किन मारिन्छन् दुर्लभ हाब्रे (रेडपाण्डा) ? न औषधीय गुण छ न कुनै शौखिन वस्तु नै बन्छन्

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ , कात्तिक २२ गते ।  ताप्लेजुङका केशव राईले रातारात लाखौँ रुपियाँ कमाइ होला भनेर लुकाई छिपाई हाब्रे (रेडपाण्डा) को छाला काठमाडौँ ल्याएको भोलिपल्ट प्रहरीको फन्दामा परे ।  प्रहरीले अनुसन्धानका क्रममा राईलाई यसको मूल्य, व्यापारिक नाका, यसको महìव बारे सोधपुछ ग¥यो ।  छालासहित पक्राउ परेका राईको जवाफ सुनेर अनुसन्धानमा रहेको प्रहरी टोली अचमम्मा प¥यो, जब राईले छालाको मूल्य एक लाख रुपियाँ जति त पाइन्छ भनेर गाउँघरकै चिया पसलमा सुनेको भरमा लेकमा गाई गोठ नजिक भेटिएको हाब्रेलाई मारेर छाला बिक्री गर्न ल्याएको बताए ।  
राई जस्तै हालसम्म जति पनि व्यक्तिहरू हाब्रेको छालासहित पक्राउ परेका छन् सबैको जवाफ हल्लाई हल्लाको भरमा आफूले हाब्रेको शिकार गरेर छाला बिक्री गर्न ल्याएको अनि खरिद गर्ने मान्छे खोजी गर्र्ने क्रममा प्रहरी फन्दामा परेको बताएका छन् ।  केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोका डीएसपी प्रवीण पोखरेलका अनुसार, दुर्लभ वन्यजन्तु भएको र यसको मूल्य धेरै पाइन्छ भन्ने हल्लाका आधारमा मानिसहरूले हाब्रेको चोरी शिकार गर्ने गरेका छन् ।  हालसम्मका घटनाको अध्ययन गर्दा बिक्री गर्ने व्यक्ति पक्राउ परे पनि खरिद गर्ने व्यक्ति पक्राउ पर्न सकेको छैन ।  यसको छाला तथा अन्य भागको विशेष प्रयोग हुने र गरिएको तथ्य पनि हालसम्म फेला पर्न सकेको छैन ।  लजालु स्वभावको यो वन्यजन्तुले मानिसलाई देख्दा एकोहोरो हेरिरहने र नभाग्ने भएकाले शिकार गर्न सजिलो हुने हुँदा हल्लाको भरमा यसको चोरी शिकार बढी हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ ।  विज्ञका अनुसार यसको कुनै अङ्गको औषधीय प्रयोग पनि छैन, शारिरीक रूपमा एकदमै सानो आकारको हुने हाब्रेको मासु पनि त्यति खान लायकको हुँदैन ।  प्राकृतिक रूपमा हावापानी, आहार तथा बासस्थान खतरामा पर्दै जाँदा लोप हुँदै गएको हाब्रेको पछिल्लो चरणमा यसको महìव नभए पनि हल्लाको भरमा चोरी शिकारको चपेटामा पर्ने गरेको छ ।
के हो हाब्रे ? red panda
यसलाई अङ्ग्रेजी भाषामा रेडपाण्डा पनि भन्ने गरिन्छ ।  यसका अवशेष युरोपमा देखिएका छन् ।  ऐतिहासिक कालखण्डमा विश्वमा अन्य वन्यजन्तुको झैँ सबै महादेशमा यसको उपस्थिति भए पनि हाल भने दक्षिण एसियाका पाँचवटा देशका उच्च पहाडी क्षेत्रमा पाइने गरेको छ ।  नेपाललगायत चीन, भारत, भूटान र बर्मामा यसको अस्तित्व अझै रहेको छ ।  नेपालमा यसको सङ्ख्या एक हजारभन्दा बढी रहेको अनुमान गरिएको छ ।  विश्वभरीमा यसको सङ्ख्या १० हजार जति रहेको विभिन्न अध्ययनले देखाएको छ ।  रेडपाण्डाको विश्वको कुल सङ्ख्याको १० प्रतिशत नेपालमा संरक्षित रहेको रेडपाण्डा नेटवर्कका कन्ट्रि डाइरेक्टर आङ फूरी शेर्पाले बताउनुभयो ।  मांसहारी देखिए पनि हाब्रेले ७० प्रतिशत आहार मालिङ्गो र निगालोको पात र टुसा प्रयोग गर्ने गर्छ ।  दुई हजार दुई सय मिटरदेखि चार हजार मिटर उचाइसम्मको १० डिग्रीदेखि २५ डिग्री सेल्सियस तापक्रममा रहेको गुराँस, मालिङ्गो, निगालोको जङ्गल र पानीको मुहान नजिक भएको स्थानमा यसको बासस्थान मानिन्छ ।  एक्लै बस्न रुचाउने हाब्रे मानिस देख्दा झन रोचक ढङ्गले हेरिरहने भएकाले यसको शिकार गर्न सजिलो हुने हुँदा चोरी शिकार यसको संरक्षणमा ठूलो चुनौती देखिएको छ ।  
काठमाडांँै केन्द्रित हाब्रेको व्यापार
अन्य दुर्लभ वन्यजन्तु सरह नै यसको चोरी शिकार गर्दा फाइदा हुन्छ भन्ने हल्लाले विशेष गरेर हाब्रे पाइने स्थानका बासिन्दा यसको शिकार गर्न बढी आकर्षित भएका विभिन्न अध्ययन र पक्राउ परेका अभियुक्तको बयानले देखाएको छ ।  पूर्वी नेपालबाट ल्याइएका हाब्रेका छाला इटहरी, हेटौँडा र पश्चिम नेपालबाट ल्याइएका छाला कोहलपुर, बुटवल हुँदै काठमाडौँसम्म पक्राउ पर्ने गरेका छन् ।  यसको चोरी शिकार र छाला ओसार पसारमा चेतनाको स्तर सामान्य भएका र आर्थिक रूपमा अत्यन्त गरिब, विपन्न वर्गका व्यक्तिको संलग्नता रहेको पाइन्छ ।  ग्रामीण स्तरका सामान्य किसानसमेत यसको कारोवारमा पक्राउ परेका छन् ।  डीएसपी पोखरेलका अनुसार यसको छालाको अन्तिम गन्तव्य काठमाडौँ उपत्यका देखिएको छ ।  त्यसपछि यसको व्यापार कहाँ हुन्छ र गरिन्छ भन्ने तथ्य छैन ।  
संरक्षण अभियान सफल हुँदै
पछिल्लो समयमा नेपालमा हाब्रेको संरक्षणका लागि विशेष कार्यक्रमहरू सञ्चालन हुन थालेपछि यसको सङ्ख्यामा केही वृद्धि भएको छ ।  सरकारी तथा गैरसरकारी संस्था र निकायको सक्रिय सहभागिताले यसको संरक्षणमा स्थानीय समुदायको सक्रिय र प्रभावकारी भूमिका बढ्न थालेको छ ।  स्थानीय बासिन्दा हाब्रे संरक्षणको महìव बारे बुझ्न थालेका छन् ।  फलस्वरूप कञ्चनजङ्गा संरक्षित क्षेत्र र त्यस वरपरका सामुदायिक वनमा यसको सङ्ख्यामा वृद्धि हुन थालेको नेटवर्कका संरक्षण व्यवस्थापक डम्बर विष्टले बताउनुभयो ।  संरक्षणका लागि स्थानीय समुदाय जागरुक भएपछि चोरी शिकार नियन्त्रण हुँदै र बासस्थानमा सुधार हुँदै जाँदा हाब्रेको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।  विभागले कञ्चनजङ्घा लगायत मकालु वरुण र लाङटाङ क्षेत्रमा हाब्रेको संरक्षणका लागि विशेष ध्यान दिइरहेको छ ।  त्यसैगरी कञ्चनजङ्घा क्षेत्र र वरिपरिका सामुदायिक वनमा हाब्रेको संरक्षणका लागि रेडपाण्डा नेटवर्कले विभिन्न संरक्षणमुखी कार्यक्रम सञ्चालन गरिरहेको छ ।  
हाल हाल रेडपाण्डा नेटवर्कद्वारा नेपालमा ताप्लेजुङ, इलाम र पाँचथरका २७ वटा गाउँ विकास समितिमा रेडपाण्डा संरक्षणका लागि स्थानीय बासिन्दासँग संरक्षण शिक्षा, जीविकोपार्जन, अध्ययन अनुसन्धान तथा हाब्रेको नियमित अनुगमन गर्ने कार्यहरू सञ्चालन भइरहेका छन् ।  यसको बासस्थान र आहारमा देखिएको चुनौतीलाई कम तीन जिल्लाका २७ वटा गाविसमा वन अभिवावक कार्यकर्ता निर्माण गरी ती अभिभावकलाई तालिम, सचेतना शिक्षा दिने गरिएको छ ।  नेटवर्कले रेडपाण्डा संरक्षणमा थप सहजता र विश्वसनियता ल्याउनका लागि मोवाइल एप्स प्रविधिको सुरुवात गरिएको कुरा नेटवर्कका कन्ट्री डाइरेक्टर आङ फुरी शेर्पाले जानकारी दिनुभयो ।  
कानुनी व्यवस्था
अत्यन्तै दुर्लभ वन्यजन्तु भएकाले यसको शिकार गरेमा वा मारेमा एक वर्षदेखि १० वर्षसम्म कैदको सजाय हुने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा गरिएको छ ।  
 


mahesh dhakalहाब्रे संरक्षण प्रमुख प्राथमिकतामा छ:
डा. महेश्वर ढकाल
उपमहानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
हाब्रेको संरक्षणलाई विभागले प्राथमिकतामा राख्दै आएको छ ।  हिमाली क्षेत्रमा संरक्षित घोषणा गरिनुको एउटा कारण दुर्लभ हाब्रेको प्रभावकारी संरक्षण गर्नु पनि हो ।  चोरी शिकार यसको संरक्षणका लागि प्रमुख चुनौती भएकाले केन्द्रस्तरमा र जिल्ला स्तरमा वन्यजन्तु अपराध नियन्त्रण इकाई गठन गरी प्रभावकारी रूपमा काम भइरहेका छन् ।  यसको संरक्षणका लागि विशेष कार्ययोजना बनाएर अगाडि बढ्ने कुरामा विभाग लागि रहेको छ ।  


aangfuri sherpaसमुदाय सक्रिय र सचेत हुँदैछन्:
आङ फुरी शेर्पा
कन्ट्री डाइरेक्टर, रेडपाण्डा नेटवर्क
रेडपाण्डा नेपालको मात्र नभएर मानव जातिकै लागि अमूल्य सम्पत्ती भएकाले यसको संरक्षण अभियान लिएर नेटवर्कले काम गरिरहेको छ ।  विद्यार्थीदेखि लिएर चोरी शिकारमा संलग्न हुन सक्ने उमेर समूहका व्यक्तिसम्मका विभिन्न समूहमा सचेतनाका कार्यक्रम, जीविकोपार्जन, तालिम, संरक्षण कक्षाहरू सञ्चालन भइरहेका छन् ।  रेडपाण्डाको बासस्थानको सुधार, पानीको स्रोतको संरक्षण, चोरी शिकार नियन्त्रण गर्नमा पछिल्लो समयमा स्थानीय समुदाय निकै सक्रिय भइरहेका छन् ।  स्थानीय बासिन्दाको सक्रिय सहभागिता विनासंरक्षण सम्भव नभएकाले स्थानीय तहमा संरक्षण अभियान सञ्चालन गर्न जरुरी छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना