बालविवाह रोक्नका लागि छात्रा, अभिभावक र सरोकारवाला निकाय एकसाथ

सिराजुद्दीन खान

नेपालगञ्ज, कात्तिक २६ गते । बालविवाहका कारण धेरै बालबालिकाले कम उमेरमै ज्यान गमाउनु परेको तथा उनिहरु शिक्षाबाट समेत बञ्चित हुनु परेको ठहर गर्दै सो रोक्न नेपालगञ्जका छात्रा, अभिभावक र सरोकारवाला निकाय एकसाथ कस्सिएका छन् ।  यस क्षेत्रमै बालिकाहरुको एक मात्र उच्चमावि सरस्वति उच्चमाविमा भेला भएका उनिहरुले एकजुट भएर कुनै पनि हालतमा अबदेखि बालविवाह हुन नदिने तथा बालविवाहलाई पूर्ण रुपमा बन्द गराउने सामुहिक प्रतिवद्धता जनाएका छन् ।
सो का लागि छात्रा, अभिभावक र सरोकारवाला निकायले एकसाथ मिलेर नेपालगञ्ज उपमहानगरपालिकामा बालविवाह विरुद्धको सचेतना अभियान सञ्चालन गरेका छन् । सो अभियान सरस्वती उच्चमाविबाट शुुरु गरिएको हो । bal bibah
सो अभियानका अगुवा बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राइले बालविवाह गर्नुु र गर्न लगाउनु गैरकानुनी कार्य भएकाले अबदेखि बाँकेमा कुनै पनि बालविवाह हुन नदिने प्रण गरिएको बताउनु भयो ।
उहाँले बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने जनाउँदै त्यसमा बिद्यार्थि, बालक्लब, अभिभावक र विभिन्न गैर सरकारी निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्नु भयो ।
म्हिला लैंगिक हिंसा विरुद्धको जिल्ला संजालका अध्यक्ष रचना श्रेष्ठले बालविवाहका कारण धेरै किशोरीहरुको मृत्युु समेत भैसकेकाले सो रोक्न सबै एकजुट भएको जनाउँदै अब साच्चिकै रोकिने बताउनु भयो ।
महिला तथा बालबालिका कार्यालय बाँकेका फोकल पर्सन बिन्दु कुँवरले सामाजिक कुरिती, आर्थिक अभाव र चेतनाको अभावका कारण नै बालविवाह हुने गरको जनाउँदै सो बारेमा बैलाई चनाखो पार्नु पर्नेमा जोड दिनुभयो ।
नेपालगञ्ज–१३ का अभिभावक पुष्पा गिरीले नगरका सबै अभिभावकलाई सो बारेमा चेतनामुलक जानकारी गराइने जनाउनु भएको छ । यस्तै सरस्वती उच्चमावि कक्षा १० की छात्रा कृष्णा कट्टेलले आफुहरुले बालविवाहका हानीहरु बुझिसकेको जनाउँदै अब देखि कुुनै पनि हालतमा कसैलाई बालविवाह गर्न र गराउन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
नगर बालक्लब संजालका प्रमुख साहिल अन्सारीले वालविवाह रोक्न नगरभरीका वालक्लबको भूमिका अब झन महत्वपूूर्ण हुने बताउनु भयो ।
पश्चिम नेपालकै प्रमुख शहर नेपालगञ्जमा समेत सामाजिक कुरिती र आर्थिक अभाव लगायतका बिभिन्न कारणले वालविवाह बढ्दै गएकाले सो रोक्नका लागि छात्राहरु, अभिभावक र सरकारी तथा गैर सरकारी निकाय सबैलाई एकठाउँमा राखेर अभियान सञ्चालन गरिएको महिला तथा बालबालिका कार्यालय बाँकेले जनाएको छ ।
बाँके युनेस्को क्लबको अगुवाईमा शुरु गरिएको सो अभियानलाई सेभ द चिल्ड्रेनले आर्थिक सहयोग गरेको छ भने जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालय बाँकेले समेत प्रत्यक्ष सहयोग गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना