प्रवेशद्वार निर्माण गरी हस्तान्तरण

उर्लाबारी (मोरङ), कात्तिक २८ गते । मोरङको पथरी शनिश्चरे–१ स्थित सिरिजङ्गा धार्मिक वन समितिलाई एक समाजसेवीले दिवङ्गत आफ्नो छोराको नाममा रु १४ लाख बराबरको प्रवेशद्व्रार निर्माण गरी हस्तान्तरण गर्नु भएको छ ।

पथरी शनिश्चरे–१५ निवासी खगेन्द्र संयोग लिम्बूले आफ्नो अल्पायुमै मृत्यु भएका छोरा डा सन्दीप संयोग लिम्बूको शालिक र डा सन्दीपकै नाममा निर्माण गरिएको प्रवेशद्वार हस्तान्तरण गर्नु भएको हो ।

मोरङ क्षेत्र नं २ का सांसद चण्डीप्रसाद राईले शनिबार मृतक लिम्बूको शालिक अनावरण गर्नु भयो । स्वर्गीय सन्दीपको २०७२ कात्तिक २५ गते अध्ययन सकेर बुबाआमा भेट्न हङ्कङ जाँदा कार दुर्घटनामा परी २८ वर्षको उमेरमा निधन भएको थियो ।

मालपोत कार्यालयले अनलाइनमार्फत सेवा प्रदान गर्ने

विराटनगरमा रहेको जिल्ला मालपोत कार्यालय मोरङले अनलाइनमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ ।

कार्यालयमा अत्यधिक कामको चाप बढेपछि छिटोछरितो रुपमा सेवा प्रवाह गर्न अनलाइन सेवा सञ्चालन गर्न लागिएको कार्यालयका मालपोत अधिकृत कुमार आचार्यले जानकारी दिनुभयो ।

सेवा सञ्चालनमा आएपछि घरमै बसेर आफ्नो जग्गा कुन ठाउँमा छ तथा कस्तो अवस्थामा छ भन्ने कुराको सहज जानकारी लिन सकिने भएको छ ।

अहिले कम्प्युटरमा कार्यालयको डाटा भर्ने काम भइरहेकाले डेढ महिनाभित्रमा अनलाइन सेवा सञ्चालनमा आउने अधिकृत आचार्यको भनाइ छ । अहिले कार्यालयमा दैनिक ४०० को सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना