सानो परी एन्ड बाबु सो

sano pariपोखरा ।  सानो परी एन्ड सानो बाबु पोखरा–२०१६ को सेल्फ ट्यालेन्ट राउन्डमा १९ विद्यालयका ५८ बालबालिका सहभागी भएका छन् ।  जीत हाम्रो फाउन्डेसनको आयोजनामा हुन लागेको सो प्रतियोगिताको सेल्फ राउन्डमा बालबालिकाले नृत्य, गायन, चित्रकला, वक्तृृत्वकला लगायत प्रतिभा प्रस्तुत गरेका थिए ।  
फाउन्डेसनका प्रबन्ध निर्देशक राजेश जोशीका अनुसार, प्रतियोगितामा सहभागी बालबालिकालाई व्यक्तित्व तथा नेतृत्व विकासलगायत विषयमा तीन हप्ता प्रशिक्षण दिइने छ ।  बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटनका लागि सो प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना