थुक्पा बेचेर घर जग्गाको ब्यवस्था


भक्तिविलास पोखरेल
गाईघाट,मङ्सिर ४ गते । परिश्रम गर्नेकालागि टाढा नगईकन आप्mनै घर आँगनमा बसेर पनि प्रसस्त दाम कमाउन सकिन्छ भन्ने कुराको उदाहरण यहाँका एक लगनशील उद्यमी ब्यबशायी दलबहादुर राईले प्रश्तुत गर्नुभएको छ ।
झण्डै १५ वर्ष अघि मासिक १३ सय रुपियाँ निबृत्तिभरण थाप्नेगरी प्रहरी सेवाबाट शैक्षिक अवकास लिनुभएका राईले पैसा कमाउन बिदेस जानुभन्दा स्वदेशमै बसेर ब्यावसाय गर्न राम्रो भन्दै उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ मोतिगढास्थित आप्mनै गोठमा थुक्पा बनाउने उद्योग सञ्चालन गरेर लखपति बन्न सफल हुनुभएको हो ।
मैदाबाट बनाईने सिन्के चाउचाउ अर्थात थुक्पाको बिक्रिबाट मासिकरुपमा झण्डै एकलाख रुपियाँ कमाइहुन थालेपछि वैदेशिक रोजगारको चाहारीमा भौतारीने आजभोलिका युवा पुस्ताकालागि उहाँले एउटा गतिलो उदाहरण प्रश्तुत गर्न सफल हुनुभएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ मोतिगढाका उद्यमि दलबहादुर राई प्रफुल्ल मुद्रामा ओथाराबाट निकालिएको

थुक्पा सुकाउदै । तस्बिर : भक्तिविलास पोखरेल । 

प्रहरी सेवाबाट निबृत्त हुनुभएका राईले बिगत नौ बर्षदेखि निरन्तर रुपमा चाउमिन बनाउनका लागि प्रयोग गरिने थुक्पा उत्पादन गरी बिक्रि वितरण गर्दै आउनुभएको र त्यसबाट छोराछोरी पढाईलेखाई सहित आप्mनो नौ जनाको परिवाको पाल्ने खर्चमात्र हैन १० कठ्ठा खेत र दुई तले छ कोठे पक्की घर निमाृण गर्नसमेत सफल हुनुभएको छ ।
विदेशमा गर्ने परिश्रम आफ्नै देशमा गरे त्यहाँको भन्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने मान्यताले औद्योगिक पेशामा लाग्नुभएका राईले आपूmले उत्पादन गरेको सिन्के चाउचाउ अर्थात थुक्पा विक्रीबाट बार्षिक करिव १० लाख रुपीयाँसम्म आम्दानी हातलागी गर्नेगरेको बताउनुभयो ।

पुख्र्यौली पेशा कृषि भएपनि २० बर्षसम्म प्रहरी सेवामा कार्यरत रहेको समयमा घरायसि ब्यबहार चलाउन सँदैभरी आर्थिक समस्या परिरहने गरेको तर प्रहरी सेवाबाट अबकास लिएपछि भने यो थुक्पा उद्योग सञ्चालन पश्चात अहिलेसम्म घरखर्चका लागि कुनै आर्थिक समस्या नभएको उहाँले बताउनुभयो ।

राईले भन्नुभयो “ थुक्पाबाट आएको पैसाले ठुलि छोरी काठमाडौमा बीबीएमा अध्ययनरत रहेको र कान्छि छोरीले छिमेकि मुलुक चिनबाट होटल ब्यबस्थापन विषयको अध्ययन पुरा गरेको र उनीहरुको सो पढाईमा लाग्ने खर्च मासिक करिब ८० हजार र अन्य अरु तीनजना केटाकेटीहरुको स्थानीय बोडिङ स्कूलमा लाग्ने खर्चसमेत सजिलै धान्न सकिरहेको छु ।”
विदेश जाने इच्छा नगरेको बताउदै विदेश गएर कमाउने पैसा घरमै बसी बसी कमाउन सकिन्छ भन्दै उहाँले भन्नुभयो “ बैदेशिक रोजगारमा जाँदा अरु दलालहरुलाई पैसा पुर्याउन जानुपर्छ, तर यहा“ थुक्पा उत्पादन गर्दा उल्टै घरमा नै पैसा पुर्याउन कतिपय ग्राहकहरु आफै आउँछन्”। दैनिक पाँच क्वीन्टल भन्दा बढि नै थुक्पा उत्पादन हुने र बिक्रिका लागि खोटाङ्ग,उदयपुर,सिरहा र सप्तरी जिल्लाका साना तथा ठूला होटल ब्यबशायी र किराना पसलेहरुसमेत आउने गरेको राईले बताउनुभयोे ।

बैदेशिक रोजगारमा जाँदा अगाडि थोरै भएपनि लाख रुपीयाँ एजेन्टलाई बुझाउनुपर्छ , तर यहाँ उद्योग गर्दा कसैलाई पैसा पुर्याउनु नपर्ने उल्टै आउने भएकोले उद्योग नै रोजेको राईले बताउनुभयो । आफ्नो घरमा बसेर लाज र अल्छी नमानी काम गर्ने बानी नहुँदा नेपाली युवाले विदेशमा सास्ती भोग्नु पर्ने राईको तर्क छ ।


५० किलोग्राम मैदाको पीठोमा १२ लिटर पानी मिसाएर मिक्सचर मेसिनमा लगाईने र त्यसपछि रोलर मेसिनले पेलेर निकालिएको रोटीजस्तो चाक्लालाई कटिङ्ग मेसिनले सिन्काजस्तो पारेर काटेपछि त्यसलाई तीनदिन सम्म ओथारा राखेर निकाले पछि घाममा कपडा सुकायझै सुकाएपछि थुक्पा तयार पार्न सकिने राई बताउनुहुन्छ । बिगतमा पहेलो रङ्गको केमिकल प्रयोग गरिने गरेकोमा आजभोलि त्यस्तो कुनै पनि केमिकलहरु प्रयोग गरिदैन । खाध्य गुणस्तर कार्यालय विराटनगरले कुनैपनि रङ्गको केमिकलहरु प्रयोग गर्नमा प्रतिबन्ध लगाएकोले सादा थुक्पामात्र उत्पादन गर्नेगरिएको राई बताउनुहुन्छ ।

तर मैदाको पीठोमा नै बालुवा आदी अखाद्य बस्तुहरु मैदा मीलहरुले नै मिसाउने गरेकाले ओथाराबाट बाहिर ल्याएर सुकाउने क्रममा धेरैमात्रामा थुक्पा टुक्रिएर भुईमा झर्ने गरेको र यसरी झरेको थुक्पाको टुक्राहरु पुन प्रयोगमा ल्याउन नसकिने भएकोले कतिपय अबस्थामा घाटा खेप्न बाध्यहुनु परेको उहाँको गुनासो छ ।
नियमित अनुगमनको अभावमा मैदा मीलहरुले मनपरी गरिरहेको भएपनि सरकारी निकायबाट त्यस्ता मीलहरु माथि आवश्यक कारबाही हुन सकेको छैन । तर घरेलु तथा वाणिज्य खाध्य प्रयोगशाला बिराटनगरले भने आप्mनो उत्पादनको नियमित मूल्याङकन गर्दै आएको उहाँले बताउनु भयो ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना