अमेरिकी निर्वाचनः अहिलेसम्म को को कहाँ कहाँ विजयी

वासिङ्गटन, कात्तिक २४ गते । अमेरिकाका सबै राज्यहरुमा ८ नोभेम्बरको बिहानैदेखि शुरु भएको मतदानपश्चात् उम्मेदबारद्वय हिलारी रोधाम क्लिन्टन र डोनाल्ड जोन ट्रम्पमध्ये को को कहाँ कहाँ विजयी भएकोबारे बिभिन्न राज्यबाट धमाधम मतगणनाको प्रारम्भिक नतिजा आइरहेका छन् । 

हालसम्म प्राप्त राज्यगत नतिजा अनुसार क्लिन्टन कनेक्टिकट, न्युयोर्क, इल्लिन्वाइ, ह«ोड आइल्याण्ड, न्यु मेक्सिको, भर्जिनियामा विजयी हुनुभएको छ । ट्रम्प मोन्टाना, आक्र्यान्सस, टेक्सास, नर्थ डकोटा, साउथ डकोटा, वायोमिङ्ग, क्यान्सास, नेब्रास्का, मिस्सिसिप्पी, टेनेस्सी, अलाबामा, लुजियाना, मोन्टाना, मिसाउरी, ओहायोमा विजयी हुनुभएको छ ।
नेपाली समयाअनुसार बिहान ११ः३० सम्म प्राप्त राज्यगत नतिजा अनुसार क्लिन्टनले थप राज्यहरुः कोलो ¥याडो, क्यालिफोर्निया, हवाई, ओरिगान, वासिङगटन र नेभादामा विजय हासील गर्नु भएको छ । त्यस्तै थप राज्यहरुः फ्लोरिडा, इडाहो, नर्थ क्यारोलिना, जर्जिया, उटाह र आयोवामा ट्रम्प विजयी हुनुभएको छ ।
यहाँसम्म दुबै उम्मेदवारले हासील गर्नु भएको राष्ट्रपति पद चयनार्थ प्रदान हुने “विशेष मत” ९इलेक्टोरल कलेज भोट० गणना गर्दा ट्रम्पले २४४ र क्लिन्टनले २१५ मत प्राप्त गर्नु भएको छ । राष्ट्रपति पदमा विजयी हुन २७० इलेक्टोरल कलेज भोटको प्रष्ट बहूमत आवश्यक पर्दछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना