मतदाता नामावली सङ्कलन टोली गाउँ गाउँमा

गोरखा, कात्तिक ३० गते । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई जिल्ला निर्वाचन कार्यालय गोरखाले गाउँ गाउँमा टोली परिचालन गरी तीव्र रुपमा अघि बढाएको छ ।

आठ टोलीले आजदेखि मतदान केन्द्रमा पुगेर मतदाता नामावली सङ्कलन सुरु गरेको कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो । आउँदो मङ्सिर २५ गतेभित्र तस्बिर सहितको मतदाता नामावलीका लागि नामावली सङ्कलन गरिसक्ने उहाँको भनाइ छ ।

गोरखामा अहिलेसम्म एक लाख ६८ हजार ९०२ जनाले मतदाता नामावलीका लागि तस्बिर खिंचिसकेका छन् । तीमध्ये एक जना तेस्रोलिङ्गी, ८२ हजार २९६ पुरुष र ८६ हजार ६०५ महिला छन् । आउँदो असोज मसान्तसम्म १८ वर्ष पुग्ने व्यक्तिले मतदाता नामावलीका लागि तस्बिर खिंचाउन पाउँछन् । मतदाता नामावली सङ्कलन टोली मतदान केन्द्रमा बस्ने बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना