छाउ गाेठमा युवतीकाे मृत्युपछि प्रधानमन्त्रीकाे चासाे

काठमाडौँ, मंसिर ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले अछामको तिमिल्सेना गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीय महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालको सचिवालयले आज अछामका प्रमुख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी उक्त घटनाबारे चासो लिएको हो । छाउपडी गोठमा बसेकी २१ वर्षीय डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालको सचिवालयले घटनाबारे चासो लिएको हो ।

प्रधानमन्त्रीको चासोपछि उहाँको सचिवालयले घटनाबारे चासो लिँदै प्रमुख जिल्ला अधिकारी शर्मालाई टेलिफोन गरी घटनाको यथार्थ जानकारी गराउन आग्रह गरेको हो ।

सचिवालयले छाउपडी प्रथाजस्तो कुरीतिको अन्त्यका लागि यथाशीघ्र सरोकारवालाहरुको बैठक बोलाएर जनचेतना अभियान सञ्चालन गर्न र सामाजिक क्षेत्रका क्रियाशील सङ्घसंस्थालाई सेमिनार र गोष्ठीमा मात्रै रकम खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी जनचेतना जगाउने कार्यमा लाग्ने वातावरण बनाउन निर्देशन दिइएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको चासोपछि प्रमुख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताउँदै छाउपडी प्रथा अन्त्यका लागि आफ्नोतर्फबाट सबै प्रयास गर्ने बताउनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना