आत्मघाती आक्रमणमा चार व्यक्तिको मृत्यु

 

काबुल, मसिर १ गते । अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् ।

गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ ।

स्थानीय समयाअनुसार बुधबार बिहान ०८ बजे भएको यस विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताउनुभएको छ ।

सेदिकीले यस आक्रमणको विस्तृत विवरण भने बताउनुभएको छ्रैन् । तर घटनाको अनुसान्धान जारी रहेका बताउनुभएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्रहरीले सो इलाकालाई सुरक्षाको दृष्टिकोणले घेरा लगाएको र पत्रकारलाई समेत सो स्थानमा जान रोक लगाएको छ । रासस÷सिन्ह्वा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना