आशा जगाउँदै रङ्गकर्ममा राम

लक्ष्मण दर्नाल

काठमाडौँ  । एक दशकअघि रङ्गमञ्चमा प्रवेश गर्दा राम केएसीका लागि सौखकै विषय थियो, यो क्षेत्र । दर्शकमा खासै चाम पनि थिएन । यद्यपि, अहिले रङ्गकर्म दैनिकी नै बन्दैगएको छ, रामका लागि । थिएटरमा बढ्दै पनि छन् दर्शक ।
उहाँ अहिले अभिनयमा मात्र सीमित हुनुहुन्न । लेखन, निर्देशनमा समेत व्यस्त बन्दै जानुभएको छ । एउटा नाटकमा अभिनय गरेर एक वर्ष चुप लागेर बस्नुपर्ने अवस्था पनि छैन । व्यावसायिक थियटर खुलेका छन् । ‘पार्टटाइम’ काम पाइन्छ ।
रङ्गकर्मी तथा निर्देशक राम भन्नुहुन्छ– “पछिल्ला दिनमा नाटक हेर्नेको सङ्ख्या वृद्धि भएको छ । मान्छेहरू नाटकघरमा धाउन छन् । अब स्तरीय नाटकघरको आवश्यकता छ । रङ्गकर्मप्रति दर्शक सकारात्मब बन्दैगएका छन् । ”
दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसक्नुभएका रामले ऐना, सम्बोधी, मध्यान्तर, अवस्तर जस्ता चर्चित नाटकहरू निर्देशन गरिसक्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका गाम्चाका के.ए.सी २०/२२ वर्षको उमेरमा साथीभाइको लहैलहैमा अभिनयमा प्रवेश गर्नुभएको हो । रङ्गकर्मकै क्रममा रङ्गकर्मीहरूसँग भेटघाट बढेपछि विनायोजना रङ्गकर्मी बनेको राम बताउनुहुन्छ । रङ्गकर्मी राम भन्नुहुन्छ– “कुनै योजना थिएन, अभिनय गर्ने निक्कै चाहना थियो तर योजना थिएन । ”ram_2
रङ्गकर्ममा जिविकाचाहिँ चझै नचल्ने अनुभव उहाँको छ । “हाललाई जीवन निर्वाह गर्न गाह्रो भए पनि भविष्यमा यसको बजार विस्तार हुने प्रशस्तै सम्भावनाहरू छन्, त्यसैले पनि अचेल बढी आशा पलाएको छ । ”
उपत्यकामा आधादर्जन नाटकघरहरू सञ्चालनमा छन् । कलाकारहरू आफैँ समूह बनाएर थिएटर सञ्चालनमा सक्रिय छन् । हुनत मोफसलमा पनि नाटक प्रदर्शन हुन थालेको छ । सद्भाव अ ग्लोरी अफ थिएटर अनामनगरमा क्रियाशील केएसी नेपाली रङ्गमञ्चीय विकासमा सरकारले त्यति चासो नदिएको गुनासो गर्नुहुन्छ ।
रङ्गकर्ममा केही आशा र केही निरासासाथ भन्नुहुन्छ–“रङ्गक्षेत्रको विकास र विस्तारका लागि सरोकारवाला निकायको सक्रियता त्यति छैन, हामी सक्रियता चाहान्छौं । ”

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना