छाउगोठमा एक महिलाको मृत्यु

शिवराज ढुंगाना

मंगलसेन, मंसिर ४ गते । जिल्लाको तिमिल्सेन—७ मा छाउगोठमा बसिरहेकी २२ बर्षिय डम्मरा उपाध्यायको शुक्रबार राती मृत्यु भएको छ । बेलुकी खाना खाएर छाउगोठमा सुत्न गएकी डम्मरा  बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
छाउगोठबाट बिहान ढिलोसम्म उठेर नआएपछि परिवारले हेर्न जाँदा नाकबाट केही रगत आएर मृत अवस्थामा भेटिएकी स्थानीय अगुवा तिलक खत्री तिमिल्सेनाले जानकारी दिनुभयो । मृतक सुतेको छाउघोठ घरदेखी ६/७ मिटर पर रहेको बताइएको छ । कुनै बिरामी समेत नभएकी डम्मराको मृत्यु गोठमै निसास्सीएर मृत्यु हुनसक्ने तिमिल्सेनाको अनुमान छ ।
अघिल्लो बर्ष बिहे भएको डम्मराका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेका छन् । घटनाको बारेमा अनुसन्धानका लागी प्रहरी निरीक्षक बद्रीप्रसाद ढकाल घटनास्थलमै पुगेका छन् ।
सन् २००७ देखी हालसम्म अछाम जिल्लामा आठ जना महिदा तथा किशोरीहरुले ज्यान छाउपडी प्रथाकै कारण गएको छ । महिनावारी भएको बेला अछाम जिल्लाका अधिकांस महिला तथा किशोरीहरु घरदेखी टाढा रहेको सानो कटेरोमा कष्टपुर्ण रुपमा कम्तीमा पाँच दिनसम्म बस्नुपर्ने सामाजिक नियम छ ।

अछाम जिल्लामा साविकका तीन नगरपालिका गाविस सहित गरी ३२ गाविस छाउपडी गोठमुक्त गाविस घोषणा भएका भएपनि सरकारी तथा गैरसकारी स्तरमा छाउपडी विरुद्धका अभियान तथा कार्यक्रम तल्लो तहमा पुग्न सकिहरेका छैनन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना