरिकाले प्रदर्शन गरिने व्यवस्था भएमा जनसङ्ग्रहालयको गरिमा बढ्न जाने देखिन्छ ।  यस्ता सङ्ग्रहालयहरू विशेष गरी केन्द्रमा भन्दा पनि सम्बन्धित घटनास्थल र क्षेत्रहरूमा स्थापना गरिनु मनासिव देखिन्छ ।  यस्ता सङ्ग्रहालयमा पीडित पक्षलाई पहिलो प्राथमिकतामा राखेर रोजगारको व्यवस्था गरिनुपर्छ ।  यस्तो व्यवस्थाले अप्रत्यक्ष रूपमा पीडितहरूलाई मानसिक राहत प्रदान गरी नयाँ ढङ्गले जीवनयापनको आधारशिला तयार गरिदिन्छ ।  द्वन्द्वको घाउलाई केही मात्रामा कम गराई राज्यप्रति सम्मानको भावना विकसित गराउँछ ।  
जनसङ्ग्रहालयको स्थापना गर्न ढिलो भएमा तत्कालीन घटना र परिवेशका प्रमाणहरू नास हुने सम्भावना रहनुको साथै एउटा महìवपूर्ण कालखण्डको इतिहासको संरक्षणमा प्रभाव पर्ने देखिन्छ ।  जनसङ्ग्रहालय स्थापना गर्नुको अर्थ द्वन्द्वको घाउ कोट्याउने नभई युद्धको समयमा निर्दोष व्यक्तिहरूलाई उचित न्याय दिलाउन र दोषीलाई न्यायालयको कठघरामा उभ्याउनका लागि राज्यपक्षलाई नैतिक दबाब दिनुको साथै सहअस्तित्वको सिद्धान्तलाई कायम राख्नु हो ।  यस्ता प्रकारका जनसङ्ग्रहालय स्थापनाका लागि राज्यले नै विशेष चासो दिएमा द्वन्द्व पीडितहरूको हृदयमा राहतको अनुभुति हुने थियो र जनसङ्ग्रहालयको अवधारणाले सार्थकता पाउने थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना