बघौडा क्षेत्रका एक लाख जनताको पिडा : सीमापारीको विकास हेरेर चित्त बुझाउन बाध्य

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, कात्तिक २२ गते । बाँके जिल्लाको राप्तीपारीका ९ वटा गाविसका एक लाख बढी बासिन्दाले सीमापारीको विकास हेरेर बर्षौदेखि चित्त बुझाउदै आएका छन् । नेपाल– भारत सीमानामा अवस्थित ती गाविसहरुमा सीमापारी विकासले झिलीमली छ भने सीमावारी विकास नहुँदा उजाड देखिन्छ ।  सिमानाको घोडदौडिया गाउ एउटै भएपनि भारतमा पर्ने गाउको आधा भागमा विकासै विकास देख्न पाइन्छ भने नेपालमा पर्ने आधा गाउमा भने विकासको कुनै चिन्ह देखिदैन । 

बाँकेको नरैनापुर गाविसको वडा नम्बर ७, ८ र ९ मा पर्ने आधा गाउमा विकासका सन्दर्भमा अभावै अभाव छ तर सोही गाउको आधा भाग भने विकाशले भरिएको छ ।  भारतको उत्तरप्रदेश राज्यको तुरुस्मा ग्राम पञ्चायत थाना मल्लिपुरमा पर्ने घोडदौडियाको आधा भागमा सडक, विजुलीबत्ती, शिक्षा लगायतको सुविधा छ भने नेपालमा पर्ने आधा गाउमा कुनै सुविधा छैन ।
पारी रातभरी उज्यालो हुन्छ, नरैनापुर ७ का रामउजागर बन्जराले प्रश्न गर्नुभयोे,— तर हामी नेपाली भने कहिलेसम्म अन्धकारमा बस्नुपर्ने हो ? उहाले विकासमा आफुहरु हेपिएको पनि बताउनु भयो ।
अलग अलग मुलुक भएका कारण भारततर्फका स्थानीयबासिन्दाले चाहेर पनि आफुहरु बत्ति बाल्न नपाउने नेपालीको भनाई छ । यसैगरी भारततर्फ पक्कि सडक छ । नेपालतर्फ भने जीर्ण सडक छ । बर्षायाममा जीर्ण सडकमा आवागमन गर्न समेत समस्या हुने गरेको छ ।
नरैनापुर ७ का ६५ बर्षिय बहादुर बन्जाराका अनुसार नेपाली गाउमा कक्षा ५ सम्म पढाई हुने नेपाल राष्टिय प्राथमिक विद्यालय छ । तर सोही गाउँको भारततर्फ भने जव्दहबाबा इन्टर कलेज छ । जुन कलेजमा नेपाली विद्यार्थीहरु समेत अध्ययन अध्यापनका लागि जाने गछर्न ।
भारततर्फ सबै खाले सेवा सुविधा छ, हामी भने दुखका साथ जीवन यापन गरिरहेका छौं, २५ बर्र्षिय रामउजागर बन्जराले दुखी हुंदै भन्ुभयोे,— राज्यले हाम्रा लागि ध्यान दिएको पाईदैन ।
भारततर्फको विकास हेरेर टोलाउनु बाहेक अर्को विकल्प नभएको बघौडा क्षेत्रका बासिन्दा बताउँछन् । निर्वाचनका समयमा विभिन्न राजनीतिक दलका नेता आउने विकासको आश्वासन दिने र आफुहरुको अवस्था परिवर्तन नभएको स्थानीय बासिन्दा बताउछन् ।
शिक्षा, स्वास्थ्यको क्षेत्रमा पछाडी परेको बघौडामा १८ बर्षअघि गाडिएका विद्युतका पोलहरुमा अझैसम्म पनि तार नजोडिएपछि स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।
उनिहरुले सरकारले बघौडावासीलाई बेवास्ता गरेको जनाउदै बिकास निर्माणको योजना आफ्नो क्षेत्रमा ल्याउन पुनः माग गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना