पुनःनिर्माणको दायित्व

 krishna bhakta duwalकृष्णभक्त दुवाल



हालै राजधानीको होटेल ह्यात रिजेन्सीमा भएको मिस ग्रायण्डमा प्रतिस्पर्धी एक युवतीलाई एक जना निर्णायकले प्रतिस्पर्धाको क्रममा सोधे, नेपाली युवाको सबैभन्दा ठूलो समस्या के हो ? प्रतिस्पर्धी ती युवतीको उत्तर थियो, बेरोजगारी ।  उनले बेरोजगारी नेपाली युवाको सबैभन्दा ठूलो र जटिल समस्या रहेको दाबी गरिन् ।
निर्माण क्षेत्रमा संलग्न व्यवसायीहरूको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूको भनाइअनुसार नेपालमा निर्माण क्षेत्रमा काम गर्ने कामदारहरूको ठूलो समस्या छ ।  गाउँंदेखि सहरसम्मका नेपाली युवा विदेश गइदिँदा निर्माण क्षेत्रमा कामदारको अभाव छ ।  गाउँंमा बूढाबूढी र केटाकेटी मात्रै बाँंकी छन् ।  यसो हुँंदा निर्माण क्षेत्र नै प्रभावित छ ।  
उनीहरूका भनाइमा घर निर्माणमा आवश्यक डकर्मी, सिकर्मीदेखि लिएर सबैखाले जनशक्तिको अभाव छ, नेपालमा ।  घर बनाउने ससाना कामदेखि पुल, सडकलगायतका ठूल्ठूला कामका लागि आवश्यक जनशक्तिको अभाव छ ।  प्लम्बिङ, ग्रील तथा स्टिल व्यवसायदेखि लिएर हेभी इक्विपमेन्ट चलाउन अपरेटरसम्मको ठूलो अभाव छ ।  
सरकारी तथ्याङ्कअनुसार वैदेशिक रोजगारीका लागि नेपालबाट महिनामा ३० हजारदेखि ४५ हजार युवा विदेश पलायन भइरहेका छन्, अर्थात् प्रतिदिन एक हजारदेखि एक हजार पाँंच सय नेपाली युवा विदेश गइरहेका छन् ।  ती अधिकांश युवा खाडी मुलुकमा जान्छन् ।  साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, कतारलगायतका खाडी देशमा पुगेर नेपाली युवा चर्काे गर्मीमा पसिना बगाउँंछन् ।  यतिमात्रै होइन धेरै नेपाली विदेशमा ‘थ्री डी’ अर्थात् डर्टी
(फोहोर) डेन्जरस (जोखिमपूर्ण) र डिफिकल्ट (अप्ठ्यारा) काम गर्न पुग्छन् ।  कति धेरै नेपाली युवा पढ्ने नाममा त्यहाँं थ्रीडीका काममा संलग्न हुन्छन् ।  पढाइ बिगार्छन् ।  
एउटा प्रतिष्ठित शैक्षिक संस्थाका उच्च पदस्थ व्यक्तिले एउटा कार्यक्रममा भने, नेपालको सबैभन्दा ठूलो समस्या सोचमा हो, गलत सोचमा हो ।  नेपालीमा नेपालमा केही पनि हुँंदैन ।  यहाँं बसेर काम छैन भन्ने गलत बुझाइ छ ।  उनको ठम्याइ थियो, वास्तवमा नेपालमा सबैथोक छ ।  सबै चिज गर्न सकिन्छ यहाँं, त्यो पनि सहज तरिकाले ।  विदेशमा जाने अनि राम्रो–राम्रो ‘पोज’को फोटो मात्रै फेसबुकमा राखेर भ्रम फैलाउने होइन, यहाँं ।  बरु त्यहाँंको दुःख कष्ट पनि राखेर सचेत गर्नुपर्छ ।  
भूकम्प गएको वर्षाैं बिते पनि यहाँं पुनर्निर्माण सुरु हुन पाएको छैन ।  नेपाली इन्जिनियर विदेशमा एक सय तल्लाको घर बनाइदिन तल्लिन छन्, तर भूकम्पले भत्केका नेपालका गाउँघरका छाप्रो बनाउने कोही छैन यहाँ ।  नेपालको पुनर्निर्माण अहिले हामी सबैको दायित्व हो ।  भूकम्पले भत्केका व्यक्तिगत घरदेखि स्कुल, कलेज, स्वास्थ्य चौकी पुनर्निर्माण अहिलेको आवश्यकता हो ।  
भत्केको संरचना बनाउने धेरै तरिका छन्, तीमध्ये पछिल्ला वर्ष बढी चलनचल्तीमा आएको छ, प्रिफेब ।  यो भूकम्प प्रतिरोधी मात्रै छैन, गुणस्तरीय, टिकाउ, कम खर्चिलोसमेत छ ।  यो वातावरणमैत्री पनि छ ।
भवनको संरचनालगायत विभिन्न भाग कारखानामा पहिले नै बनाएर निर्माणस्थलमा लगेर जडान गरिने प्रविधिलाई ‘प्रि–फेब्रिकेटेट’ भनिन्छ ।  भवन निर्माणमा प्रि–फेब्रिकेटेट (छोटकरीमा प्रि–फ्याब) प्रविधिको प्रयोग नौलो होइन ।  विश्वका विभिन्न मुलुकमा दशकौँदेखि प्रयोग हुँदै आएको यस्तो प्रविधि नेपाल भित्रिएको भने धेरै भएको छैन ।  खासगरी विभिन्न विदेशी परियोजनामार्फत नेपाल भित्रिएको यस प्रविधिको निर्माणमा अहिले थुप्रै नेपाली कम्पनी पनि आइसकेका छन् ।  यो क्रम गतवर्षको भूकम्पछि भने अत्यधिक बढेको देखिन्छ ।
बालुवा, सिमेन्ट, इपीएस (चलनचल्तीको भाषामा थर्मोकोल) लगायतका कच्चापदार्थको मिश्रणबाट बनेको इन्टरलकिङ प्रि–फ्याब्रिकेटड स्यान्डविच प्यानल हो, प्रिफ्याब ।  यी कच्चापदार्थको प्रयोगका कारण यो न्वाइज इन्सुलेसन (साउन्ड पु्रफ), फायर प्रुफ (चाँडै आगोले नसमात्ने), वातावरणमैत्री लगायतका विशेषता छन् ।  ताप तथा ओसको असर पनि थेग्ने हुँदा यसको प्रयोगबाट बनाइएका कोठा गर्मीमा शीतल र जाडोमा न्यानो हुन्छ ।  यो प्यानल धेरै पुरानो प्रमाणित प्रविधिबाट निर्माण भएकाले टिकाउ पनि छ ।
प्रिफ्याब इँटा जोडाइबाट बनाइने परम्परागत गारोको विकल्प हो ।  २० देखि ३० तलासम्मको भवन निर्माणमा यो प्यानल प्रयोग गर्न सकिन्छ ।  आवासीय भवन, व्यापारिक कम्प्लेक्स, विद्यालय, स्वास्थ्य संस्था आदिको स्थायी निर्माण गर्न सकिन्छ ।  त्यस्तै, प्यानलको ‘फिनिसिङ स्मुथ’ रहेकाले प्लाष्टर पनि गर्नुपर्दैन ।
यो जडान गर्न पनि सजिलो छ ।  ज्वाइन्टमा एडेसिभ सिमेन्ट र पीयू फोमको मात्र प्रयोग गरिने हुँदा जडान गर्दा कुनै च्यानलको प्रयोग गर्नुपर्दैन ।  छोटो निर्माण अवधि, सहज जोडाइ, स्मुथ फिनिसिङ आदि कारणले यो प्रविधि कम खर्चिलोसमेत छ ।  
यसको ज्वाइन्ट (जोडाइ) बलियो हुन्छ ।  हेर्दा गह्रुँगो देखिए पनि यो प्यानलमा प्रयोग हुने थर्मकोलले गर्दा परम्परागत गारोभन्दा तीनगुणा कम तौलको हुन्छ, जसले गर्दा इँटाको जोडाइबाट बनाइने गारोभन्दा भूकम्पबाट यो बढी सुरक्षित हुन्छ ।  स्थानीय कच्चापदार्थको प्रयोगबाट प्यानलको निर्माण हुने गर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना