माछा मार्दा करेन्ट लागेर दुईको मृत्यु

नवलपरासी समाचारदाता, नवलपरासी, कातिक २० गते । खोला र नदीमा माछा मार्न गएका दुईको करेन्ट लागेर ज्यान गएको छ ।

नवलपरासी बिनयी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेनिमणीपुर १ बस्ने १६ बर्षिय बुद्धिराज बि.क. को शनिवार मध्यान्ह १२ बजे घटनास्थलमै मृत्यु भएको छ।
घरबाट बिजुलिको तार जोडी माछा मार्ने क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नयाँबेलहानिले जनाएको छ । यसै गरि कालीगण्डकी नदीमा माछा मार्ने क्रममा आजै एक जनाको ज्यान गएको स्थानीय धर्म थापाले बताउनुभयो ।
माछा मार्न गएका भिरकोट बेलबारीका ३८ बर्षका रामबहादुर मगरको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना