हुलाकको घट्दो महत्त्व र शोभाहीन पत्रमञ्जूषा

indrakumar shresthaइन्द्रकुमार श्रेष्ठ


चिठी आएन, चिठी आएन
मेरो मायालुको मलाई चिठी आएन
... ... ... ... ...
मैले चिठी पठाकै थिएँ
के गर्नु त हुलाकले नदिए
... .... ....
आज र मैले भातै र खाएँ तिहुन त मानेको
न चिठी आउँछ न खबर आउँछ भर्तीमा जानेको ।
कुनै बेला चिठीको धेरै महìव थियो ।  चिठीको महìवलाई लिएर धेरै गीत रचिएका थिए ।  ती अझै पनि छँदै छन् ।  कथा, नाटक र उपन्यासहरूमा वर्णित कुराहरूलाई यथार्थ र जीवन्त बनाउन कथाकार, नाटककार र उपन्यासकारहरूले काल्पनिक नमुना चिठीहरूको वर्णन र प्रयोग गर्थे ।  (आज त्यसको ठाउँमा अनलाइट च्याट, भाइबर र भिडियो कलको प्रयोग गरिँदो हो) कतिपय सफल कविहरूले चिठीको रचना र सोको आदानप्रदान कवितामै गर्ने गर्थे ।  तीमध्ये युवाकवि मोतीराम भट्टद्वारा रचित पीकदूत कविता ज्यादै चर्चित र लोकप्रिय छ ।  उक्त कवितामा एउटी नवविवाहिता युवतीको प्रेमी परदेश गएपछि उनको मनमा उठेको यौनजन्य विरह र औडाहालाई विषयवस्तु बनाइएको छ ।  त्यही कविताको निम्नलिखित एउटा अंश खासगरी बूढापाकाहरूले प्रत्येक हिउँदताका चर्चा गर्ने गरेको पाइन्छ ः
रूई फूइ कि दूइ यी तिन थोक् चाहिन्छ जाडामहाँ
दुःखी छू रुइ फूइ छन् तापनि दूई नहुँदा महाँ
पहिला पहिला कतिपय सफल कविहरूले त खबरको आदान प्रदान चिठीमा कूट कविताका माध्यमबाट समेत गर्ने गर्दथे ।  जस्तै ः
लङ्काधिपतिको पनि मध्यमाक्षर
हिमालयको पनि आदि अक्षर
नङ शत्रुको अन्त्य बुझेर लिनू
त्यो चिज बुझी झट्ट पठाई दिनू ।
(बहिनीज्वाइँले जेठानलाई लेखेको चिठी)
चिठीपत्रको जमानामा, एकजनाले अरु कसैलाई लेखेको चिठी तेस्रो व्यक्तिले पढ्नु ठूलो अपराध मानिन्थ्यो ।  उहिले हिन्दूस्तानमा मुसलमानहरूले हिन्दूहरूको टुप्पी र जनै काट्ता ७४ मन भएकोले, त्यसो गर्दा जति पाप लागेको थियो, त्यति नै पाप लागोस् भन्ने अर्थअनुसार, चिठीको बाहिरपट्टि ७४ लेख्ने चलन पनि थियो ।  अहिलेका बस, ट्रकहरूमा अनेक साहित्यिक टुक्राटाक्री लेखिएजस्तै, चिठीको बाहिरपट्टि ‘लैजा चरी हावा सरि पत्रको जवाफ आउने गरी, जसको पत्र उसको हात अरुले खोले महापाप, जसको पत्र उसको हात हुलाक सेवा धन्यवाद, जसको नाम उसको खोल्ने काम जस्ता थुप्रै रोमाञ्चक, विनयी र आशावादी कुराहरू लेखिएका हुन्थे ।  जति नै जरुरी कुरा भए पनि चिठीकै माध्यमबाट जानकारी लिनेदिने गरिन्थ्यो ।  त्यसको सट्टा अरु कुनै उपाय नै थिएन ।  यस्तो अति नै महìवपूर्ण चिठी पठाउन र पाउनका लागि हाम्रो देशका अधिकांश मानिसहरूले एकदुई दिनदेखि लिएर तीनचार दिनसम्मको पैदल यात्रा गरेर हुलाक कार्यालय जानुपथ्र्यो ।  महिनौँपछि प्रापकको हात परेको चिठीले कुनै न कुनै नयाँ खबर ल्याएकै हुन्थ्यो ।  मृत्युका समाचार बोकेका चिठीहरू प्रायः धागोले बाँधेर पठाइएका हुन्थे, ताकि त्यो जरुरी खबर, चिठी हात पर्नासाथ नखोलिकनै पनि थाहा होस् ।  फोन बाहेक पनि आजकल फेसबुकहरूमा च्याट गरेजस्तो बाह्रसत्ताइस अनावश्यक कुरा गर्ने बानी त्यतिखेरका मानिसहरूको छँदै थिएन ।  अलि पछि आवा (आकाशवाणी) भन्ने आयो, जो जिल्ला सदरमुकामहरूमा मात्र रहन्थ्यो ।  त्यहाँबाट पठाइने सन्देशमा अक्षर गनेर पैसा लिइने भएकाले, सन्देशका अक्षरहरू सकेसम्म कम पार्न, तिनलाई मिलेसम्म सङ्क्षिप्त पार्ने गरिन्थ्यो ।  त्यसो गर्दा कतिपय सङ्क्षिप्त पारिएका अक्षरहरूको अर्थ हास्यास्पद भई नबुझेर प्रापक र वाचकहरू हैरान पनि हुनुपथ्र्यो ।  त्यहाँ प्रायः मृत्युका समाचारहरू पठाउनका लागि मात्रै मानिसहरू कुदाकुद गरेर जाने गर्थे ।  भारतमा बसोबास गर्ने आफन्तजनलाई त्यस्तो समाचार दिनुप¥यो भने, भारतीय सीमा नजिक भएका मानिसलाई चाहिँ सजिलो पथ्र्यो ।  एकताक चिठीकै अर्को सुधारिएको रूप जस्तो लाग्ने, अल इन्डिया रेडियोबाट प्रसारण हुने नेपाली कार्यक्रममा हप्ताको दुईपटक ‘गोरखा सैनिक जवानहरूको सन्देश, तिनीहरूका घरपरिवारका नाममा’ भनी, भारतीय सेनामा कार्यरत केही नेपाली सैनिकहरूको सन्देश पनि प्रसारण गरिन्थ्यो ।  निश्चित समयभित्र भनिसक्नुपर्ने ती गोरखा जवानहरूको सन्देश अरुले सुन्दा पनि छुट्टै किसिमको आनन्द दिने रमाइलो हुन्थ्यो भने झन् तिनका परिवारजनले नै सुन्दा त त्यो कति खुसीको क्षण हुन्थ्यो होला !
जे होस्, कुनै बेला सञ्चारको अत्यन्त महìवपूर्ण र निर्विकल्प माध्यम मानिएको चिठी, आजकल धेरै हेलाको विषयवस्तु भएको छ ।  अदालतको म्याद तामेलीका लागि कर्मचारी नै खटिने गरेको त पहिलेदेखि नै हो ।  त्यसका लागि चिठी पठाएर हुँदैन ।  आजकल चिठी पठाउनै पर्दा पनि, एउटा कार्यालयले अर्को कार्यालयलाई र कार्यालयले व्यक्तिलाई औपचारिक जानकारी पठाउनुपर्ने अवस्थामा बाहेक, चिठी पठाउने काम प्रायः कसैले गर्दा पनि गर्दैन र त्यस्तो काम कसैलाई पर्दा पनि पर्दैन ।  च्याट, भाइबर, भिडियो कल, स्काइभ सबैको पहुँचमा नभए पनि मोबाइल भने प्रायः सबैको हातहातमा छ ।  गाउँघरका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूले किताब किन्न नसके पनि अर्काको भारी बोकेर वा अरु नै कुनै ज्यालामजुरी गरेरै भए पनि सकेसम्म दामी मोबाएल ल्याए÷चलाएकै हुन्छन् ।  विदेशतिरै कुरा गर्नुपरे पनि पैसा खर्च हुन्छ भन्ने कुराको पिरै गरिँदैन ।  खबर आदान प्रदानको काम उतिखेरको उतिखेरै मोबाइलबाटै हुने भएपछि, महिनौँ लाग्ने चिठीको प्रयोग कसले गरिरहोस् ! त्यसैले, गोश्वारा हुलाकतिर केही काम हुँदो हो, नत्र अन्यत्र हुलाक र हुलाकका कर्मचारीहरूको कामै छैन ।  काम नभएकोले तीनचारजना दरबन्दी भएको हुलाक कार्यालयमा आलोपालो मिलाएर एकजना कर्मचारीले अफिस खोल्दा हुने भएको छ ।  यसबारे कसैले जिज्ञासा राख्यो भने, ‘एकजना मात्रै अफिसमा भए पनि हामीले काम रोकेका छैनौँ, सेवा दिएकै छौं’ भन्ने खालको चित्तबुझ्दो जवाफ पाइन्छ ।  हो त, कामै छैन भने अफिस खोल्नकै लागि मात्रै किन बेकारमा समय खर्च गर्नु ! त्यत्तिकै बित्ने समय, घरव्यवहार, व्यापार वा अन्य कुनै केही उपलब्धि हुने काममा लगाउनु नै बेस पनि हो ।  अफिसमा उपस्थित त्यही एकजनालाई पनि कुनै कामै नभएर घाम तापेर बस्दै ठिक्क हुन्छ ।
सहरतिर सडकको धुवाँ धुलोमा एकजना ट्राफिक प्रहरी मरी मरी ड्युटी गरिरहेको हुन्छ ।  त्यहीँ नजिकैको हुलाक कार्यालयमा एकजना कर्मचारी मजासँग गफ गरेर बसिरहेको हुन्छ ।  दुवै नेपाल सरकारकै कर्मचारी हुन् ।  दर्जा र सेवा सुविधा पनि सके समानै होला ।  तर खटाइको क्रम भने समान देखिँदैन ।  अझ, महिना दिनमा १५ दिन मात्रै काम गरेर महिना दिनकै सुविधा पाउने हुलाकीहरू (डाँक बोक्नेहरू) ले त झन् तीनचार महिनामा एकचोटि अफिसमा देखा परी अरु बेलाको हाजिर मिलाएको भरमा नै तलब खान पाउँदा रहेछन् र पाइरहेकै छन् ।  त्यस्तै खोजी भइहाल्यो भने कसैलाई खेतालाको रूपमा उभ्याएर काम खाँचो नराख्दा पनि हुने रहेछ ।  चिठी पठाउने कामै नहुने र भए पनि एकदमै कम हुने भएकाले कामबिनै त्यत्तिकै डाँक बोक्ने दूरीसम्म जानु पनि अनावश्यक नै हुने भयो ।  महिना दिनमा १५ दिन खट्दा हुने, त्यही १५ दिनभरि पनि कामै नहुने ।  त्यसैले महिनामा एकदुई दिन हुलाक कार्यालय गएर चलानी र हाजिरी मिलाउने रीत पु¥याएपछि सरकारको जागिर पाक्ने ! अरु विभागमा कामको निकै खटाइ र हैरानी हुन्छ ।  जस्तो उदाहरणार्थ, गाविस सचिवहरूले धेरैवटा गाविसको काम गर्नुपर्ने हुन्छ ।  शिक्षा क्षेत्रमा स्रोतव्यक्तिहरूले अर्को स्रोतकेन्द्रका विद्यालयहरू पनि हेर्नुपर्ने हुन्छ ।  एकजना डाक्टरले धेरैजना बिरामी हेर्नुपर्ने बाध्यता त धेरै पछिसम्म पनि रहिरहला नै ।
चिठी पठाइदिने र ल्याइदने हुलाक कार्यालयको काम पहिलाजस्तो सक्रिय र जरुरी छैन ।  यो अब पुरानो जमानाको प्रयोग भइसकेको छ, जुन बेला मानिसहरू काठमाडौं जानुलाई नेपाल जाने भन्थे र एकदुई महिना लगाएर पशुपतिनाथको दर्शन गरी फर्कन्थे ।  अब त्यस्ता कुरा यो जमानामा मानिसहरूका लागि अपत्यारिला कथाजस्ता हुनपुगेका छन् ।  त्यसैले लगभग त्यो जमानाको अब खासै कामै नहुने हुलाक कार्यालयको सङ्ख्या र कर्मचारी घटाउनुपर्ने भइसकेको छ ।  अझ त्यसमा पनि सहरका विभिन्न सडकहरूमा कुनै जमानामा राखिएका पत्रमञ्जूषाहरूको कुनै उपयोगिता भएजस्तो लाग्दैन ।  त्यहाँ न त कसैले चिठी नै खसाउँछ, न त तिनलाई कसैले खोल्छ नै ।  यद्यपि तिनीहरूमा, खोल्ने समय यति बजे भनेर लेखिएकोसम्म भने कतै कतै देख्न पाइन्छ ।  कतिमा त त्यो पनि देख्न पाइँदैन ।  लेख्दै नलेखिएको वा लेखेर पनि मेटिएको होला ।  पहिला पहिला तिनको आवश्यकता भएकैले तिनलाई कति खर्च र मिहिनेतका साथ बनाइएको थियो होला ! अहिले भने, सातपत्र धुलो जमेर सडकको पेटीतिर बेसोमतिझैँ मूर्तिवत् उभिएका लाग्ने ती शोभाहीन पत्रमञ्जूषाहरूले बेकारमा ठाउँ मात्रै ओगटेका छन् ।  त्यसबाट पैदल यात्रीहरूलाई बाटो हिँड्न अप्ठ्यारो हुनुका साथै, सवारी साधनका चाहिने बाटो पनि अकारण हड्पिएजस्तो अनुभव भइरहेको छ ।  कतिपय अवस्थामा ती दुर्घटनाका कारण पनि बन्न सक्छन् ।  तिनका सट्टा त त्यहाँ बरु कुनै उपयोगी रुख रोप्न पाए वा हिँड्दा हिँड्दै गलेका पैदल यात्रीहरू सुस्ताउने फलैँचासम्म राख्न पाए बेस हुने थियो कि !

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना