वैदिक यज्ञ र वैज्ञानिक अनुसन्धान

kamal rijalकमल रिजाल

 

यही कात्तिक १४ गते आइतबार यसै दैनिकमा वैदिक यज्ञअनुष्ठानबाट वातावरण शुद्ध हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानले पुष्टि गरेपछि केही जापानीले नेपालमा आएर यज्ञ गर्न थालेका छन् भन्ने समाचार आएको छ ।  यो खुसीको कुरा हो कि हाललाई कम्तीमा वातावरणको क्षेत्रमा मात्र भए पनि वैदिक यज्ञअनुष्ठानको वैज्ञानिक प्रयोगशालामा अनुसन्धान भएछ तर वैदिक यज्ञअनुष्ठानको क्षेत्र वातावरणीय शुद्धीकरणमा मात्र सीमित भने छैन ।  वैदिक यज्ञअनुष्ठान भनेको ज्ञान पनि हो ।  विज्ञान पनि हो ।  जीवन यसैमा छ ।  जगत यसैमा छ ।  सृष्टि यसैमा छ ।  स्थिति यसैमा छ ।  प्रलय यसैमा छ ।  त्यतिमात्र होइन प्रलयपछिको पुनः सृष्टिको अध्यायसमेत यसैभित्र गुम्फित भएर रहेको छ ।  यसले अनादिकालदेखि नै चराचर जगतलाई आफ्नै कुण्डमा राखेर प्रदीप्त गराउँदै आएको मात्र छैन अनन्तकालसम्म गराई नै रहनेछ ।  त्यसैले यी समग्र पक्षमा समेत वैज्ञानिक अनुसन्धान अत्यावश्यक देखिन्छ ।  
निःसन्देह यज्ञ भनेको जीवन र जगत पनि हो ।  अनि भूत, भविष्य र वर्तमान पनि हो ।  ‘यज देवपूजासंगतिकरणदानेषु’ अर्थात् पाणिनीय व्याकरणका अनुसार देवताका पूजा, सत्सङ्गत तथा दानार्थक यज धातुबाट यज्ञ शब्द बनेको छ ।  देवपूजा शब्दको शाब्दिक अर्थ कुनै देवीदेवताको उपासना भए पनि यहाँ सोभन्दा बढी प्रकृतिसित सम्बन्धित देखिन्छ ।  वस्तुतः वैदिक ग्रन्थहरूमा ३३ किसिमका देवताको उल्लेख भेटिन्छ ।  ३३ कोटी देवता भनिएका पनि यिनै ३३ किसिमका देवताहरू नै हुन् ।  यिनमा द्वादशादित्य, अष्टवसु, एकादश रुद्र, इन्द्र र प्रजापति पर्छन् ।  यीमध्ये शतपथ ब्राह्मणले द्वादशादित्यलाई १२ महिनाको प्रतीक मानेको छ भने अष्टवसुमा अग्नि, पृथ्वी, वायु, आकाश, अन्तरिक्ष, सूर्य, चन्द्रमा र नक्षत्र आदिलाई लिइएको छ ।  त्यस्तै एकादश रुद्रमा दश प्राण र एकआत्मा गरी ११ तìवलाई लिइएको छ भने इन्द्रलाई विद्युत् शक्ति र प्रजापतिलाई यज्ञसित सम्बन्धित देखाएर अथ्र्याउने प्रयास गरिएको छ ।  ताड्या महाब्राह्मण र ऐतरेय ब्राह्मणमा पनि यस्तै उल्लेख भेटिन्छ ।  
(डा. विवेक आर्य, वेदोंको जाने पृष्ठ ३०) यसबाहेक पशुपंक्षी, वनजङ्गल, रुख, विरुवा, वनस्पति आदि द्यावाभूमिका यावत पक्षलाई समेत वैदिक ग्रन्थले देवता मानेर उपासना गर्दै आएको छ ।  त्यसैगरी सत्सङ्गतले असल कुराको चिन्तनलाई पनि बुझाउँछ, जहाँ जीवनोपयोगी सन्देश प्रवाह हुन्छ भने दान शब्द त्यागसित सम्बन्धित रहेको छ ।  यसबाट पनि यज्ञ भनेको समग्र चराचर जगत र तिनका हित तथा समुन्नतिमा गरिने कार्य नै हुन् भन्ने बुझिन्छ ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार ‘सर्वं यज्ञमयं जगत्’ अर्थात् सारा संसार यज्ञकै विविध रूप हुन् भने ‘अयं यज्ञो भूवनस्य नाभिः...’ अर्थात् शुक्लयजुर्वेद (२३ ।  ११) का अनुसार यही यज्ञ तीनलोक, चौध भुवनको नाभिको रूपमा रहेको छ ।  त्यस्तै ‘यज्ञो विश्वस्य भुवनस्य नाभिः’ अर्थात् अथर्ववेद (९ ।  १० ।  १४) का अनुसार पनि यज्ञलाई विश्वब्रह्माण्डको नाभीकै रूपमा लिनुपर्ने देखिन्छ ।  (कल्याण वेद–कथांक पृष्ट ३५६) वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार नित्य, नैमित्तिक र काम्य गरी कर्मका तीन भेद मानिएका छन् ।  यीमध्ये शौच, स्नान, सन्ध्यावन्दन, तर्पण, वलिवैश्वदेव, देवपूजन, कथाश्रवण तीर्थयात्रा, अध्ययन, अध्यापन, खानपान, शयन, जागरण, दिनचर्या आदि नित्य कर्ममा पर्छन् ।  नैमित्तिकमा विवाह, व्रतबन्धादि कार्य पर्छन् भने काम्य कर्म भनेका लाभ, हानि, हित, समुन्नति आदिका कार्य हुन् ।  यिनीहरू पनि आफैँमा यज्ञकै रूपमा रहँदै आएका छन् ।  त्यति मात्र होइन जन्म र मरणतकका कार्यहरू समेत यज्ञ नै मानिंँदै आएका छन् ।  गीता
(४ ।  २८ ) मा कृष्णले जुन द्रव्ययज्ञ, तपोयज्ञ, योगयज्ञ तथा स्वाध्याययज्ञ आदिको कुराका छन्, तिनलाई समेत यसैभित्र लिन सकिन्छ ।  त्यस्तै ‘सहयज्ञाः प्रजा सृष्ट्वा पुरोवाच प्रजापति ः । ’ अर्थात् गीताकै ३ ।  १० अनुसार पनि प्रजापतिद्वारा यज्ञ र मानव सँगसँगै सृष्टि भएका देखिन्छन् भने ‘यज्ञनिष्पत्तये सर्वमेतद् ब्रह्मा चकार ह ।  चातुवण्र्यं महाभाग यज्ञसानधनमुत्तमम् । ’ अर्थात् पद्मपुराण (सृष्टिखण्ड ३ ।  १२३) ले ब्रह्माजीले यज्ञसाधनका निम्ति चातुर्वर्णिक मानव सृष्टि गरेका हुन् भनेको छ ।  अझ ‘अथैनमात्मन प्रतिमामसृजत...’ अर्थात् शतपथ ब्राह्मण (११ ।  १ ।  ८ ।  ३ ) ले त प्रजापति आफँै यज्ञको रूपमा प्रकट भएका हुन् भन्नेसम्मको आशय व्यक्त गरेको छ ।  (कल्याण वेद कथांक ऐ ऐ)
यज्ञलाई सृष्टिप्रक्रियामा चित्रण गर्दै छान्दज्ञोपनिषद्ले पुरुष अग्नि र उसको वाणीलाई समिधा मानेको छ भने प्राणलाई त्यसबाट निस्कने धुँवा, जिब्रोलाई ज्वाला, आँखालाई कोइला र कानलाई झिल्का मानेर यहाँ हवन गरिएको अन्नबाट वीर्यरूप शक्ति उत्पन्न हुन्छ भनेको छ ।  यसलाई अझ प्रष्ट पार्दै उसले अर्को मन्त्रमा स्त्रीलाई अग्नि, उसको उपस्थ इन्द्रियलाई समिधा, उसमा रमण गर्ने पुरुषलाई धूँवा, योनीलाई ज्वाला तथा कामप्रसङ्गलाई आगोको कोइला र त्यसबाट प्राप्त हुने आनन्दलाई झिल्काको रूपमा प्रस्तुत गर्दै त्यहाँ हवन गरिएको वीर्यको आहुतीबाट गर्भ उत्पन्न हुन्छ भनिएको छ ।  (ऐ ऐ पृष्ट ३५७) हवन यज्ञमा प्रयोग हुने सुरोको टुप्पो, यज्ञवेदी तथा प्रणिता र प्रोक्षणी पात्रको आकृति एवं हवन प्रक्रियाका कतिपय विधि तथा मुद्राले पनि सृष्टि प्रक्रियातिर नै सङ्केत गरेको प्रष्टै अनुभूत गर्न सकिन्छ ।  
वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार यज्ञका अनेक भेद रहेका छन् ।  तथापि पाँचवटा– अग्निहोत्र, दर्शपूर्णमास, चातुर्मास्या, पशुयाग र सोमयाग प्रमुख मानिएका छन् ।  यसका अवान्तर भेद भने अनेक छन् ।  यी यज्ञहरू यस्ता हुन् जो केही दिनदेखि हजाराँैं वर्षसम्म चल्ने, चल्नसक्ने र चलिरहने गर्छन् ।  त्यसैले यसलाई यति नै हो भनेर गणना गर्न खोज्नु भनेको हालका लागि हाम्रा निम्ति बालपनबाहेक केही हुनै सक्दैनन् ।  (ऐ ऐ पृष्ट ३६०) यसबाहेक पौराणिक ग्रन्थहरूमा प्रकारान्तरले अन्य पाँचवटा यज्ञको समेत उल्लेख भएका छन्, जसलाई सामूहिकरूपमा पञ्च महायज्ञ भनिन्छ ।  यिनमा देवयज्ञ, पितृयज्ञ, ऋषियज्ञ, मनुष्ययज्ञ र भूतयज्ञ पर्छन् ।  यसमा देवीदेवताको पूजा उपासनाद्वारा देवयज्ञ तथा तर्पण एवं पिण्डपानीद्वारा पितृयज्ञ पूरा हुन्छन् भने स्वाध्यायद्वारा ऋषियज्ञ, अतिथिसेवाद्वारा मनुष्ययज्ञ र भूतवलिद्वारा भूत यज्ञ पूरा गर्न सकिन्छ ।  यी यज्ञ भनेका त्यस्ता यज्ञ हुन्, जसलार्ई गृहस्थीहरूले प्रत्येक दिन गर्नैपर्छ ।  अन्यथा जन्मँदा देवता, पितृ,, ऋषि, तथा मानिसका साथै भूत समुदायबाट लिएर आएको सापटीको भार तिर्न नसकी अनन्त कालसम्म प्रेतवायु बनेर अनन्तमा भड्किनु पर्ने अवस्था आउन सक्छ भन्ने शास्त्रीय अवधारण भेटिन्छ ।  यसबाट पनि यज्ञको महìव तथा उसले जीवनमा पार्ने प्रभावबारे धेरथोर अनुमान लागाउन सकिन्छ ।  
यज्ञका जति नै भेद भए पनि सबै जीवन दर्शनसितै सम्बन्धित भएकाले यिनको महìव र आवश्यकता वैदिक सनातनधर्मीहरूका निम्ति मात्र नभएर समग्र मानव समाजकै लागि उत्तिकै रहेको छ ।  त्यसैले हुनुपर्छ गीतामा कृष्णले यज्ञलाई कसैले पनि बेवास्ता गर्न हुँदैन भनेका मात्र छैनन् जसले बेवास्ता गर्छ उसले कतै पनि स्थान पाउन सक्दैनन् भन्ने उद्घोष गरेका छन् ।  (‘नायं लोकोऽस्त्ययज्ञस्य कुतोऽन्यः कुरुसत्तमः । ’ गीता ४ ।  ३१) अझ गीताकै अर्को एक प्रसङ्गमा उनले भनेका छन्, मानिसले आफूले खाने हरेक चीज यज्ञमा समर्पित गरी प्रसादको रूपमा मात्र ग्रहण गर्नुपर्छ, अन्यथा उसले खाना होइन त्यसको स्थानमा आफ्नै पाप नै खाइरहेको हुन्छ ।  (‘यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषै ः ।  भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् । ’ गीता ३ ।  १३) निश्चितरूपमा शास्त्र भनेका पूर्वजले हिँडेका र देखाएका बाटा हुन् ।  त्यसलाई असत्य भन्न हुँदैन र सकिन्न पनि तर हाम्रो आफ्नै घरभित्रका चीजलाई पनि अरूले देखाएपछि मात्र विश्वास गर्ने हाम्रो बानी छ ।  त्यसैले पनि यज्ञमाथिको वैज्ञानिक अनुसन्धान थप अपेक्षित हुन पुगेको देखिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना