मुखर्जीमार्फत भारतको सन्देश

GOPAL SHOWAKOTIप्रा.डा.गोपाल शिवाकोटी

 

भारतका राष्ट्रपति प्रणव मुखर्जीले गर्नुभएको नेपाल भ्रमणले नेपाल र भारतबीच थप सद्भावना र विश्वासको आधार सिर्जना गरेको र नेपाल भारतबीचको सम्बन्धमा सुधार भएको निश्कर्ष मन्त्रिपरिषद्ले निकाली नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारतको स्थगित भ्रमण तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।  मुखर्जीको नेपाल भ्रमणमा दिइएको सत्कार तथा मुखर्जीले नेपालमा गरेका भेटघाट तथा नेपालको संविधानको खुलेर स्वागत गरी यो संविधानलाई कार्यान्वयन गरेपछि नेपालले स्थायित्व प्राप्त गर्नेछ भनी दिएका अभिव्यक्तिहरूले सम्बन्धमा दीर्घकालीन महìव राख्ने विश्वास गरिएको छ ।  तथापि अर्काेतर्पm देखिएका टीकाटिप्पणीहरूले गर्दा अझै पनि भारतप्रति जनतामा देखिएको तिक्तता पूर्णरूपमा समाप्त नभएको समेत देखा परेकोलाई कूटनीतिक क्षेत्रमा महìव दिइएको छ ।  
भारतका राष्ट्रपतिको नेपाल भ्रमणलाई नेपाल सरकारले उच्च महìव दिएर यसलाई भव्य र आत्मीय बनाउन सफल भयो ।  यद्यपि भ्रमणका समयमा अपनाइएका तौरतरिका र सुरक्षाका नाममा जनतामा भएका असुविधाहरूले भने जनमानसमा अहिले पनि भारतले राजनीतिक उद्देश्यले नेपालको संविधान आफू अनुकूल नभएको भनी भूकम्पको पीडामाथि थोपरेको नाकाबन्दी सम्झाए ।  ती पीडा विभिन्नरूपमा प्रकट भएको देख्दा अझै पनि नेपाल र भारतबीचको सम्बन्धमा मधुरता आउन सकेको देखिन्न ।  यो भ्रमणले सम्बन्ध सुधारको थालनी भने अवश्य गरेको छ ।  
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाललाई राम्ररी चिनेका, बुझेका परिपक्व र शालिन नेपालका मित्रसमेत हुनुहुन्छ ।  नेपालको सङ्क्रमणकालको उत्तराद्र्धमा भएको उहाँको भ्रमणको दीर्घकालीन राजनीतिक महìवसमेत छ ।  मुखर्जी विदेशमन्त्री भएको अवस्थामा ११ वर्ष अगाडि १२ बुँदे सम्झौता उहाँकै पहलमा भएको भनी खुलासा गरेपछि नेपालमा शान्ति प्रक्रिया सुरु भएको थियो भने अहिले शान्ति प्रक्रियाको अन्तिम अवस्थामा संविधान निर्माण भई कार्यान्वयनको चरणमा छ ।  नेपालमा जारी संविधानलाई स्वागत गर्न र यसको कार्यान्वयनमा सबैलाई मिल्न सुझाव दिनुभएकोले यो भ्रमणलाई सबै प्रमुख राजनीतिक दलका नेताहरूले सफल भएको ठानेका देखिन्छ ।  नेपालमा भारतका राष्ट्रपतिको भ्रमण १८ वर्षपछि भएको हो ।  यसअघि सन् १९९८ को मे महिनामा भारतका राष्ट्रपति आर.के. नारायणको भ्रमण भएको थियो ।  त्यसअघि भारतका राष्ट्रपति ज्ञानीजयल सिंहको भ्रमण भएकोमा यी भ्रमणपछि दुईवटा राष्ट्रपतिको नेपाल भ्रमण भएको थिएन ।  नेपालको तर्फबाट नेपालको राष्ट्रपतिको हैसियतले तीनचोटि भारतको भ्रमण भएको र वर्तमान राष्ट्रपति विद्यादेवीको भ्रमण पनि सत्ता परिवर्तनको कारणले स्थगित भएको अवस्थामा सम्पन्न मुखर्जीको नेपाल भ्रमणले उच्चस्तरीय भ्रमणलाई सन्तुलन गर्ने कार्य गरेको छ ।  नेपालका उच्चस्तरको लगातार भ्रमण हुने तर भारतीय पक्षबाट भ्रमण नहुँदा एकतर्फी मात्र भ्रमण भएको भनी आलोचना भएको सन्दर्भमा भएको यो भ्रमणले कूटनीतिक सन्तुलनसमेत कायम गरेको छ ।
नेपालमा राजतन्त्र उन्मूलन भई गणतन्त्र स्थापना भएको समेत आठ वर्ष पुगिसकेको छ ।  यसअवस्थामा पूर्वराजा ज्ञानेन्द्रले भारतको समर्थन प्राप्त गरी पुनः राजतन्त्र स्थापना गर्न सक्रियता बढाइरहेको तथा राजतन्त्रलाई निषेध गरिएमा विद्रोह गर्ने चेतावनीसहित धर्मको आडमा राजनीतिक सत्ता प्राप्तिको प्रयास गरिरहेको अवस्थामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालका राष्ट्रपतिको निमन्त्रणामा गर्नुभएको यो भ्रमणले गणतन्त्रलाई औपचारिक रूपमा मान्यता प्रदान गर्ने काम गरेको छ ।  यो भ्रमणबाट राजतन्त्रलाई पुनःस्थापना गर्न भारतले सहयोग गर्दैछ भन्ने आशङ्कालाई मेटाइदिने महìवपूर्ण काम भएको छ ।  
मुखर्जीको भ्रमणले नेपाल भारतबीचको सम्बन्ध अरू मुलुकभन्दा फरक र विशिष्ट रहेको छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।  उहाँले दिएको अन्तर्वार्ता तथा भाषणमा नेपाल र भारतबीचको सम्बन्धलाई अतुलनीय भनी उल्लेख गर्नुभएको छ ।  अर्काे महìवपूर्ण राजनीतिक सन्देश मुखर्जीले नेपालको संविधानसभाद्वारा घोषणा भएको संविधान यथास्थितिमा कार्यान्वयन हुन सक्दैन भन्ने छ ।  वस्तुगत यथार्थ भए पनि भारत संविधान जारी गरेकोमा असन्तुष्ट रहेकोमा अहिले मोदीकै भाषालाई नयाँरूपमा मात्र प्रस्तुत गरेकोले भारतको नेपालप्रतिको धारणा यथावत कायम भएको देखा परेको छ ।  यद्यपि भारतले नेपालप्रतिको नीतिमा केही परिवर्तन चाहेको समेत सन्देश यो भ्रमणबाट देखिएका छन् ।  अर्काे सन्देशमा १२ बुँदे समझदारीका गणतन्त्र र सङ्घीयताबाट नेपाल पछाडि हट्न सक्दैन र हुँदैन भन्ने छ ।  तथापि धर्म निरपेक्षताको विरुद्ध उहाँले पशुपति र जनकपुरमा गरेका विशेष पूजाले भारत अहिले पनि हिन्दु धर्मका पक्षमा रहेको सन्देश दिने काम गरेका छन् ।  उहाँले यो भ्रमणलाई धार्मिक यात्राको रूपमा समेत व्याख्या गर्नुले पनि यही अर्थलाई प्रस्तुत गर्न खोजेको देखिएको छ ।  मुखर्जीले दिएका यस्ता सन्देशले भारतको नेपालप्रतिको पुरानो दृष्टिकोणमा खासै परिवर्तन भएको देखिएन ।  
भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको मुख्य उद्देश्य संविधान जारी गरेपछि गरेको नाकाबन्दीबाट उत्पन्न भएको तिक्तता समाप्त गर्नु र चीनसँग बढ्दै गएको निकटतालाई कम गर्नु रहेको थियो तर भ्रमणको बेलामा जनताका प्रतिक्रिया र सामाजिक सञ्जालहरूमा देखिएका टिप्पणी र व्यङ्ग्य देख्दा उहाँको विशेष सद्भावना भ्रमणले भारतप्रतिको तिक्तता र चिसोपनमा सुधार ल्याउन असफल भएको देखिएको छ ।  अझ भारतीय राष्ट्रपतिको भ्रमणको समयमा दिएको सार्वजनिक बिदा र सवारी व्यवस्थापनले जनतामा पारेको कष्टले पुराना तिक्ततालाई पुनर्ताजगी गरिदिएको देखिन्छ ।  मुखर्जीले नेपालको स्थायित्व र विकासमा भारत सहयोग गर्न तयार भएको भने पनि भारतसँग फाटेको नेपाली मन सिउन टाल्न सकेको देखिएन ।  
नेपालको संविधानबारेमा राष्ट्रपति मुखर्जीले चासो राख्नु, यसो गर त्यसो गर भनी निर्देशन गर्नुले पनि नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेपको निरन्तरता देखियो ।  आलङ्कारिक राष्ट्रपति मुखर्जीबाट मोदीकै भाषामा टीकाटिप्पणी गर्न, सल्लाह सुझाव दिन अग्रसर भएकोलाई राष्ट्रपतिको अनावश्यक चासोको रूपमा हेरिएको छ ।  भारतको सर्वाेच्च पदमा आसिन, भारतको प्रतिपक्ष दलबाट राष्ट्रपति हुनुभएका परिपक्व व्यक्तित्व प्रणव मुखर्जीको यो व्यवहारले दुई देशबीचको तिक्ततालाई घटाउनुको सट्टा बढाउने काम भएको छ ।  राष्ट्रपतिको सद्भावना भ्रमण भने पनि यहाँ गरिएका राजनीतिक भेटघाटले यो भ्रमणलाई राजनीतिक बनायो र सीमालाई नाघेको भनी भइरहेको आलोचनाले पनि यो भ्रमणको दीर्घकालीन प्रभाव पार्नेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना