हाम्रा संवत् र संविधान

rati devi joshiरतिदेवी जोशी श्रेष्ठ

 

विक्रम संवत् र इस्वीय संवत् सौरमासअनुसारका संवत् हुन् ।  नेपाल संवत्् र शालिबाहनीय शाके संवत्् चन्द्रमासअनुसारका संवत् हुन् ।  नेपालमा सरकारको तर्फबाट नेपाल पञ्चाङ्ग निर्णायक समिति बनाइएको हुन्छ ।  यही नेपाल पञ्चाङ्ग निर्णायक समितिको सक्रियतामा प्रत्येक विक्रम संवत्को नयाँ वर्षको उपलक्ष्यामा नयाँ पात्रो प्रकाशित हुने गरेको छ ।
उक्त पात्रोमा खासगरी माथि उल्लिखित विक्रम संवत्, इसवीय संवत्, नेपाल संवत् र शालिबाहनीय शाके संवत््लाई प्रस्तुत गर्दै आएको छ ।  विक्रम संवत्ले वैशाख १ गतेलाई नयाँ वर्ष मानिन्छ ।  शालिबाहनीय शाके संवत््मा चैत्र शुक्ल पक्ष प्रतिपदा तिथिलाई नयाँ वर्ष मानिन्छ ।  नेपाल संवत््ले कात्तिक शुक्लपक्ष प्रतिपदा तिथिलाई नयाँ वर्ष मान्छ ।  इसवीय संवत््मा जनवरी १ तारिख नयाँ वर्ष सुरु हुन्छ ।  
वैशाख १ लाई खाइ सल्हु भनिन्छ ।  यस दिन खाइ क्वाति खाने चलन छ ।  खाइ क्वाति वास्तवमा आयुर्वेदिक पकवान खाना हो ।  यसमा हरियो कोसासहितको केराउ, मुलाको बिउसहितको हरियो कोसा आदि राखी पानीमा उमाली क्वातीको  रूपमा खाने चलन छ ।  भक्तपुरमा लिङ्गो जात्रा यसै दिन मनाइन्छ ।  नेपाल संवत््को नयाँ वर्षसँंगै नेवार जातिले म्हं पूजा (आत्म एवं शरीरको पूजा), भाइपूजा आदि गरी तिहार मनाउँछन् ।  इसवीय संवत््को आफ्नै परम्परा छ ।  शालिबाहनीय शक संवत््को नयाँ संवत््संँगै दसैँको सुरुआत हुन्छ ।  चैत्र शुक्ल प्रतिपदाका दिन जमरा राखी दश दिनसम्म उल्लासका साथ दसैँ मनाउने चलन अद्यापि छदैछ ।  यस समय राम नवमी, चैते दसैँ आदि मनाइन्छ ।  हाम्रो प्रत्येक दिनको नाम आइतबार, सोमबार, महिनाको नाम वैशाख, जेठ, ऋतुको नाम ग्रिष्म, वर्षा आदि भएजस्तै प्रत्येक वर्षको पनि नाम हुन्छ ।  प्रभव, विभव हुँदै क्रमशः जम्मा ६० वटा वर्षको नाम हुन्छ ।  ६० वर्षपछि आइतबार, सोमबार, वैशाख, जेठ आदि दोहोरिएजस्तै वर्षको नाम पनि दोहोरिन्छ ।
यस्तो वर्षको नाम शालिबाहनीय शाके संवत््को नयाँ वर्ष नयाँ नाम लिएर आउँछ ।  शालिबाहनीय शाके संवत् विक्रम संवत््को नयाँ वर्ष प्रायः १५ दिनको मात्र फरक हुन्छ ।  शालिबाहनीय शाके संवत् १५ दिन पहिले र विक्रम संवत् १५ दिनपछि नयाँ वर्ष सुरु हुन्छ ।  अतः हाम्रो पात्रोमा शाके संवत्अनुसारको वर्षको नाम पात्रोको आवरण पृष्ठमा नै लेखिएको हुन्छ ।  यसलाई संवत्सर पनि भनिन्छ ।  यस वर्षको संवत्को नाम सौम्य हो ।
प्रत्येक महिनाको नाम नक्षत्रको नामको आधारमा बनेको छ ।  बिशाखा नक्षत्र बैशाख, ज्येष्ठा नक्षत्र जेठ, पूर्वाषाढा नक्षत्र आषाढ, श्रवन नक्षत्र श्रावन, पूर्वभाद्रा पदा नक्षत्र भाद्र, अश्विनी नक्षत्र आश्विन, कृत्तिका नक्षत्र कात्तिक, मृगशिरा नक्षत्र मङ्सिर, पुष्प नक्षत्र पुस, मघा नक्षत्र माघ, पूर्वा फाल्गुनी नक्षत्र फागुन, चित्रा नक्षत्र चैत्र ।  यसरी नक्षत्रको आधारमा महिनाको नाम बनेको प्रकृयालाई गहन रूपले अध्ययन गर्ने हो भने कृत्तिका नक्षत्रको कात्तिक महिना नयाँ वर्ष हुनुमा कृत्तिका नक्षत्रले बोकेको चार पाउ अक्षर अ, इ, उ, ए स्वर वर्णको सुरु अक्षर भएको हुँदा साँच्चै नै नयाँ वर्ष कात्तिक महिना हो भन्ने लाग्छ ।  जसलाई विज्ञहरूले अध्ययन अनुसन्धान गरी निक्र्योल गर्न बाँकी नै छ ।  
चारवटा संवत््को उल्लेख प्रचलित पात्रोमा गरिएको भए तापनि नेपाल सरकारले विक्रम संवत््लाई सरकारी कामकाजको लागि प्रयोग गर्दै आएको छ ।  इसवीय संवत््लाई अन्तर्राष्ट्रिय रूपले कार्य गर्ने शिलशिलामा प्र्रयोग गरिंदै आएको छ ।  नेपाल संवत््लाई राष्ट्रिय संवत््को रूपमा मान्यता प्रदान भइसकेको छ ।  शक संवत््लाई प्रायः ज्योतिषीय क्षेत्रले अँगालेको पाइन्छ ।  विक्रम संवत््को प्रत्येक महिना र गते इसवीय संवत््को महिना र गते सधैँ एउटै हुन्छ वा कहिले काहीँ फरक परेमा एक दिनको मात्र फरक हुन्छ ।  अर्थात् कसैको जन्म दिवस २०१६ मङ्सिर २७ गते इसवीय संवत् १९५९ डिसेम्बर १२ तारिख हुन्छ भने प्रत्येक वर्ष मङ्सिर २७ गते डिसेम्बर १२ तारिख नै हुन्छ ।
नेपाल संवत् र सक् संवत्दुवै चन्द्र गतिको आधारमा बनेको संवत् भएको हुँदा यी दुईमा नयाँ वर्ष फेरिने दिन नेपाल संवत््को कात्तिक शुक्ल पक्ष प्रतिपदा र शक् संवत््को चैत्र शुक्ल पक्ष प्रतिपदा ६ महिनाको फरक भयो ।  नेपाल संवत्हाल ११३६ बाट यही कात्तिक शुक्ल प्रतिपदादेखि ११३७ न्हुदँ (नयाँ वर्ष) सुरु भएको छ भने शक् संवत् १९३८ चालु भइरहेको छ ।  अन्य दिन, तिथि, मास, आदि दुवैको एउटै हुन्छ ।
हाम्रो देशमा विक्रम संवत् र नेपाल संवत् वा शक् संवत््को सम्बन्ध नङ र मासुको जस्तै छ ।  यी दुईमध्ये एकलाई अलिकति मात्र चलायो वा बिगा¥यो भने अर्कोलाई दुख्छ वा चोट पुग्छ ।  अनन्त कालदेखि यी दुई संवत् (विक्रम संवत् र नेपाल संवत््) अलग अलग संवत् भए पनि सधैँ एक आपसमा सामीप्य र मेलमिलाप गरी अगाडि बढिरहेका छन् ।
हाम्रो ज्योतिषीय मान्यता अनुसार सूर्य ग्रहलाई राजा र चन्द्र ग्रहलाई रानी भन्ने चलन छ ।  आकाश मण्डलको भूचक्रमा घुमिरहेका ग्रह गतिको आधारमा दिन रात, हप्ता, पक्ष, महिना, ऋतु, अयन र वर्ष आदिको नाम दिई हाम्रा पूर्वजहरूले समयको पहिचान गराएका छन् ।  सौर मास अनुसार ३६५ दिन छ घण्टाको एक वर्ष हुन्छ भने चन्द्र मास अनुसार ३५४ दिन नौ घण्टाको एक वर्ष हुन्छ ।  चन्द्रमाको गति सूर्यको गतिभन्दा बढी भएको कारण यस्तो भएको हो ।
राजा रानी भनेको सँगसँगै भएको स्वभाविक रूपले राम्रो हुन्छ ।  यी दुइै संवत् सँगसँगै हुनुपर्ने कारणले अधिक मास, क्षय मास आदिको व्यवस्था भइरहेको छ ।  अधिकमास सामान्य त ३२ महिना १६ दिन चार घण्टापछि आउँछ ।  अधिकमासको कारण चन्द्रमाको शीघ्र गति र सूर्यको सुस्त गतिको मिलन बिन्दु निकट भई समयको मिलान हँुदै आएको छ ।  चन्द्रमास शुक्ल पक्षबाट सुरु हुन्छ भने सूर्यमास अर्थात् विक्रम संवत््को महिना कृष्ण पक्षबाट सुरु हुन्छ ।  इसवीय संवत् कृष्णपक्ष शुक्लपक्षसँग सम्बन्धित हुँदैन ।
शुक्ल पक्ष प्रतिपदादेखि कृष्ण पक्ष औंशीसम्मको महिनालाई चन्द्रमास भनिन्छ ।  एक चन्द्रमास अर्थात् दुईवटा औंशीको बीचमा सूर्य संक्रान्ति अर्थात् १ गते भएन वा छैन भने त्यस्तो चन्द्रमासलाई अधिकमास भनिन्छ ।  यस्तो अधिकमास हरेक तेस्रो वर्षमा एक पटक आउँछ ।  कुनै कुनै समय एउटै वर्षमा दुईपटक अधिकमास हुन सक्छ ।  यसरी एकै वर्षमा दुई अधिकमास भयो भने दुईमध्ये एकलाई क्षयमास भनिन्छ ।  क्षयमास कात्तिक महिना मङ्सिर महिना र पुस महिनामा मात्र हुन्छ ।  क्षयमास १९ वर्ष वा १४१ वर्षको फरकमा मात्र आउँछ भनिएको छ ।  अधिक मास क्षयमास आदिको उपस्थित भई सौरमास र चन्द्रमासको मिलन परापूर्व कालदेखि भइआएको हो ।  
विक्रम संवत् र नेपाल संवत् शास्त्रीय मान्यता प्राप्त संवत् हुन् ।  यी दुई संवत् डोरी बेरिए जस्तै एक आपसमा बेरिएर रहेका छन् ।  अतः यी दुवै संवत््लाई यथोचित मान्यता दिएर अग्रगतितिर जान सकिन्छ ।  दाम्पत्य जीवनमा जसरी दुवै पक्षको बराबर महìव हुन्छ समयको विषयमा पनि विक्रम संवत् र नेपाल संवत् दुवैको उत्तिकै महìव हुन्छ ।  यी दुवै संवत््ले अध्यात्मिक, ज्योतिषीय, संस्कारजन्य एवं सांस्कृतिक मूल्य मान्यता बोकेका छन् ।  कुनै एउटा लग्न कुण्डलीमा सूर्य ग्रह र चन्द्र ग्रहको अवस्था हेरेर उक्त लग्न कुण्डलीको व्यक्तिको जन्म, महिना, जन्म तिथि, जन्म बेला आदि थाहा पाउन सकिन्छ ।  यी दुवै संवत््लाई संरक्षण गर्दै लग्नु आजको आवश्यकता पनि हो ।
प्रत्येक पुरुषोत्तम महिनामा हुने मत्स्यनारायणको मेलालाई स्मरण गर्दा सृष्टिको सुरुदेखि नै पुरुषोत्तम महिना रहेको कुराको पुष्टि हुन्छ ।  पुरुषोत्तम महिना नेपाल संवत््सँग सरोकार राख्ने संवत् हो ।
हाम्रो देश कला र संस्कृतिले भरिपूर्ण देश हो ।  यहाँको कला संस्कृति हेरेर पश्चिमा विद्वानहरूले समेत जिब्रो काट्ने गर्थे ।  यहाँको कला संस्कृति देखेर उनीहरू मन्त्रमुग्ध हुन्थे ।  कला, संस्कृति, दैवी शक्ति, ज्योतिषीय मूल्य मान्यता रहेको यस देशमा दुवै संवत््लाई सम्मान गरी यसलाई नबिगार्ने र नमास्ने कार्य भएमा यहाँको कला संस्कृति र त्यसको जग ज्योतिष शास्त्र, धर्म शास्त्र, अध्यात्म शास्त्र आदि जीवित रहन सक्छन् ।  यी संवत््लाई मास्नु भनेको हाम्रो देशको संस्कृति एवं शास्त्रीय मूल्य मान्यताको जग नै उखेल्नु हो भन्दा अत्युक्ति नहोला ।
व्यवहारिक रूपले चलन चल्तीको लागि विक्रम संवत् जति सहज छ नेपाल संवत् त्यति सहज नभएको सर्वविदित नै छ ।  आकाशीय ग्रह गतिका आधारमा बनेका यी दुवै संवत््को आ–आफ्नै मूल्य मान्यता छन् ।  यी दुवै संवत् नेपालको माटो र हावा पानी सुहाउँदा छन् ।  यी दुवै संवत््कै आधारमा नेपालले अहिलेसम्म आफ्नो समयको पहिचान दिइरहेको छ ।  दुःखलाग्दो कुरा नयाँ संविधानमा वि.सं.२०७२ साल भनी समयको पहिचान गराइएको छैन ।  नेपाल संवत््लाई राष्ट्रिय मान्यता दिइसकेको अवस्थामा संविधानमा नेपाल संवत् लेखिनु पर्छ भन्ने विवादको कारण संवत्को उल्लेख नभएको हो भन्ने सुनिएको छ ।  यसको कारण जे भए पनि संविधानमा समयको पहिचान हुनु आवश्यक छ ।  पहिलेदेखि नै विक्रम संवत््लाई नै प्रयोगमा ल्याइरहेको हुँदा हाल पनि विक्रम संवत््मा नै पहिचान भएको अझ राम्रो हुन्छ ।  किनकि सांकेतिक भाषामा भन्ने हो भने रानीलाई अधिकार दिने बित्तिकै राजामा भएको अधिकार खोस्नै पर्छ भन्ने आवश्यकता कसैले पनि ठान्दैनन् होला ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना