देउवा र मोदीबीच नेपालको राजनीतिक अवस्थाबारे कुराकानी


deuba1काठमाडौँ, कात्तिक २३ गते । भारत भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको छ ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न भारत भ्रमणमा रहनुभएका नेता देउवा र भारतीय प्रधानमन्त्रीबीच आपसी हित र चासोका बारेमा केन्द्रित रहेर पनि छलफल भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

नेता देउवा र भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीबीच सोमबार भेटवार्ता भएको थियो । पूर्वप्रधानमन्त्री देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधि समेत प्रदान गरेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना