तरुण दलको महाधिवेशन आजबाट

पोखरा, कात्तिक २७ गते ।  नेपाल तरुण दलको शनिबारदेखि हुने चौँथो महाधिवेशनका कारण मातृपार्टी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र महाधिवेशनका प्रतिनिधिको पोखरा आगमनसँगै तरुण दलको आगामी नेतृत्वबारे चर्चा परिचर्चाले यहाँको चिसो वातावरणलाई तताएको छ ।
लाखौँं बेरोजगार युवाको व्यवस्थापन, स्वरोजगारको सिर्जनालगायत युवासँग केन्द्रित कैयाँैं समस्याले देशमा जरा गाडिरहेका अवस्थामा काँग्रेसका युवा तरुणको प्रतिनिधित्व गर्ने तरुण दलको महाधिवेशनमा नेपाली युवाको भविष्यबारे गम्भीर बहस गनुपर्ने भए पनि त्यसतर्फ भने खासै चासो देखिएको छैन ।
देशले लामो समयदेखि राजनीतिक क्रान्तिमा समय बिताउनु परेको वास्तविकतामा अब आर्थिक क्रान्तितर्फ लम्कनुपर्ने आवश्यकता रहे पनि रोजगारको खोजीमा विदेशिएका हजारौँं नेपाली तरुण युवालाई स्वदेशमा फर्काएर यही रोजगारको सिर्जना गर्नु टड्कारो आवश्यकता भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताउनुभयो ।
चौथो महाधिवेशनले नेपाल तरुण दललाई नेपाली युवा तरुणको प्रतिनिधित्व गर्ने नेतृत्वदायी सङ्गठनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले पार्टीले पनि तरुण दललाई केवल सुरक्षा कवचका रूपमा नलिएर एउटा सिर्जनात्मक एवम् युवा तरुणको वैचारिक सङ्गठनका रूपमा भूमिका प्रदान गर्नुपर्ने बताउनुभयो । Tarun-Dal
हाल उदयशमशेर राणा नेतृत्वको तरुण दलले आफ्नै चौथो महाधिवेशन सम्पन्न गर्दैछ ।  निर्धारित मिति र समयमा महाधिवेशन सम्पन्न नहुँदा नेपाल तरुण दलमा नेतृत्व विकास अपेक्षित रूपमा हुन नसकेको नेपाल तरुण दलका केन्द्रीय सदस्य जनमेजय तिमिल्सिना बताउनुहुन्छ ।
चौथो महाधिवेशन ६ महिनाभित्रमा सम्पन्न गर्ने गरी २०६८ माघ २८ मा उदयशमशेर राणाको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको भए पनि पटकपटक महाधिवेशन सर्ने प्रवृत्तिका कारण लामो समयसम्म महाधिवेशन हुन नसक्दा धेरै नेतृत्वका आकाङ्क्षी महाधिवेशनमा नै भाग लिन नपाई बाहिरिसकेका छन् ।  लामो समयसम्म महाधिवेशन नभएका कारण चौथो महाधिवेशनमा तदर्थ समितिका पदाधिकारी एवम् सदस्यलाई नेतृत्वमा जान कुनै बन्देज लगाउन नहुने बहस पनि यतिखेर चलिरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना