कम्प्लिट सिङ्गल छु : प्राश्ना

घरको साङ्गीतिक वातावरणले सानैदेखि नाच्न र गाउन रुचाउने प्राश्ना पाण्डे नेपाली सङ्गीतमा सम्भावनायुक्त गायिका हुनुहुन्छ ।  अध्ययन र सामाजिक सेवामा समर्पित गायिका प्राश्ना नृत्यमा समेत पारङ्ग हुनुहुन्छ ।  इलाम पुख्र्यौली घरभएकी प्राश्ना झापामा बढ्नुभयो, पढ्नुभयो ।  लुकीलुकी हजुरबुबाको हार्मोनियम चलाउने प्राश्ना पाण्डेले भजन र पप पनि गाउनुभएको छ ।  यद्यपि, उहाँको रुचिचाहिँ आधुनिक गायनमा छ ।  चन्द्रगढीको जनज्योति उच्च माध्यमिक विद्यालयमा सङ्गीत विषय लिएर एसएलसी उत्तीर्ण गर्नुभएकी प्राश्नाले हाल अनुरागमा सङ्गीत विषय अध्ययन गरिरहनुभएको छ ।  प्रस्तुत छ, एक वर्षअघि गीति एल्वम सार्वजनिक गर्नुभएकी प्राश्नासँग गरिएको सङ्क्षिप्त कुराकानी–prashana

आजकल के गर्दै हुनुहुन्छ ?
सामाजिक कार्य र सङ्गीतलाई सँगसँगै अगाडि बढाउने अभियानमा छु ।  एक वर्षअघि ल्याएको एल्वमका गीत प्रवद्र्धनका साथै नयाँ गीतहरू रेकर्डमा लैजाँदै छु ।
कस्ता खालका गीत गाउन मन पर्छ ?
मेरो रुचि पप बेसका मोर्डन सङ्गीत मै छ ।  खासगरी डान्सिङ खालका ।  तर, भजन पनि गाएकी छु ।  गायिका भएपछि सबै स्वादका गीत गाउनै प¥यो ।
गायनबाहेक अन्य रुचिको क्षेत्र ?
लेखन र अध्ययनमा रुचि छ ।  गीत लेख्छु, डान्स पनि एकदमै गर्छु ।  एरोबिक गर्छु ।  डान्सले स्फुर्ती दिन्छ ।  स्टेज प्रस्तुतिका लागि डान्स अनिवार्यजस्तै भइसक्यो ।
लेखनमा कस्तो विषयले प्राथमिकता पाउँछन् ?
रोमान्टिक विषयमा लेख्नै सक्दिन ।  ट्राजेडीका विषयमा लेख्न मन लाग्छ ।
प्रेममा धोका पाएर ट्राजेडी फुरेको हो ?
त्यस्तो होइन, प्रेम गर्ने असल मान्छे भेटेकै छैन ।
यति राम्री मान्छेलाई प्रपोज गर्ने कोही आएनन् होला र ?
आउन त आए तर मनले खाएन ।
उसोभए अहिले सिङ्गल ?
एकदम, कम्प्लिट सिङ्गल छु ।
सामाजिक सञ्जाल कुन चलाउनुहुन्छ ?
फेसबुक ।
साथी बन्ने प्रस्ताव कतिको आउँछ ?
त्यति आउँदैन ।  म त्यति सक्रिय छुइन, त्यसैले हो कि ?


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना