बच्न सकिन्छ फोक्सोको क्यान्सरबाट

kishor pradhanaygaकिशोरकुमार प्रधानाङ्ग

 

फोक्सोको कुनै पनि भागका रहेको कोष–कोषिकाहरूमा असामान्य, अनियन्त्रित र अनावश्यकरूपले वृद्धि भई बन्ने गिर्खालाई फोक्सोको क्यान्सर भनिन्छ ।         
फोक्सोको क्यान्सर विश्वभरि प्रत्येक वर्ष १० लाख ९५ हजार २०० पुरुष र पाँच लाख १३ हजार ६०० महिलालाई लाग्ने गरेको छ र यसमध्ये नौ लाख ५१ हजार पुरुष र चार लाख २७ हजार ४०० महिलाको मृत्यु हुने गरेको छ ।  धूमपानको सेवन गर्नेहरूको सङ्ख्या दिनहुँ बढिरहेको हुनाले फोक्सोको क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो छ ।  हाम्रो देशमा हालसम्म कति क्यान्सर रोगीहरू छन् र बर्सेनि कतिको मृत्यु हुने गर्छ भन्ने आधिकारिक तथ्याङ्क नभए पनि विश्व स्वास्थ्य सङ्घको आधारअनुसार वार्षिक नया“ क्यान्सर रोगीहरू ३५–४० हजार हुने गर्छ ।  हाल करिब ९० हजारभन्दा बढी क्यान्सर रोगीहरू रहेको अनुमान गरिन्छ ।  
नेपालको एकमात्र राष्ट्रिय क्यान्सर अस्पताल वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित मुख्य सात वटा अस्पतालमा क्यान्सरको निदान र उपचार सुविधा छ ।  वी.पी. कोइराला मेमोरियल क्यान्सरको समन्वयमा काठमाडौँको वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, धरानको वी.पी.कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, पोखराको मणिपाल मेडिकल कलेजमा क्यान्सर बिरामीहरूको सन् २००३ देखि २०१२ सम्म तथ्याङ्क सङ्कलन गरेको रेकर्ड हेर्दा फोक्सोको क्यान्सर प्रमुखरूपमा बर्सेनि बढिरहेको देखिएको छ ।  तलको १० वर्षको तथ्याङ्क हेर्दा जम्मा ५६ हजार १३ क्यान्सरमध्ये २६ हजार १०८ (४६ दशमलव ६ प्रतिशत) पुरुषमा क्यान्सर दखिएको थियो ।  सात वटा अस्पतालको तथ्याङ्कमा पुरुषको पाँच वटा प्रमुख क्यान्सरमध्ये पहिलो क्यान्सर फोक्सोको नै देखिएको छ ।  यस्तै महिला २९ हजार ९०५ (५३ दशमलव ४ प्रतिशत) मा पाँच वटा प्रमुख क्यान्सरमा तेस्रो प्रमुख क्यान्सर फोक्सोको नै देखिएको छ ।  
यी सात वटा अस्पतालको तथ्याङ्क हेर्दा पुरुषमा फोक्सोको क्यान्सर चार हजार ९६३ (१९.९ प्रतिशत) आमाशयको क्यान्सर दुई हजार ४२ (७ दशमलव ८ प्रतिशत) कोलोरेक्टमको क्यान्सर एक हजार २१५ (४ दशमलव ७) घांँटीको क्यान्सर एक हजार २०७ (४ दशमलव ६ प्रतिशत) पिसाव थैलीको क्यान्सर एक हजार ८९ (४ दशमलव २ प्रतिशत) देखिएको छ
यसैगरी महिलामा पाठेघर मुखको क्यान्सर छ हजार २४९ (२० दशमलव ९) स्तनको क्यान्सर चार हजार ६२५ (१५ दशमलव ५ प्रतिशत) फोक्सोकोे क्यान्सर तीन हजार १२३ (१० दशमलव ४ प्रतिशत) डिम्बाशयको क्यान्सर एक हजार ८१६ (६ दशमलव १ प्रतिशत) पित्तथैलीको क्यान्सर एक हजार २५९
(४ दशमलव २ प्रतिशत) देखिएको छ ।
फोक्सोको क्यान्सर हुने प्रमुख कारण :
१.  धूमपानको सेवन ः चुरोट, बि“डी, कक्कड, तमाखु आदि सल्काई धूँवापान गर्ने प्रक्रियालाई धूमपान भनिन्छ ।  यस प्रकारको धूँवामा स्वास्थलाई हानी गर्ने लगभग चार हजार प्रकारका रसायनिक तìव हुन्छन् ।  यसमध्ये ४० प्रकारका हानिकारक तìवले क्यान्सर हुने गरेको छ भनेर अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।  विश्वमा ८० प्रतिशत पुरुषमा र ५० प्रतिशत महिलामा धूमपानको कारणले फाक्सोको क्यान्सर हुने गरेको छ ।  अरूले गरेको धूमपानको असरले धूमपान नगर्ने व्यक्तिलाई समेत फोक्सोको क्यान्सर हुने गर्छ ।  
२.  वातावरणीय प्रदूषण ः कलकारखाना र सवारी साधनहरूबाट निस्कने धूँवा एवं वातावरणमा रहेका धूलोका कणहरू र रेशाहरूमा पाइने हानिकारक तìवले फोक्सोको क्यान्सर देखिएको छ ।  
३. भित्री प्रदूषण ः खाना पकाउँदा प्रयोग हुने दाउरा, गुइठा र अन्य वस्तुको प्रयोग गर्दा निस्कने धूँवाको असरले पनि फोक्सोको क्यान्सर देखिएको छ ।  
४. फोक्सोसम्बन्धी दीर्घ रोगहरू ः फोक्सोसम्बन्धी अन्य रोगको कारणबाट पनि फोक्सोको क्यान्सर हुन सक्छ ।
सुरुको अवस्थामा फोक्सोको क्यान्सरका प्रस्ट लक्षणहरू देखा पर्र्दैन तर निम्न लक्षणहरू देखा परेमा नजिकको अस्पताल वा स्वास्थ्यकर्मीसँग तुरुन्त जचाउनु पर्छ ।
    लगातार लामो समयसम्म खोकी लाग्नु  ।
    खकारमा रगत देखा पर्नु ।
    छाती दुख्नु, अप्ठ्यारो हुनु ।
    धेरै दिनसम्म ज्वरो आइरहनु ।  
    भोक नलाग्नु ।  
    शरीरको तौल घट्दै जानु वा दुब्लाउँदै जानु ।
    साधारण काम गर्दा पनि निकै थकाइ लाग्नु, ।
परीक्षणहरू :
१     एक्स–रे ः साधारण एवं विशेष प्रकारका एक्स–रे परीक्षणहरूबाट फोक्सोको क्यान्सर पत्ता लगाउन मद्दत पुग्छ ।  
२     ब्रोन्कोस्कोपी ः– विशेष प्रकारको पाइपजस्तो दूरविन भएको नली श्वासनली र फोक्सोभित्र पसाएर परीक्षण गरी क्यान्सरको निदान गरिन्छ ।
३.     सी.टी. स्क्यान ः आवश्यकताअनुसार फोक्सोको क्यान्सर निदान गर्न सी.टी. स्क्यान गरिन्छ ।
४  एफ.एन.ए.सी. ः मसिनो सुइको मद्दतले क्यान्सर प्रभावित फोक्सोको भागबाट कोष–कोषिकाहरू निकाली गरिने परीक्षणबाट पनि क्यान्सरको निदान गर्न सकिन्छ ।  त्यस्तै खकारको श्वासनली भित्रको ¥यालको परीक्षणबाट पनि क्यान्सर निदान गर्न सकिन्छ ।
५    बायोप्सी ः फोक्सोको प्रभावित भागबाट मासुको सानो टुक्राको परीक्षण गरी क्यान्सरको निदान गरिन्छ ।  
बिरामीको अवस्था तथा लक्षणहरूका आधारमा उपर्युक्त परीक्षणबाहेक अन्य परीक्षण पनि गर्नुपर्ने हुन सक्छ ।
उपचार विधि –
बिरामीको अवस्था हेरी फोक्सोको क्यान्सरको उपचार विधिहरूको निर्धारण गरिन्छ ।  यस रोगमा गरिने प्रमुख उपचार विधिहरू निम्न छन् ।
१.    शल्यक्रिया ः फोक्सोको क्यान्सर रोग लागेको भाग वा अङ्गलाई अप्रेसन गरी निकाल्ने प्रक्रियालाई शल्यक्रिया भनिन्छ ।
२. रेडियोथेरापी ः क्यान्सर भएका कोष–कोषिकाहरूलाई मार्न विकिरणको प्रयोग गर्न पर्छ, जसलाई रेडियोथेरापी भनिन्छ ।
३. केमोथेरापी ः क्यान्सरका कोषहरू मार्नका लागि केमो औषधिको प्रयोगद्वारा गरिने क्यान्सरको उपचार विधि हो ।
४. प्यालिएटिभ केयर ः क्यान्सरका बिरामीहरूलाई दुखाइ वा अन्य असुविधा कम गर्न गरिने उपचार ।  
बिरामी र रोगको अवस्थाका आधारमा उपरोक्त उपचार विधिमध्ये एक वा एकभन्दा बढी विधिको प्रयोग गरिन्छ ।  क्यान्सर लागेको सुुरुकै अवस्थामा रोगको निदान तथा आवश्यक उपचार गरेमा बिरामीको आयु लम्ब्याउन सकिन्छ ।  
पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा पारिवारिक स्नेह क्यान्सर रोगको उपचारमा ठूलो महìव हुन्छ ।
बच्ने उपाय :
फोक्सोको क्यान्सर लागेर उपचार गर्नभन्दा यो रोग लाग्नबाट बच्नु नै बुद्धिमानी हो ।  यसका लागि रोकथामका उपायहरू गर्नु आवश्यक पर्छ ।  फोक्सोको क्यान्सरको मुख्य कारण धूमपान भएकोले धूमपान र सूर्तीजन्य पदार्थको सेवन गर्नु हँुदैन ।  अरूले गरेको धूमपानको असरले धूमपान नगर्ने व्यक्तिलाई पनि क्यान्सर हुनसक्ने हु“दा सार्वजनिक ठाउ“मा, यातायातका साधनमा धूमपान गर्नु हु“दैन ।  
कलकारखाना लगायत सवारी साधनहरूबाट निस्कने धूँवाबाट जोगिनुपर्छ ।  भान्सा कोठामा खाना पकाउन सुरक्षित चुह्लोको प्रयोग गरी धूँवाबाट बच्नु पर्छ ।  यसबाहेक हरेक दिनको खानामा ताजा सागपात, फलफूल समावेश गर्न सकेमा क्यान्सरलगायत अन्य रोगबाट पनि बच्न सकिन्छ ।      
लेखक वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख हुनुहुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना