नेताहरू मात्र होइनन् दोषी

atindra dahalडा. अतीन्द्र दाहाल

 

एक विख्यात अमेरिकी कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा समकालीन कविता लेख्नुभयो ।  एउटा मृगको बच्चो जन्मपूर्व आमाको पेटमा नै मृत्युवरण गर्न बाध्य घटनाले पाठकलाई स्तब्ध बनाउनुभयो ।  नेपाल आज यही मोडमा छ ।  संविधानसभाबाट संविधान बनेपछि अग्रगामी परिवर्तनसँगै सघन विकासको सुरुवात हुने आशामाथि बज्रपात हुँदैछ ।  संविधानमाथिका अन्तरविरोधले सङ्घीयताको नारामा देश नै छुमन्तर हुने पारामा राजनीति चलमलाएको भान हुन्छ ।  सुनौला सपनाहरू सुरुवात पहिल्यै अन्त्य हुनसक्ने खतराका घण्टीहरू बज्दैछन् ।  देश चुक्दैछ, शिर झुक्दैछ ।   
कसरी चुक्यो देश ?
खाली राजनीतिक अन्तरविरोधहरूलाई चर्काउने र त्यसको निकास निकाल्नेलाई नै उपलब्धि मान्ने दुर्भाग्यले देशमा सघन आर्थिक विकास चाहिँ कहिल्यै भएन ।  विश्व मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सबल मानिएका अधिकांश देश नेपालभन्दा साना छन् ।  चीन, भारत, अमेरिका, क्यानडा, इन्डोनेसिया जस्ता केही विशाल राष्ट्रबाहेक अन्यलाई हेर्दा नेपाललाई सानो देश भन्न मिल्दैन ।  हामी संसारको ९४ औँ ठूलो राष्ट्र हौँ ।  तर अपार सम्भावना र प्रचुर स्रोतसाधन हुँदाहुँदै पनि हामी असफलतातिरको यात्राउन्मुख छौँ ।  राजनीतिक खिचातानी छाडेर आर्थिक समृद्धिका लागि एकताको यात्रा गर्न जानेनौँ र सकेनौँ ।  कुरा अघिका ग¥यौँ र काममा चाहिँ जहिल्यै पछाडि स¥यौँ ।  संविधान बनेपछि उक्त दुर्भाग्य रोकिने आशा थियो तर झन् गहिरिएला जस्तो छ ।  
गरे सम्भव छ
अरू देशहरूको राजनीतिसँग आर्थिक विकासका योजनाहरू गाँसिएका देखिन्छन् ।  पैतालीस वर्ष पहिले हामीभन्दा कमजोर दक्षिण कोरिया आज सशक्त अर्थतन्त्र बन्दैछ ।  स्यामसुङ फोन कम्पनी एक्लैले उसको कुल गार्हस्थ उत्पादनमा आधा योगदान गर्छ ।  सिंगापुर, जापान, भियतनाम, ताइवान, मलेसिया, हङकङ जस्ता छिमेकीहरू उच्च गतिको आर्थिक वृद्धिमा छन् ।  उनीहरूमा पछिल्ला दश वर्ष कुनै आन्दोलन, धर्ना, जुलुस, बन्द÷हड्ताल जस्ता आर्थिक प्रगतिलाई प्रभाव पार्ने गतिविधि भएको सुनिँदैन ।  तर हाम्रोमा विगत १० वर्षमा लगभग एक हजार पाँचसयवटा विभिन्न प्रकारका बन्द÷हडताल, आन्दोलन, चक्काजाम भए ।  
चीन संसारको पहिलो अर्थत्रन्त्र, सबैभन्दा धेरै विश्व धनाढ्यहरू बस्ने देश, अनि सबैभन्दा अधिक सङ्ख्यामा विद्युतीय सवारी प्रयोगमा ल्याउने देश बन्दैछ ।  कुनै बेला नर्वे हिउँको देश थियो, २० वर्ष पहिले थाइल्याण्ड नेपालभन्दा कमजोर थियो ।  दोस्रो विश्वयुद्धले दिएको गरिबीका कारण कतिपय लेखकले जापानलाई एसियाको भिखारी भनेका थिए ।  तर उनीहरूको अवस्था फेरियो, हामीले चाहिँ रमिता मात्र हेरियो ।  साउदी अरेबिया तथा दुवईको विकासलाई मानिसहरू मानव सिर्जित स्वर्गको संज्ञा दिन्छन् ।  तेल बेचेर उनीहरूले त्यो हैसियत बनाए ।  उनीहरूले तेल बेचेजस्तै गरी हामीले बिजुली बेच्न सकेकोे भए सायद अहिले अर्को स्वर्ग बन्थ्यौँ ।  निरन्तर मौका चुक्दैछ, लगातार स्वाभिमान झुक्दैछ ।  
संसारका प्राय सबै देशले एउटै आन्दोलनबाट मुहार फेरे ।  त्यसपछि निरन्तर आर्थिक समृद्धिमा होमिए ।  आन्तरिक एकताको आधारमा अन्तर्राष्ट्रिय सामथ्र्य प्राप्त गरे तर हामी चाहिँ निरन्तर विभाजित र अनिर्णित बन्यौँ ।  कुरा राम्रा र काम चाहिँ चाम्रा मात्र गर्दै आयौँ ।  
नागरिक चाहिँ निर्दोषी त ?   
सन् २०१२ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि मिट रोम्नी आफ्नै पेसा प्राध्यापनमा फर्किनुभयो ।  विदेशमा अधिकांश पूर्व विशिष्टहरू देशको ढुकुटी दोहन गर्दैनन् ।  आफ्नै हिसाबले आर्थिक सामाजिक जीवनमा सक्रिय छन् ।  तर हामीकहाँ एकचोटी पदमा भएको मानिस जिन्दगीभर विलासी र सौखिन बन्न चाहन्छौँ ।  एउटा सरकारले गरेको काम अर्कोले खारेज गर्छौं, लगातार ठेकेदारलाई प्रश्रय दिन्छौँ, लागत बढाउँछौँ ।  सचिवको सरुवा गर्र्छौं, कमाउने मौकाको रूपमा हेर्छौं ।  
नेतृत्व मात्र निर्णयहीन होइन, नागरिक पनि निःसन्देह छौँ ।  खालि अरूको कटाक्ष गरेर बस्छौँ तर आपैmँ अलिकति सकारात्मक र रचनात्मक योगदान दिन चाहिँ विल्कुल सोच्दैनौँ ।  विदेश भाग्नु मात्र समस्याको समाधान होइन ।  बरु त्यहाँ गरेको अध्ययन र सिकेको सीपलाई समाज तथा देशको हितमा प्रयोग गर्ने प्रयास गरौँ ।  कसैले अरूका लागि राम्रो घर वा देश बनाइदिँदैन ।  अरूले बनाइदिए त्यहाँ गएर बस्थेँ भन्ने कल्पना बेकुफी मात्र हो ।  देशमा समस्या हुँदा आपंैm समेत लागेर निराकरण गर्नुपर्छ, फेसबुकमा अर्ति÷उपदेश छाँटेर मात्र हुँदैन ।  आधुनिकताको खोक्रो खोलमा खेतबारी बेचेर हतार÷हतार कोरिया, कतार धाउने अनि यहीँ बस्नेहरू दूध बेचेर कोकाकोला पिउने संस्कृतिले पनि देशलाई जर्जर बनाउँदै छ ।  घरमा आलु भुटेर खान नचाहनेहरू रेस्टुरेन्टमा महँगो बिल तिरेर फिंगर चिप्स÷फ्रेन्च फ्राइमा रमाउँछौँ ।  बासी भातलाई पाखे र असभ्य मान्नेहरू फ्राइड राइसको सौखिन छौँ ।  जहाँ संस्कार डामाडोल छ, त्यहाँ समृृद्धि र सभ्यता गोलमाल नै हुन्छ, हाम्रो अवस्था यही हो ।   
सबैले कम्तीमा आ–आफ्नो ठाउँबाट राम्रो गरौँ ।  आफ्नो चाहिँ जिम्मेवारी राम्रो गरी पूरा गरौँँै ।  सेवाकर्मी, व्यवसायी, पेसाकर्मी, समाजसेवी लगायत सबै प्रकारका काममा संलग्नहरूले कम्तीमा देश र कामप्रतिको सच्चाईलाई शिरोपर गरौँ ।  अरूले प्रशंसा गर्ने गरी आफ्नो कार्य सम्पादन गरौँ ।  दुर्भाग्य, हामी अरूलाई सल्लाह र सुझाव दिनेमा उच्च कौशलता राख्छौँ तर आफ्नो ठाउँ सपार्न खोज्दैनौँ ।  देशै बनाउने तर्क पेस गर्छौं, स–साना समस्यासँग अल्झन्छौँ ।  देशको बर्खिलाप गर्नेमा रमाउँछौँ ।  घर मात्र ठूला बनाउछौँ बाटो बनाउँदैनौँ ।  राम्रो शिक्षा चाहन्छौँ तर शिक्षण कर्मलाई मन पराउँदैनौँ, मर्यादित र सम्मानित हिसाबले हेर्दैनौँ ।  सरकारी सेवामा छौँ, नागरिकलाई विश्वसनीय सेवा दिन सक्दैनौैँ आपैmँले पनि विश्वास गर्दैनौँ ।  सरकारी कर्मचारीले नै पनि आफ्ना सन्ततिको शिक्षामा सरकारी विद्यालय अनि उपचारमा सरकारी अस्पतालमाथि विश्वास  राख्दैनौँ ।  त्यो अवस्था बनाउन सकेका छैनौँ ।  विश्वविद्यालयमा प्राध्यापन गर्नेहरू देशको पुनर्निर्माणको खाका पस्कँदै हिँड्छौँ तर आपैmँ रहेको विश्वविद्यालयमा सामन्य सुधार गर्न समेत रुचि देखाउदैनौँ ।  स्वच्छ र सुन्दर समाज चाहन्छौँ फोहोर चाहिँ सडकमा फाल्छौँ ।  अरू मात्र ज्ञानी, सही अनि कर्तव्यनिष्ठ भए नभएको खोजी गर्छौं तर आपूm कति सही र के गर्दैछु कहिल्यै मूल्याङ्कन गर्दैनौँ ।  श्रमकोे सम्मान गर्दैनौँ, श्रम गरेर खानेलाई अभागी र श्रम नै नगरीकन खानेलाई भाग्यमानी सम्झन्छौँ ।  प्रसि शास्त्रीय दार्शनिक कन्फुसियस भन्नुहुन्थ्यो, अरूलाई पढ्ने ज्ञानी मात्र हुन्छन् तर आपूmलाई पढ््नेहरू चाहिँ अन्तर्यामी पनि हुन्छन् ।  हामी खालि अरूको बारेमा बढी जानकार रहन्छौँ ।  सबै सु्ध्रिएको हेर्न चाहन्छौँ तर आपूm सुध्रनलाई आत्मसात् अनि पहल गर्दैनौँ ।   
सहयोग र दाताका भरमा देश विकासको आश गर्छौं ।  ड्याम्सिया मोयोको ‘डेड एड’, जोनथान क्वार्जको ‘द बिग ट्रक द्याट वेन्ट बाई’ अनि विलियम गोल्डिङको ‘लर्ड अफ द प्mलाईज’ जस्ता पुस्तकहरूले देखाउँछन् कि दान र सहयोगले देश धनी बन्दैन ।  यदि बन्ने भए आज पूरै अफ्रिका संसारको सबैभन्दा धनी देश बनिसक्थ्यो ।  
नेतृत्वले नैतिकता देखाए र नागरिकले साथ दिए के हुँदैन ? महाशक्ति अमेरिकाको कठोर नाकाबन्दीबीच क्युवाको इतिहास सफलताको साक्षी छ ।  सन् २००१ को भूकम्पले हल्लाएपछि फेरिएको नेतृत्वले गुजरातलाई दिएको उचाइ उदाहरणयोग्य छ ।  पाकिस्तानले भर्खरैको भूकम्पमा विदेशी सहयोग अस्वीकार गर्दै आफ्नै बलवुताले सङ्कट व्यवस्थापन ग¥यो ।  तर हामी गन्तव्यमा सचेत छैनौँ मन्तव्य चाहिँ शानदार दिन्छौँ ।
आत्मसात् गरौँ
हाम्रो नेतृत्व स्वार्थी त अवश्य छ तर नागरिक पनि संवदेनाहीन छौँ ।  नेताहरूले केही नगरेको भनेर बिगुल बजाउँछौँ अनि तिनैका पछाडि टोपी फुकालेर दौडन्छौँ ।  तिनीहरूलाई सुध्रन दबाब अथवा नयाँ विकल्प पनि दिँदैनौँ ।  खराब छन् भन्ने जान्दाजान्दै पुनः त्यही प्रवृत्तिका र सोही पात्रलाई निर्वाचनमा जिताउछौँ अनि फेरि केही नगरेको भनेर कटाक्ष गर्न थालिहाल्छौँ ।  यस्तो सौखिन र विलासी औपचारिकताले देशलाई ठूलो घाटा लाग्न सक्छ ।  देश अरूको परीक्षण प्रयोगशाला बन्नेछ, सबैले बेलैमा सचेत हुनुपर्छ ।  
सबैले आफ्नो आफ्नो ठाउँबाट राम्रो गरौँ ।  आपैmँबाट सन्तुष्टि र अरूबाट सम्मान पाउने हिसाबले आफ्नो काम गर्न सिकौँ ।  सफलता कुरा गर्नेहरूले हैन, काम गर्नेहरूले मात्र प्राप्त गर्छन्, तसर्थ कुराभन्दा काम गर्न सिकौँ ।  नेतृत्वले स्वार्थ र सङ्कीर्णता त्यागौँ, सम्पूर्ण नागरिकले सम्मानसाथ सहृदयी संयुक्त प्रयास गरौँ ।  स्वदेशमा नै सबै युवाले आर्थिक उपार्जनमा रोजगारी निर्माण समेत गर्ने गरी साना लगानीका नै भए पनि व्यावसायिक अभ्यास गरौैँ ।  अरूलाई गाली र उपदेश पस्कनुभन्दा आपूm जिम्मेवार हुँदै आफ्नो काम उदाहरणीय हिसाबले गरौँ ।  अहिलेसम्म बिग्रनुमा जिम्मेवार सबै छौँ, सुधार्ने र सपार्ने प्रयास सबैले गरौँ ।  देशले स्वाभाविक रूपमा प्रगतिको बाटो लिनेछ ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना