मुखर्जी, तरकारीवाली र सामाजिक सञ्जाल

Ajay sharmaअजय शर्मा,
पछिल्ला केही वर्ष यता नेपालमा सामाजिक सञ्जालमा बहसमा आउने थुप्रै विषयमा ऐक्यबद्धताका आवाज चर्को रूपमा प्रस्तुत हुने गरेका छन् ।  यसलाई फेसबुक क्रान्ति भन्ने कि ट्विटर क्रान्ति ? वा ‘भर्चुअल क्रान्ति’ यसलाई सुहाउँदो शब्दावली जुर्दै गर्र्ला ।  विश्वमा अरब स्प्रिङदेखि अकुपाई वालस्ट्रिट, इस्तानबुल स्कुवायर, कियभ र हङकङमा देखिएका आन्दोलनमा सामाजिक सञ्जालले उल्लेख्य रूपमा सहयोग गरेको हो ।  नेपालमा पनि सामाजिक सञ्जालमा बेला मौकामा सामाजिक तथा राजनीतिक महŒवका विषयका मुद्दा बौद्धिक वृत्तमा बहस पैरवी हुने गरेकै छन् ।  

अहिले सामाजिक सञ्जालमा भारतीय राष्ट्रपति र तरकारीवाली चर्चामा रहेका छन् ।  भारतीय राष्ट्रपतिको विषय सामाजिक सञ्जालमा सेलाउन नपाउँदै तरकारीवालीको चर्चाले शिखर चुमेको छ ।  खासगरी अलिक प्रविधिको ज्ञान राख्ने र सामाजिक क्रियाकलापमा संलग्न नेपाली युवा फेसबुकभन्दा पनि ट्विटरमार्फत यस्ता विषयलाई उठाउन बढी रुचाउँछन् ।  त्यसो त नेपालमा ट्विटरका प्रयोगकर्ताभन्दा फेसबुक प्रयोगकर्ता अधिक छन् ।  
सामाजिक सञ्जालमा पस्कने विषय वस्तु यसरी भाइरल भइदिन्छन् विषय वस्तु पस्कने व्यक्तिलाई समेत पत्तो हँुदैन ।  नेपाल भ्रमणमा रहँदा भारतका राष्ट्रपति प्रणव मुखर्र्जीलाई नेपाली जनताले सामाजिक सञ्जालमा स्वागत गर्न रुचाएनन् ।  नाकाबन्दीबाट आक्रोशित नेपाली युवाले ट्विटरमार्फत सुरु गरेको ‘लम्पसारवाद’ ट्रेण्ड भाइरल बन्यो ।  उसो त नेपालीको अतिथिदेवो भवः को संस्कृतिलाई केही हदसम्म यो कार्यले लत्यायो कि भन्ने स्वर पनि सुनियो ।  
नेपाल भारतबीचको कूटनीतिलाई सामाजिक सञ्जालमा देखिएका क्रिया–प्रतिक्रियाबाट सञ्चालन गर्ने होइन ।  सामाजिक सञ्जालमा लेखिएका कतिपय विषय यसरी भाइरल हुन्छन् कि ती विषयले कुनै बिन्दुमा एक किसिमको दबाब पनि सिर्जना गर्छ तर कूटनीति सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाबाट प्रभावित हुने कुरा नभई यो बडो संवेदनशील विषय हो ।  संवेदनशील विषयमा क्रिया–प्रतिक्रिया दिँदा व्यक्ति र समाज संवेदनशील हुनैपर्छ ।  सामाजिक सञ्जालमा हरेक सामाजिक, राजनीतिक तथा गैरराजनीतिक विषयले व्यापक चर्चा पाउँछ ।  
सामाजिक सञ्जालमा पाकिस्तानी चियावाल अरसद खानको चर्चापछि नेपाली तरकारीवाली भनेर एक युवतीको तस्बिर भाइरल भएको हो ।  केही सयमअघि पाकिस्तानका एक चिया बेच्ने युवा नीलो आँखा र आफ्नो ‘लुक्स’ का कारण इन्टरनेटमा ह्यासट्याग ‘चायवाला’ नामबाट चर्चामा आए ।  उनी त्यसपछि
‘फेसनवाला’ बने अर्थात् पाकिस्तानको एक कम्पनीले उनलाई आफ्नो उत्पादनको मोडल बनायो ।
त्यस्तै सामाजिक सञ्जालमा चर्चा पाएकी यी नेपाली युवतीको तस्बिर गोरखाको भुम्लिचोक गाविसको हो ।  चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवती कुसुम श्रेष्ठको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले खिचेर फेसबुकमा पोष्ट गर्नुभएको थियो ।  उसो त सामाजिक सञ्जालमा युवती चर्चित भएपछि भने रूपचन्द्रले आफ्नो फेसबुकबाट उक्त युवतीको फोटो हटाई सक्नुभएको छ ।  
त्यति मात्र कहाँ हो र ? यी तरकारीवालीले सामाजिक सञ्जालमा मात्र नभई अङ्ग्रेजी, हिन्दी, नेपाली र अन्य थुप्रै भाषाका अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत चर्चा बटुल्न सफल हुनुभयो ।  क्रेटमा गोलभेँडा बोकेकी सुन्दर युवतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।  उक्त तस्बिरमा युवती मिहिनेती भएको भन्दै धेरैले युवतीको तारिफ गरेका छन् ।  अहिले युवतीको प्रशंसा गर्दै ट्विटरमा ‘तरकारीवाली’ ३तबचबपबष्धिबष् िनाममा ह्यासट्यागमा ट्रेन्डिङ नै चलेको छ ।  सामाजिक सञ्जालमा तरकारीवाली ट्रेन्डिङबाट मिडियामा छाउनुभएकी कुसुमलाई नेपाली फिल्म खेल्ने प्रस्तावसमेत आएको छ ।  यसरी हेर्दा कुसुम श्रेष्ठलाई सामाजिक सञ्जालले अवसर दिलायो तर कतिकोे घरवार सामाजिक सञ्जालले डुबाएको छ ।  सामाजिक सञ्जालका जति राम्रा पक्ष छन् उति नै नराम्रा पक्ष पनि छन् ।  केही समय अघि मात्र भरतपुरमा सामाजिक सञ्जालले मान्छेलाई असामाजिक त बनाउँदै छैन ? भन्ने प्रश्नसहित महिलाले प्रदर्शन गरे ।  चितवनमा निकालिएको यस्तै ¥यालीमा सामाजिक सञ्जालको दुरूपयोगबाट समाजमा विकृति, विसङ्गति, अपराधजन्य गतिविधि र महिलाविरुद्धका हिंसा बढेकाले त्यसको रोकथामका लागि कानुनको प्रभावकारी कार्यान्वयन र थप कानुन निर्माणका लागि राज्यका सबै सरोकार निकायमा अविलम्ब निर्देशन दिन ध्यानाकर्षण गराइयो ।  
द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको लेख ‘सामाजिक सञ्जालले समाज बनाउँछ कि भत्काउँछ ?’ मा लेखक थोमस एल फ्राइडम्यानको निष्कर्ष यस्तो छ– ‘पहिलो कुरा, हामीलाई थाहा छैन हल्ला कसरी व्यवस्थापन गर्ने ।  सामाजिक सञ्जालमा मानिसका पूर्वाग्रहसँग मिल्ने किसिमका हल्लालाई विश्वास गरिन्छ र दसौँ लाख मानिससम्म फैलाइन्छ’ दोस्रो, ‘हामी त्यस्ता व्यक्तिसँग मात्र सूचना आदानप्रदान गछौँ, जोसँग हामी विचारले सहमत हुन्छौँ ।  सामाजिक सञ्जालमा हामीले अरू कसैलाई पनि ‘म्युट’, ‘अनफलो’ र ‘ब्लक’ गर्न सक्छौँ । ’ तेस्रो, ‘अनलाइनमा हुने छलफल तुरन्तै झगडा गर्ने भीडमा परिणत हुन्छ ।  हामी बिर्सन्छौँ, स्क्रीन पछाडि अवतार होइन, वास्ताविक मानिस हुन्छन् । ’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना