अवधी पत्रकार संघद्धारा गोरखापत्रकर्मी खान सम्मानित

नेपालगञ्ज, कात्तिक २८ गते । लामो समयदेखि गर्दै आएको पत्रकारिताको माध्यमबाट अवधी संस्कृति, भाषा र समुदायको उत्थानका लागि बिशेष योगदान दिएको उल्लेख गर्दै गोरखापत्रका नेपालगञ्ज समाचारदाता सिराजुद्दिन खानलाई सम्मान गरिएको छ । 

गत २५ बर्षदेखि नेपालगञ्जमा बसेर पत्रकारिता गर्दै आउनु भएका गोरखापत्रका समाचारदाता खानलाई अवधी पत्रकार संघको शनिवार अबेर राती सम्पन्न पहिलो केन्द्रिय महाधिवेशनमा संघले सम्मान गरेको हो ।
महाधिवेशनका प्रमुख अतिथि तराई मधेश लोकतान्त्रिकका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री ह्रदयेश त्रिपाठीले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गर्दै पत्रकार खानलाई सम्मान गर्नु भयो । सो अवसरमा नेपालगञ्जका अन्य वरिष्ठ पत्रकारहरु पन्नालाल गुप्ता, लियाकत अली, मोहम्मद हारुन, राम गोपाल बैश्यलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै तमलोपाका अध्यक्ष त्रिपाठीले अवधी संस्कृति निकै धनी भएको उल्लेख गर्दै अवधी भाषा र संस्कृतिको विकासका लागि सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा उहाँले संविधान संशोधन मार्फत मधेशका समस्या समाधान गर्ने आशा बढेकाले अब देशले विकास निर्माणमा गति लिने बताउनु भयो । siraj khan
अवधी पत्रकार संघका अध्यक्ष सुर्यलाल यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, पूर्व अध्यक्ष निरज गौतम, सांसद अब्दुुल हमीद सिद्दिकी, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धिताल, प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विक लगायतले पत्रकारितालाई मर्यादित र सम्मानित पेशाका रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।
संघको महाधिवेशनले पत्रकार राकेश मिश्रको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिलाई निर्वाचित गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा विनय दिक्षित, उपाध्यक्षा समिउल्लाह धोबी र ऋषि यादव, महासचिव यदुराज मिश्र, उप महासचिवमा जी एम यादव र सचिवमा दिनेश ठाकुर, लक्ष्मी चौधरी, कोषाध्यक्षमा सन्ध्या शाह निर्वाचित हुनु भएको छ ।
सोही प्रकारले सदस्यहरुमा विनय त्रिपाठी, दिपक गुप्ता, अश्फाक जसगढ, रुबी साई, प्रहलाद बिश्वकर्मा, सतिश शर्मा, चंदासिंह, मंजु यादव लगायत निर्वाचित हुने भएको छ ।
नेपालगञ्जमा केन्द्रिय कार्यालय रहेको सो संघका जिल्ला शाखाहरु नवलपरासी, रुपन्देही, बर्दिया, कपिलबस्तु र दांगमा रहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना