आज बस्ने भनिएको संसद् बैठक स्थगन

BICC Baneshworकाठमाडौँ,  कात्तिक २५ गते  । व्यवस्थापिका–संसद्को  बिहिबारका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको छ । संसद् सचिवालयले  सूचना प्रकाशित गरी यही कात्तिक २५ गतेका लागि निर्धारित बैठक स्थगन गरेको सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो । संसद्को अर्को बैठक यही कात्तिक २६ गते बिहान ११ बजे बस्नेछ ।

 संसद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना