दाताको खोजी गर्दै भूकम्पपीडित

दोलखा, मङ्सिर ५ गते ।  दोलखाको भीमेश्वर नगरपालिका–५ मा पर्ने  डिही र फस्मी वस्तीमा भूकम्पले क्षतिग्रस्त बनाएको आवासलाई  व्यवस्थित र एकीकृत वस्तीको रूपमा विकास गर्न योजना बनाएका स्थानीयवासीले विस्तृत अध्ययन प्रतिवेदन तयारीका लागि दाताका खोजी गरिरहेका छन् ।  
 एकीकृत वस्ती योजना तर्जुमा उपसमितिका संयोजक रामकृष्ण केसीले तयार गर्नुभएको एकीकृत वस्ती विकास योजनाको अवधारणा अनुसार विस्तृत अध्ययनका लागि करिब साढे तीन लाख रुपियाँ आवश्यक पर्छ ।  केसी भन्नुहुन्छ– त्यसका लागि कोही दाताले सहयोग गरिदिएमा आवास निर्माणको काम सरकारी अनुदानको अधिकतम सदुपयोग गरेर व्यवस्थित र सुविधा सम्पन्न वस्ती विकास गर्ने थियौँ ।   
 केसीले तयार पार्नुभएको अवधारणा अनुसार डिहीमा गरी करिब १५० घर धुरीलाई एकीकृत सुरक्षित वस्तीको रूपमा विकास गर्न सकिन्छ ।  वस्तीमा चार मिटर चौडा सडक रहने छन् भने ५ देखि ७ जनासम्मको परिवारका लागि ६ देखि सात आना क्षेत्रफलमा आवास निर्माण गरिनेछ ।  उक्त क्षेत्रफलमा घरले दुईदेखि तीन आनाको क्षेत्रफल ओगट्ने बाँकी स्थान बगैँचा, आँगन, शौचालयका लागि हुने उहाँको भनाइ छ ।  सबै घर एकै किसिमका र रङरोगन बनाएर आकर्षक गाउँ बनाइने उहाँको भनाइ छ ।  वस्तीमा सबै किसिमका सूचना प्रविधिका साधान, खुला स्थान, सामुदायिक भवन उपलब्ध गराइने छ ।
  केसीले तयार पार्नु भएको अवधारणमा आवास मात्र होइन कम्तीमा दुईवटा गाई वा भैँसी र पाँच–सातवटा बाख्रा पालनका लागि  व्यवस्थित र सुविधा सम्पन्न गोठ निर्माण पनि रहेको छ ।  व्यवस्थित सुविधा सम्पन्न आवास र गोठ निर्माणका लागि प्रतिपरिवार कम्तीमा १० देखि १२ लाख रुपियाँ लागत पर्ने उहाँको अनुमान रहेको छ ।    nepal_earthquake
सुविधा सम्पन्न वस्ती विकासका लागि प्रत्यक्ष लाभान्वित वर्गको प्रत्यक्ष सहभागिता सबै क्रियाकलाप गरिने छ ।  सामुदायिक र भौतिक पूर्वाधार निर्माणका लागि दाताको खोजी सामुदायिक स्रोत परिचालन, घर र गोठ निर्माण स्वयं घरधनीको लगानीमा गर्ने अवधारणा अघि सारिएको छ ।  वस्ती निर्माणका लागि एकमुष्ठ निर्माण सामग्री खरिद गर्ने, घरेडी तयारीमा सहयोग गर्ने, काठ चिरान, ढुङ्गा काट्ने मेसिन र घर निर्माणका औजार  खरिद गरिने केसीको भनाइ छ ।  एकीकृत वस्ती विकासका लागि सात सदस्यीय कमिटी गठन भएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना