ठूलाे परिमाणामा म्याद गुर्जेको खाने तेल नष्ट


सिकेन्द्र पासवान, कार्तिक, २५ गते । बाराको निजगढ नगरपालिका वार्ड न ९ वकैया टोलबाट वरामद गरेको करीब २७ लाख मुल्य बराबरको म्याद गुर्जेको खानेतेल विहीवार वकैया खोलाको छेउमा खाल्डो खनेर नष्ट गरिएको छ । मान्छेको स्वास्वथ्यमा प्रत्येक्ष असर गर्ने भएको हुदा सो अखाध्य तेल नष्ट गरिएको थियो ।
कार्तिक ११ गते विशेष सुराकीको अधारमा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीको नेतृत्वमा खटी गएको टोलीले रमेश प्रसाद दंगालको ईसा सप्लायर्सबाट सो तेल वरामद गरिएको थियो । सहायक प्रजिअ केसरीले जानकारी दिनु भयो । सप्लार्यसका संञ्चालक दंगाललाई नियन्त्रणमा लिई अनुसंन्धान पछि कार्तिक २२ गते जिल्ला प्रशासनले १ लाखको धरौटीमा रिहा गरेको केसरीले भन्न्ुाभयो ।
नष्ट गरिएको तेलको वजार मूल्य करिब २७ लाख ४० हजार रहेको हो । टोलीमा रहेका प्रहरी नायव उपरिक्षक राजेन्द् बाबु रेग्मी, निजगढ नगरपालिका, निजगढ उधोगावाणिज्य संघ, राजनितिक दलका प्रतिनिधि र पत्रकारहरूको रोहवरमा अखाध्य तेल नष्ट गरिएको सहायक प्रजिअ केसरीले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना