चुँडिदै अर्थतन्त्रका त्यान्द्राहरू

chandramani-adhikari-300x300डा.चन्द्रमणि अधिकारी

राज्य संयन्त्रलाई कुशलतापूर्वक चलाउनु कुनै चानचुने विषय होइन ।  त्यसमा पनि आजको आधुनिक अर्थतन्त्रलाई गतिशील बनाउन त अर्थतन्त्रका अवयवको विशिष्ट ज्ञान, यसको समाजसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय अर्थराजनीति र परिवेश, सूचना र प्रविधिले यसमा पार्ने प्रभाव, मानिस तथा पुँजीको प्रवाहको गति र दिशासमेतका विषयमा घनीभूत जानकारीको आवश्यकता हुन्छ ।  कुनै नीति ल्याउनु र कार्यान्वयनमा लैजानु अगाडि भविष्यमा त्यसले पार्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभाव र सम्भावित नतिजाको समुचित आँकलन गर्ने परिपाटीको आवश्यकता पर्छ तर नेपालमा त्यसो हुन सकिरहेको छैन ।  राज्य निर्माणमा कस्तो बाटो लिने भन्ने विषयमा गम्भीरताको कमी छ ।  तत्कालीक फाइदा मात्र हेर्ने परम्परा छ ।  
पहिले तराईका कतिपय ठाउँंमा खेत र जङ्गल जोडिएको हुन्थ्यो ।  स्थायी कुलो र नहर नहुँदा खासगरी धान खेतीका लािग वर्षायाम कुर्नु पर्दथ्यो ।  जङ्गलबाट कतिपय खोला र खहरे बस्तीमा निस्केका हुन्छन् नै ।  वर्षायाम सुरु भएपछि कतिपय ठाउँमा जङ्गलभित्रका खहरे र खोलाहरूको सतहमाथि आउँदा भेलबाढीको पानी बाटो छोडेर खेततिर पस्थ्यो, त्यसले जङ्गलको पातपतिङ्गर कुहिएर बनेको मल खेतमा पु¥याइदिन्थ्यो ।   त्यस वर्ष बाली सप्रेपछि अर्को वर्ष किसानले आफैँंले जानीजानी भल वाढी खेततर्फ सोझ्याउँथे ।  यो क्रम एक दुई वर्ष चल्दा खोलो र खहरेले त्यतै बाटो सोझ्याउँंथ्यो अनि ठूलो बाढी पसेर खेतलाई बगरमा परिणत गरिदिंँदा किसानको बिल्लीबाठ हुन्थ्यो ।  यसरी परम्परागत खेती प्रणालीमा भलवाढीको फाइदा लिन खोज्दा खेतलाई बगरमा परिणत गरेजस्तै हुन पुगेको छ नेपालको अर्थतन्त्र अहिले ।  अर्थतन्त्र अहिले विप्रेषणको यस्तै भलबाढीबाट प्रभावित भएको छ ।  
विगत केही वर्षमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैङ्कबाट सार्वजनिक भएका दस्तावेज वा अर्थमन्त्रीसहितका पदाधिकारीका अभिव्यक्तिहरूको अध्ययन गर्दा मूलतः चालू खाता, शोधनान्तर स्थिति र राजस्व परिचालन गरी तीनवटा कुरा अत्यन्तै सकारात्मक रहेको देखाई दस्तावेज वा अभिव्यक्तिको बिट मारेको पाइन्छ ।  
यी अर्थतन्त्रका सन्दर्भ सूचक हुन् ।  यथार्थमा आधारभूत सूचक सकारात्मक भएको खण्डमा यी सहायक सूचक पनि सकारात्मक हुन्छन् तर विडम्बना अर्थतन्त्रका आधारभूत क्षेत्रहरू अपेक्षा अनुरूप सकारात्मक छैनन् ।  जस्तै आर्थिक वृद्धि न्यून हुँदै गएको छ, व्यापार घाटा उच्च दरले बढेको छ, लगानीको अङ्कमा वृद्धि छैन, अर्थतन्त्रमा उद्योगको अंश घटेर गएको छ, भौतिक पूर्वाधार निर्माणको गति शून्यप्रायः छ, भएका पूर्वाधारको उचित मर्मत सम्भार हुन सकेको छैन, कामको अभाव भई रोजगारी सिर्जना नहुनाले उर्जाशील श्रमशक्ति बाहिरिएको छ तर सरकारी दस्तावेजहरूमा चालू खाताको बचत, शोधनान्तर स्थितिमा सन्तुलन, पैठारीमुखी राजस्व वृद्धि र विप्रेषण आप्रवाहका त्यान्द्राहरूलाई समातेर अर्थतन्त्र सकारात्मक दिशातर्फ बढेको र कतिपय क्षेत्र त उत्साहजनक रहेको दाबी गरिएको पाइन्छ ।  हुन त यी उपलब्धिहरू अर्थतन्त्रका लागि माथि उदाहरण दिइएको किसानले खेतमा भलबाढी हुलेर लिएको फाइदाजस्तै हुन् ।  अब त यसरी सकारात्मक देखिएका जुइनाका त्यान्द्राहरू पनि चँुडिन खोजिरहेका छन् ।  यी त्यान्द्राहरूलाई जोगाउन सहयोग गरिरहेको विपे्रषण आयको वृद्धिदर आर्थिक वर्ष २०७०।७१ बाट घट्न थालेको देखिन्छ ।  आर्थिक वर्ष २०७१।७२ मा यो वृद्धि २ दशमलव ८ प्रतिशतले घटेकोमा आर्थिक २०७१।७२ को तुलनामा आर्थिक वर्ष २०७२।७३ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पनि १८ दशमलव ४ प्रतिशतले घटेको छ ।  विप्रेषण आय पनि यी दुई आर्थिक वर्षमा क्रमशः १३ दशमलव ६ र ७ दशमलव ७ प्रतिशतले मात्र वृद्धि भयो ।  यो वृद्धिदर विगत वर्षभन्दा कम हो ।  चालू वर्षको दुई महिनाको अङ्क हेर्दा यो मन्दीले निरन्तराता पाएको देखिन्छ ।  फलस्वरूप यो दुई महिनाको मात्र अङ्क केलाउँदा भने चालू खाता र शोधनान्तर स्थिति दुवै नकारात्मक भएको पाइन्छ ।  यसको अर्थ भल लगाएर उत्पादन बढाएको खेतमा अब बाढी पसेको अनुभव हुन थालेको छ ।  खहरे खोलाको शिरमा बाँधेको बाँध भत्किँंदै गएको छ ।  अर्थात् अर्थतन्त्रलाई टेवा दिने भन्दै देशमा भएको जनशक्तिलाई देशमै रोजगारी दिनेतर्फ प्रयास नगरी  रोजगारीको नाममा विदेशतर्फ धकेल्ने नीति विफल हुँदैछ ।  
बुझ्नुपर्ने कुरा के हो भने श्रम नै विकासको आधार हो ।  जति गुणस्तरीय र उच्चस्तरको श्रम अर्थतन्त्रले पाउँछ त्यसको मूल्यमा त्यतिकै अभिवृद्धि हुन्छ ।  यो पनि कच्चा पदार्थजस्तै हो, जसलाई उपयोग गरेर समृद्धि हासिल गर्न सकिन्छ तर त्यो श्रमलाई हामीले तुच्छ मूल्यमा फाल्ने नीति अघि सा¥यौंँ ।  फलस्वरूप अर्थतन्त्रमा आधारभूत प्रगति नभएकाले आधारभूत सूचक पनि कमजोर हुंँदै गएका थिए ।  अहिले आएर कच्चा श्रम निकासी गरेर बचाएको अर्थतन्त्र र त्यसले बचाएका त्यान्द्रा सूचक पनि धर्मराउन थाले ।  
वि.सं. २०४७ मा नेपालमा प्रजातन्त्रको पुनःस्थापना भयो तर राजनीतिक दलले त्यो राजनीतिक उपलब्धिलाई पर्याप्त रूपमा संस्थागत गर्न सकेनन् ।  देश खुलापनतर्फ त गयो तर सँगसँगै नीति निर्माण र कार्यान्वयन दुवैमा विचलन देखियो ।  उदार र खुलापनलाई नियमित, संयमित तथा अर्थतन्त्रको क्षमता र चरित्रअनुसार अघि बढाइएन ।  त्यसैलाई निहुँ बनाएर अर्काथरिले आन्तरिक द्वन्द्वको पासो हाले ।  राजनीतिक नेतृत्व हिंसात्मक द्वन्द्वविना नै त्यो विचलनलाई बाटोमा ल्याउने कार्यतर्फभन्दा क्रान्तिकारिताको कोरा दर्शनप्रतिको भ्रमित बाटोमा अघि बढेकाले देशको विकासको काम ठप्प भयो ।  रोजगारी तथा जिउज्यान जोगाउन मानिसहरू गाउँंबाट सहर र सहरबाट विदेश पस्न थाले ।  आर्थिक वर्ष २०५०।५१ मा वार्षिक तीन हजार छ सय मानिस वैदेशिक रोजगारीमा (भारतबाहेक) गएकोमा आर्थिक वर्ष २०६२।६३ मा पुग्दा यो सङ्ख्या वार्षिक दुई लाख पुग्यो ।  आर्थिक वर्ष २०४६।४७ सम्म यो सङ्ख्या दुई हजारभन्दा तल थियो ।  नेपालमा विपे्रषणबाट रकम प्राप्त हुने क्रम पछिल्लो दश वर्षमा त निकै बढ्यो ।  अनि वैदेशिक मुद्राको प्रमुख स्रोत पनि विपे्रषण नै बन्न गयो ।  आर्थिक वर्ष २०५०।५१ सम्म विदेशी मुद्राको प्राप्तिमा विप्रेषणको अंश दुई प्रतिशतभन्दा तल रहेकोमा यो अंश तीन चौथाइभन्दा माथि पुगिसकेको छ ।  बाँकी अंशमा निकासी, पर्यटन तथा वैदेशिक सहयोगले योगदान गरेका छन् ।  यसले पनि के प्रमाणित गर्छ भने नेपालको अर्थतन्त्र झन्झन् विप्रेषण आयमैं निर्भर हुंँदैछ र वैदेशिक रोजगारीमा सुस्तता आएको  खण्डमा यो निम्छरो त्यान्द्रो पनि टुट्नेछ ।  यसो हुनुको पछाडि नीतिगत अदुरदर्शिता नै प्रमुख कारण हो ।  
देशको जनशक्तिको उपयोग सबभन्दा पहिले त देशभित्रै गर्ने र देशका लागि चाहिनेभन्दा बढी हुन गएमा विश्व बजारमा गुणस्तरीय र क्षमतावान जनशक्तिलाई बढी कमाउने क्षेत्रमा मात्र पठाउने गरी नीति, योजना तथा कार्यक्रम बन्नु पर्दथ्यो तर त्यसो भएन ।  जनश्क्ति बजारको पोखरी पिंँधैमा प्वाल पारेर रित्याउने काम भयो ।  पिँंधमै भ्वाँग पारेपछि के हुन्छ ? खेत बाँझै रहन सक्छ ।  वस्तुभाउ भोक प्यासै रहन सक्छन् ।  पोखरीमा बढी भएको पानीको उपयुक्त निकास दिनसके त्यसबाट थप फाइदा लिन सकिन्छ तर जनशक्ति व्यवस्थापनको विषयमा नेपालमा पोखरीको पिँंधमा भ्वाङ पार्ने काम भयो ।  फलस्वरूप नेपालबाट ऊर्जाशील जनशक्ति देश रित्तै पारेर बाहिर गए ।  कृषि, उद्योग, निर्माण र सेवा सबै क्षेत्रमा जनशक्तिको अभाव हुन पुग्यो ।  
अहिले नेपालका कतिपय उद्योगहरू जनशक्तिको अभावमा बन्द हुँंदैछन् ।  निकै उब्जनी हुने कतिपय खेत बाँझोे बसेका छन् र भएका उद्योगहरू पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।  परियोजना निर्माणका काममा मजदुरको अभाव हुनाले परियाजना निर्माणको काममा ढिलाइ हुन गएको छ ।  यसरी अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुन पुगेको छ ।  तसर्थ अर्थतन्त्रका यी चालू खाता, शोधनान्तर अवस्थाको सन्तुलन र राजस्वमा भएको वृद्धिसमेतको मुठो फुस्किन र त्यसलाई बाँधेको जुइनो छिन्न नपाउंँदै पोखरीको पिंँधको भ्वाङ थुन्ने उपायहरूको खोजी हुनु    पर्छ ।  वैदेशिक रोजगारीको कुरा अर्को देशको नीति, नियम र व्यवहारमा भरपर्ने विषय हो ।  यसर्थ लगानीमा बढोत्तरी, आन्तरिक उत्पादनमा वृद्धि, जनशक्तिको राणनीतिक विकास र उपयोग समेतका व्यवहारिक योजना अघि सारेर आधारभूत सूचकहरूलाई दरिलो बनाउने एवं सन्दर्भ सूचकलाई ओर्लन नदिने कार्य गरिनु पर्छ ।  अन्यथा पुर्पुरोमा हात लगाउनुबाहेक अन्य उपाय बांँकी रहने छैन ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना