सोलिडारिटी कप विजेता खेलाडीलाई जनही रु तीन लाख

काठमाडौँ, मङिसर १  गते । सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही तीन लाख रुपियाँ दिने घोषणा गरेको छ ।  मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।  विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको घोषणा गर्नुभएको उहाँका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।  
नेपालका लागि सुजल श्रेष्ठले खेलको ३० औँ मिनेटमा गोल गर्नुभएको थियो ।  यससँगै नेपालले एक वर्षमा लगातार अन्तर्राष्ट्रिय स्तरका तीन उपाधि जितेको छ ।  गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु कप जितेको नेपालले त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि उपाधि उचालेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना