प्रतिबद्धता पूरा गर्दै नेता कार्की

काठमाडौँ, कात्तिक २२ गते । निर्वाचनका बेला जनतालाई आश्वासन बाँड्ने तर निर्वाचन जितेपछि गाउँ नफर्कने प्रवृत्तिविपरीत जनतासामु गरिएका वाचा पूरा गर्न नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की तल्लीन हुनुहुन्छ ।
संविधानसभाको पहिलो निर्वाचनका बेला जनतामाझ सेवासुविधा उपलब्ध गराउने घोषणा गर्नुभएका नेता कार्की त्यसलाई पूरा गर्ने अभियानमा जुट्नुभएको छ । भोजपुर–१ बाट उम्मेदवार बन्नुभएका कार्कीले सो समयमा जनताको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै दुई विद्यालय र एक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने घोषणा गर्नुभएको थियो । तीमध्ये दुई विद्यालय बनिसकेको तथा एक अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।Gyanendra-Bahadur-Karki
मतदातासामु गरिएका वाचाअनुरूप गाउँमा स्वास्थ्य र शिक्षाको पूर्वाधार विकास गरी जनतालाई राहत दिन लागिपरेको नेता कार्कीले बताउनुभयो । भोजपुरको उत्तरी दिङ्लामा निर्मित १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्लाको उत्तरी क्षेत्रमा स्वास्थ्य सेवाको अभावका कारण धेरै बालबालिका र गर्भवतीले अनाहकमै ज्यान गुमाउनु परेको छ । नेपालका लागि तत्कालीन भारतीय राजदूत राकेश सुद र नेता कार्कीले संयुक्त रूपमा पाँच वर्षअगाडि दिङ्ला (हालको षडानन्द नगरपालिका)मा रु. तीन करोडको लागतमा सो अस्पतालको शिलान्यास गर्नुभएको थियो ।
उत्तरी दिङ्लाका समाजसेवी शम्भु अधिकारीले नेताले वाचा गरेअनुरूप गाउँमा विकासनिर्माणमा फर्केकामा खुसी व्यक्त गर्दै अन्य नेताका लागि उदाहरणीय काम भएको बताउनुभयो । नेताले घोषणा गरेअनुसार सुविधासम्पन्न विद्यालय र अस्पताल निर्माणले जनतामा खुसी छाएको उहाँले उल्लेख गर्नुभयो ।
अस्पताल निर्माणसँगै भोजपुरका १४ गाविसका नागरिकले प्रत्यक्ष सेवा पाउनेछन् । यस्तै कार्कीले चुनावी घोषणापत्रमा उल्लेख गरेको झ्याउपोखरीको शारदा मावि र भोजपुरको विद्योदय मावि बनी सञ्चालनमा आइसकेको छ । ती विद्यालय क्रमशः रु. तीन करोड र रु. एक करोडको लागतमा बनेका हुन् ।                      

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना