नयाँ गन्तव्य ‘चन्द्रागिरि हिल्स’

raju paudelराजु पौडेल


काठमाडौंँबाट पर्यटकीय सहर पोखरा जोड्ने पृथ्वीराजमार्गतर्फ अगाडि बढ्दै जाँदा थानकोट चेकपोष्टको माथितिरको भित्तामा राता यान्त्रिक केबुलकार कुदेका देखिन्छन् ।  चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धन गरिएको परियोजनाका यी केवलकार हालै मात्र सञ्चालनमा आएका हुन् ।  नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले सञ्चालनमा आएको यो एकीकृत परियोजना अहिले चर्चामा छ ।
धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यको त्रिवेणी चन्द्रगिरि फुलचोकीपछि काठमाडौँको सबैभन्दा अग्लो स्थानमा रहेको छ ।  चन्द्रगिरि पहाडका प्रमुख तीन विशेषता छन् ।
धार्मिक महìव
दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भएको ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको कुरा हिमवत्खण्डमा उल्लेख छ ।  
सुमुखनामक गन्धर्वसँग भालेश्वर महादेवको प्रसङ्ग जोडिएको छ ।  स्वर्गको इन्द्रसभाबाट भोग–विलास सकी फर्कन लागेकी रम्भालाई सुमुखले बलजफ्ती चुम्बन गरे ।  रिसाएकी रम्भाको श्रापले सुमुख मत्र्यलोकमा आउन बाध्य भए ।  मत्र्यलोकमा भौंँतारिएका सुमुखलाई गालव ऋषिले प्रत्येक दिन तीर्थमा स्नान गरी भालेश्वरको दर्शन गर्न उपदेश दिए ।  उपदेशबमोजिम गर्दै जाँदा भालेश्वर महादेव प्रकट भए र वर माग भनी भन्दा हजुरको गण भई बस्न पाऊँ भनी सुमुखले वर मागे ।  रम्भाले पहिले अपमान गरेकीले केही काल रम्भासँगको भोगविलास गरेपछि आफ्नो गण भएर बस्न भालेश्वर महादेवले सुमुखलाई वर प्रदान गरे र त्यसैअनुसार काम भयो भन्ने कुरा हिमवत्खण्डमा उल्लेख गरिएको छ ।  
समुद्री सतहबाट दुई हजार ५५१ मिटरको उचाइमा अवस्थित यस भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकाङ्क्षा पूूरा भई अन्त्यमा शिवलोकमा बास हुने जनश्रुति पाइन्छ ।  
ऐतिहासिक महìव
चन्द्रागिरि प्राचीनकालदेखि नै ऐतिहासिकरूपले महìवपूर्ण स्थान हो ।  नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै सुन्दर नेपाल उपत्यकाको अवलोकन गरेका थिए ।  त्यति मात्र होइन यही स्थानमा पृथ्वीनारायण शाहले आध्यात्मिक साधनामा साधनारत रहेर नेपाल उपत्यका एकीकरणका लागि शक्ति आर्जन गरेका थिए भन्ने जनविश्वास यस क्षेत्रमा पाइन्छ ।  नेपाल उपत्यकाका मल्ल राजाहरूले चिन्छन् कि भनेर उनी घुम ओढेर चन्द्रागिरि डाँडाबाट आफ्नो राज्य गोरखातर्फ लागे भन्ने बयान पृथ्वीनारायण शाहको उपदेशमा पाइन्छ ।  
पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कंदा चन्द्रागिरि हुँदै पmर्केका र उपत्यकाको अवलोकनपछि नेपाल उपत्यकाका राज्यलाई जित्ने दृढ निश्चय गरेको उनको उपदेशमा उल्लेख गरिएको छ ।  उनको साथमा रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको इच्छा पूरा हुने भविष्यवाणी गरेको पृथ्वीनारायण शाहको उपदेशमा लेखिएको छ ।  नेपाल एकीकरणको प्रारम्भबिन्दु चन्द्रागिरिबाटै सुरू भएको र त्यो इच्छा ‘भालेश्वर महादेव’ ले पूरा गरिदिएको जनविश्वास अहिलेसम्म पनि यस क्षेत्रमा रही आएको छ ।  
प्राकृतिक सौन्दर्यको अनुपम पहाड
चन्द्रगिरि पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो ।  घना जङ्गलले ढाकिएको चन्द्रगिरि मानव स्वास्थ्यका दृष्टिले पनि महìवपूर्ण छ ।  यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ ।  क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ ।
चन्द्रागिरि चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ ।  यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ ।  करिब १८० डिग्रीको कोणमा नेपालका अधिकांश हिमालहरू यहाँबाट हेर्न पाइन्छ ।  
सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरि पहाड उपयुक्त गन्तव्यस्थल हो ।  हिमाललयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ ।
पूर्वोत्तर दिशामा रहेको काठमाडौंँ सहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ ।  हिमाल, हरियाली र राजधानी सहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महìवपूर्ण पर्यटकीय गन्तव्य हो ।
पहिले यो ठाउँमा पुग्न पैदल यात्राको विकल्प थिएन त्यसैले काठमाडाँैंबासी धेरैका लागि टाढैबाट देखिने पहाडका रूपमा मात्र थियो ।  तर अब यहाँ सहजै पुग्न सकिने भएको छ केवलकार चढेर ।
केबुलकार निर्माणमा विश्व विख्यात मानिने अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले चन्द्रागिरि केबलकार निर्माण गरेको हो ।  कुल दुई हजार ४६० मिटर लम्बाइ भएको यस केबलकारको मार्गमा ११ वटा टावर छन् ।  यी लठ्ठामा कुद्ने कारलाई प्राविधिक भाषामा ‘गोण्डला’ भनिन्छ ।  यात्रु बोक्ने ३८ र समान बोक्ने तीन गरी कुल ४१ वटा यस्ता गोण्डलाले हरियो चन्द्रागिरि पहाडको शोभा बढाएका छन् ।  एउटा केबुलकारले आठ जनासम्म यात्रु बोक्न सक्छ ।  प्रतिघण्टा एक हजार यात्रु क्षमता भएका केबुलकार चढेको ९ देखि १४ मिनेटको अवधिमा माथिल्लो स्टेसनमा पुग्छन् ।  
नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहसँग जोडिएको चन्द्रागिरिको टाकुरोबाट प्रचुर सम्भावना रहेको भनिएको नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने ठूलो परियोजना सञ्चालनमा आएको छ ।  काठमाडाँैंस्थित थानकोट चेकपोष्टबाट १ दशमलव .३ किलोमिटर बायाँतर्फ बेश (आधार) स्टेशन भेट्न सकिन्छ ।  बालबालिकाको मनोरन्जनका लागि बाल उद्यान, छुट्टी मनाउनेका लागि बार, सभा–सम्मेलनका लागि बहुउद्देश्यीय हल र भ्यु टावर रेष्टुरेन्टले यहाँको सौन्दर्यमा अझै विविधता थपेका छन् ।  नेपाल भ्रमणमा आउने विदेशी पाहुना र नेपालको आन्तरिक पर्यटनलाई बढवा दिने पर्यटकका लागि एक रातको सजिलो गन्तव्य देशकै राजधानीमा चन्द्रागिरि केबुलकारले निर्माण गरिदिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना