नेपाल भारत सम्बन्धमा नयाँपनको आभाष

Puru risalपुरु रिसाल

 

गत वर्ष यसैताका नेपाल भारत सम्बन्धमाथि बादल मडारिएको थियो ।  निहँु थियो मधेसमा चर्केको आन्दोलन र त्यसमाथि भारतको सहानुभूति ।  राजनीतिक स्तरमा जति नै मनोमालिन्य वा मनमुटाव भए पनि जनस्तरमा भने हार्दिकता गर्नुपर्छ भन्ने अवधारणा विकास गरे जनताले ।  भलै, एमाले नेता केपी ओलीको नेतृत्वको सरकारको पालामा त्यो कुरा सम्भव भएन ।  ओली सरकार सत्ता बाहिर जान विवस भयो ।  पुष्पकमल दाहालको नेतृत्वमा सरकार बने यता नेपाल भारत सम्बन्धले सकारात्मक फड्को मार्दै गएको छ, त्यसैको दरिलो उदाहरण हो, भारतीय राष्ट्रपति प्रणवमुखर्जीको नेपाल भ्रमण ।  विगत १८ वर्षयता नेपाल भ्रमणमा आउने भारतीय राष्ट्राध्यक्षमा प्रणव मुखर्जी नै पहिलो हुनुभएको छ ।  एक अर्थमा मुखर्जीलाई नेपाल बुझेका पाका राजनीतिज्ञ मान्नुपर्छ ।  उहाँ भारतको विदेशमन्त्री भएको बेलामा नेपालका सात दलबीच १२ बुँदे सम्झौता भएको थियो ।  हालै सम्पन्न भ्रमणले नेपालको सदाशयता बुझ्न र भारतीय नेताहरूलाई बुझाउन मुखर्जीलाई सहयोग पुगेको मान्न सकिन्छ ।
भारतीय संविधानले भारतीय राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्ने भूमिकाबाट माथि राखेको छ ।  एक अर्थमा आलङ्कारिक भूमिका मात्र राष्ट्रपतिले निर्वाह गर्ने हो तर प्रणव मुखर्जीको व्यक्तित्व र अनुभवले भारत सरकारका प्रमुख नेताहरूमाथि केही न केही प्रभाव पार्न सक्ने सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य प्रभावशाली नेताहरूमा रहेको नेपालमाथिको आशङ्का मेटाउन महìवपूर्ण भूमिका खेल्न सक्ने कुरा निश्चित छ ।  यो भ्रमणले आपसी शङ्का र सन्देहलाई मेटाउन पनि मद्दत पुगेको हुनुपर्छ ।  राष्ट्रपतिको भ्रमणको क्रममा कुनै सन्धि, सम्झौता वा समझदारीले औपचारिक रूप लिन सक्दैन तर पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने निश्चित छ ।  त्यसो त प्रणव मुखर्जीको नेपाल भ्रमणले के भयो र ? भन्ने नकारात्मक अभिव्यक्ति पनि कुनै क्षेत्रबाट व्यक्त गरिएला, त्यसलाई महìव दिनु जरुरी छैन, किनभने यस्ता उच्चस्तरीय भेटघाटले कुनै असझदारी छ भने त्यसलाई हटाउन र आपसी सम्बन्ध सुधार गर्न मद्दत पुग्छ ।
केही समय अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेदेखि दुई देशबीचको सम्बन्धमा कटुता समाप्त भई हार्दिकताको वातावरण सिर्जना भएको थियो र त्यसपछिको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले थप हार्दिकता देखापरेको छ ।  नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भएको भारतीय राष्ट्रपतिको तीन दिने भ्रमणलाई राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विशेष चासोका साथ हेरिएको थियो ।  त्यस अर्थमा सो भ्रमणको उच्च मूल्याङ्कन गर्न सकिन्छ ।  त्यसो त नेपाल सरकारले कैयौँं आलोचना खेप्दाखेप्दै पनि भ्रमणलाई उच्च सम्मान प्रदान गरेको थियो ।
भ्रमणको सुरु दिनलाई सार्वजनिक बिदा दिएको र सडक आवागमनमा कडाइ गरिएको कुरा निकै आलोचित भयो ।  मन्त्रिपरिषद्ले कात्तिक १७ गतेलाई देशभर नै सार्वजनिक बिदा दिने निर्णय ग¥यो ।  भारतलाई महìव दिएको भनी आलोचना होला भनी त्यसमा चीनको पनि नाम गाँसियो ।  पञ्चायती कालमा पनि राजाहरूको कुनै मुलुकमा राजकीय भ्रमण हुने भयो भने आउने र जाने दिन बिदा दिइन्थ्यो तर कर्मचारीहरू स्वागत र बिदाइमा उपस्थित होऊन् भनी हाजिरको व्यवस्था गरिन्थ्यो, त्यस्तै विदेशी राष्ट्राध्यक्षको नेपाल भ्रमणको सुरु दिनमा सार्वजनिक बिदाको परम्परा रहिआएको थियो तर यसपल्टको बिदा कर्मचारीहरू स्वागत गर्न सडक किनारामा उभियुन भन्नेभन्दा सुरक्षाको दृष्टिलाई विशेष ध्यान दिएर दिइएको थियो ।  नेपालमा कुनै पाहुना आएको बेला असामान्य घटना भइहाल्यो भने त्यसको असर लामो समयसम्म रहन्छ ।  काठमाडौँंबाट दिल्लीका लागि उडेको इण्डियन एयरलाइन्सको विमान अपरहणमा पर्दा नेपालले लामो समयसम्म अपजसको भागी बन्नुप¥यो ।  भारतीय राष्ट्रपतिको भ्रमण बिध्नबाधारहित बनाउने सन्दर्भमा केही नेपालीले कष्ट भोग्नुलाई तिलको पहाड किन बनाउने ? नेपालसँग खुला सिमाना भएको कारण तेस्रो देशका आतङ्ककारी भारतकै बाटो प्रवेश नगर्लान् भन्न नसकिने सन्दर्भमा भ्रमण अवधिमा भएको कडाइलाई नेपालको सम्मानको सुरक्षाको रूपमा लिनु सामयिक होला ।
हामीले चीनका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुने अपेक्षा गरेका छौंँ र उहाँलाई पनि भारतीय राष्ट्रपतिकैजस्तो उच्च सम्मानका साथ स्वागत र बिदाइ गर्नुपर्छ ।  छिमेकी वा शक्तिसम्पन्न राष्ट्रका राष्ट्राध्यक्षको भ्रमणको क्रममा गरिने औपचारिक कार्यक्रम र सुरक्षालाई ती देशप्रति झुकेको रूपमा लिनु हुँदैन ।  
नेपालमा संविधान निर्माण प्रक्रिया सुरु भएसँगै राष्ट्रिय राजनीतिमा भारतको सन्दर्भ सधैँं जोडिएर आउने गरेको थियो र विगतका दिनमा नेपाल भारत सम्बन्ध अति राम्रो छ, उचाइमा छ भन्दाभन्दै पनि नेपालले झेल्नु परेको नाकाबन्दीले नेपाली जनतामा भारतलाई हेर्ने दृष्टिकोणमा केही नकारात्मक भावना पैदा भएको कुरालाई लुकाएर राख्नु यथार्थ दृष्टिकोण वा विश्लेषण हुन सक्दैन ।  संविधानकै बारेमा भारतीय दृष्टिकोण नेपालका ठूला दलले सहजै स्वीकार गर्ने अवस्था थिएन ।  त्यसैले भारतले नेपालको संविधानलाई अझै हार्दिकतापूर्वक स्वागत गरेको छैन ।  हो, नेपाल अहिले सबैको सहयोग समर्थनसहित संविधान कार्यान्वयनको चरणमा छ ।  संविधान कार्यान्वयनका लागि छिमेकी मुलुकहरूको बढी सहयोग आवश्यक हुन्छ ।  नेपालमा दिगो राजनीतिक स्थिरता, विकास र निर्माणका लागि पनि छिमेकी मुलुक भारतको सहयोग अत्यावश्यक छ ।  त्यस अर्थमा भारतीय राष्ट्रपतिले नेपालमा संविधान आउनुलाई महìवपूर्ण मान्नु र त्यसको स्वागत गर्नुलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ ।  सबैलाई समेटेर लान सक्ने संविधानको पक्षमा वकालत गर्दै आएको भारतका लागि निकट भविष्यमा गरिन लागेको संविधान संशोधनले चित्त बुझ्ने अनुमान गरिन्छ ।  
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री स्वागतका लािग विमानस्थल पुग्नु, सार्वजनिक बिदा दिनु, सुरक्षामा बढी सतर्कता अपनाउनु, प्रधानमन्त्री मोदीले जान नपाएको जनकपुरमा राष्ट्रपतिको भ्रमण गराउनुलाई वर्तमान सरकार बढी भारतपरस्त भएको हो कि भन्ने आशङ्का गरिरहेको अवस्थामा नेपाल सरकारले विशेष सतर्कता अपनाउनु आवश्यक छ ।
भारतीय राष्ट्रपतिको नेपाल भ्रमण निर्विध्न रूपमा समाप्त भयो ।  यस भ्रमणले दुई देशबीच देखिएका केही तिक्तता हटेका छन् र सम्बन्ध नयाँ शिरामा गएको छ ।  भविष्यमा नेपालका राष्ट्रपतिको भारत भ्रमणले सम्बन्धलाई अझ उचाइमा पु¥याउने विश्वासका साथ नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण निकट भविष्यमै होस् भन्ने कामना गरौँं ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना