काठमाडौँमा महानगरीय आवश्यकता

bibas wostiविवश वस्ती






एउटा आधुनिक सहरलाई सुन्दर, सभ्य र समृद्ध बनाउनका लागि के–के पक्षहरू आवश्यक पर्लान् ? निःसन्देह, सभ्यताको विकास क्रमसँगै विश्वका अधिकांश सहरहरू निर्माण भएका थिए र त्यस्ता सहर बसाल्न, विकास गर्न र भौतिक सम्पन्नताले परिपूर्ण तुल्याउन मानव जातिले अथक प्रयत्न गरेका थिए ।  मानव जातिले नगर–सभ्यताको विकास नदीहरूका किनारबाट नै सुरु गरेका थिए र आज विश्वका अधिकांश ठूला सहर नदी किनारमै अवस्थित छन् ।  नगर सभ्यताको विकास क्रमले फड्को मार्नुमा मानव जातिको उच्च सोच, विचार र चिन्तन प्रभावशाली हुनु त स्वाभाविकै थियो, प्राचीन कालमा बस्ती बसाल्न उनीहरूले चयन गरेका स्थानविशेषले पनि उत्तिकै भूमिका निर्वाह गरेको मान्न सकिन्छ ।  
अचेल काठमाडौँ उपत्यकाभित्रका मुख्य नदी बागमती, बिष्णुमती र अरू सानातिना खोलामा सङ्लो पानी प्रवाहित हुन छाडिसकेको छ ।  केही दशकयता काठमाडौंँमा मानव बस्तीको तीव्र विस्तार तन्किएसँगै त्यसको असर कुनै बेला स्वच्छ, निर्मल र कञ्चन पानी बहने साना–ठूला नदीले पनि भोग्नुपरेको छ ।  नदीलाई स्वच्छ र सफा राख्नुपर्छ र यो मानव जातिको सभ्यता र भव्यताको पहिचान हो भन्ने मान्यता एवं चेतनाको अभ्युदय नभएको होइन होला तर जनसङ्ख्याको बढ्दो चापसँगै अचेल काठमाडौंँका प्रमुख र अरू सानातिना नदी–नाला तिखो चपेटामा परेका छन् र बागमती र बिष्णुमतीजस्ता काठमाडौँंको प्राचीन सभ्यतालाई स्मरण गराउने धरोहरलाई जोगाउन भए÷गरेका प्रयत्नहरू सार्थक र उपलब्धिमूलक हुन सकेका छैनन् ।  
काठमाडौँंको सुन्दरतालाई अझ चम्काउने हो भने प्राचीन सम्पदा, धरोहर र सभ्यतालाई जोगाउन उत्तिकै आवश्यक देखिन्छ ।  त्यसका निम्ति काठमाडौँ उपत्यकाको पहिचान बनेको बागमती र बिष्णुमतीजस्ता नदीलाई पूर्ववत अवस्थामा फर्काउन सबै पक्षले प्रयत्न गर्नुको विकल्प देखिँदैन ।  कुनै पनि प्राचीन सहरलाई चिनाउने पक्षहरू भनेका त्यहाँका सांस्कृतिक, धार्मिक, पुराताìिवक सम्पदाका साथै नदी–नाला र प्राकृतिक पक्ष नै हुन् र काठमाडौंँको सुन्दरता, गरिमा र प्राचीनतालाई माथि उठाउने हो भने सम्पदाजन्य पक्षको संरक्षण एवं विकास गर्नुका साथै स्वच्छ, सफा राख्नु नै बुद्धिमानी कार्य ठहरिनेछन् ।  
आधुनिकताले गहन स्पर्श गरे पनि काठमाडौँंलाई चिनाउने पक्ष सांस्कृतिक, धार्मिक र पुराताìिवक सम्पदा नै हुन् तर २०७२ सालको प्रारम्भमै आएको भूकम्पले काठमाडौंँका अधिकांश सांस्कृतिक, धार्मिक र ऐतिहासिक एवं पुराताìिवक सम्पदा नष्ट तुल्यायो ।  भूकम्पले ध्वस्त तुल्याएका ऐतिहासिक, धार्मिक र पुराताìिवक सम्पदाहरू पुनर्निर्माण एवं जीर्णोद्दार गर्ने कार्यमा सरकारी पक्षको चासो र चिन्ता नपोखिएको होइन र सुस्त गतिमै भए पनि केही प्राचीन सम्पदा पुनर्निर्माण हुने कार्य आरम्भ भएको पनि छ ।  तर भूकम्पले घरबारविहीन भएका नेपाली जनतालाई ओत लाग्ने आधार दिलाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको हुँदा भत्किएका प्राचीन सम्पदा पुनर्निर्माणमा ढिलाइ भइरहेको स्पष्टै बुझ्न सकिन्छ ।  आशा गराँैं, प्राचीन सम्पदालाई पूर्ववत स्थितिमा उभ्याउने कार्यमा सरकारले यथेष्ट ध्यान दिनेछ र काठमाडौंँ उपत्यकाको सुन्दरतालाई पुनर्निर्मित सम्पदाहरूले फेरि पुनर्जीवित तुल्याउनेछ ।  
सबै चाहन्छन्, कुनै पनि महानगरभित्र दुई÷चार वटा ठूला पुस्तकालय होऊन, आठ–नौवटा शान्त र हरियाली पार्क होऊन् र होऊन् दुई – चारवटा नाट्यशाला पनि ।  यो कुनै अतिशयोक्तिपूर्ण चाहना होइन ।  पुस्तकालयको कुरा गर्दा, काठमाडौंँ उपत्यकाभित्र केही ठूला पुस्तकालय नभएका होइनन् ।  कतिपय पुस्तकालय व्यवस्थित छन् भने कतिपयले आफूलाई अझै व्यवस्थापन गर्न सकेका छैनन् तर भूकम्पको नमीठो कहर केही पुस्तकालयले भोग्नुप¥यो ।  भूकम्पको केही महिनासम्म त काठमाडौँंका पुस्तकालय खुलेनन् नै, संरचना ध्वस्त भएको राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय अहिलेसम्म पनि सञ्चालनमा आएका छैनन् ।  ती पुस्तकालयमा रहेका बहुमूल्य र अप्राप्य कतिपय पुस्तक अझै पनि बोरामा खाँदेर राखिएका छन् ।  त्यसरी बोरामा खाँदेर राखेका प्राचीन र अप्राप्य पुस्तकको हालत कस्तो छ होला ? धमिराले गुँड लगाइसक्यो कि ? यस्ता प्रश्नहरू उठ्ने गरे पनि संरचना ध्वस्त भएका पुस्तकालय पुनः सञ्चालन गर्नेतिर भने कसैको पनि ध्यान जान सकेको छैन ।  यो दुःखद् पक्ष हो ।  
केही समयअघि, काठमाडौँं उपत्यकाभित्र ८३ वटा सार्वजनिक थलो रहेको कुरा बाहिर आएको थियो ।  यो सुखद् पक्ष हो ।  किनकि, काठमाडौँ उपत्यकाभित्र यति धेरै सङ्ख्यामा सार्वजनिक थलो हुनु भनेको कम खुसीको विषय होइन तर महानगरको व्यस्त दिनचर्याबीच गुज्रिनेहरूले केही समयका लागि सुस्ताउने ठाउँ खोज्दा त्यसको सर्वथा अभाव महसुस मात्रै गर्नुपर्छ ।  केही समय टहलिने, शान्त र हरियाली वातावरणबीच पुस्तक अध्ययन गर्ने र शान्तपूर्वक मोबाइल चलाएर बस्ने सार्वजनिक पार्क भने निकै नै कम छन्, तर जति छन्, उचित र राम्रो व्यवस्थापनको अभावमा खुम्चिएर रहेका छन् ।  महानगरका बासिन्दाहरू शान्त, सुन्दर, हरियालीपूर्ण वातावरणको खोजीमा उपत्यका वरिपरिका रमणीय डाँडापाखामा पुग्न नै रुचाउँछन् ।  किनकि, महानगरभित्रै केही समय मन डुलाउने, व्यतित गर्ने र बालबालिकालाई घुमाउने रमणीय पार्कहरूको नितान्त अभाव छ ।  काठमाडौँं उपत्यका, एउटा महानगरभित्र हुनुपर्ने पार्कको अभाव झेलेर बाँचिरहेको छ भन्दा अन्यथा नठरिएला ।  
महानगरका बासिन्दालाई मनोरञ्जन प्रिय लाग्नु स्वभाविकै हो ।  हुन त मनोरञ्जनका लागि के महानगर, के सहरोन्मुख बस्ती र के ग्रामीण भेग, सबै ठाउँका मानिसलाई मनोरञ्जन चाहिन्छन् नै ।  किनकि, मनोरञ्जनलाई मानवीय स्वभावभन्दा टाढा राखेर हेर्नु उचित देखिँदैन ।  मनोरञ्जनप्रेमीहरूका निम्ति काठमाडाँैं भव्य लाग्छ ।  केही वर्षयता अत्याधुनिक सिनेमाहल खुलेका छन् र उच्चदेखि मध्यम वर्गसम्मका मानिस मात्र होइनन्, श्रम गरेर बाँच्नेका पनि सिनेमाहलसम्म पहुँच विस्तार भएको छ ।  यसरी नै, महानगरमा त्यस्ता केही नाट्यशाला पनि खुलेका छन्, केही प्रतिबद्ध नाट्यकर्मीहरूले आफूलाई समर्पितरूपले नाट्य क्षेत्रमा उभ्याइरहेका छन् र मनोरञ्जनका साथै बौद्धिक खुराक ग्रहण गर्न चाहने महानगरभित्रका एउटा तप्काले नाट्यशालाहरूलाई रोज्नु स्वाभाविक बनेको छ अचेल ।  
निःसन्देह, केही वर्षयता काठमाडौंँ उपत्यकाभित्र सडक विस्तार गर्ने कार्यले व्यापकता पाएसँगै सवारीको बढ्दो चापलाई घटाउन धेरै नै सहयोग पु¥याएको त छ नै, सडक विस्तारसँगै सडक किनारमा रोपिएका बोटबिरुवा, फूलले महानगरको शोभा बढाउन पनि यथेष्ट भूमिका खेलेको छ तर सडक किनारमा रोपिएका बिरुवा र फूलहरूको उचित स्याहार, सुसार नहुँदा भने व्यवस्थापन पक्षको फितलोपनालाई नै उजागर गर्ने गरेको छ ।  जेहोस्, महानगर दिनानुदिन सभ्य, सुन्दर र लोभलाग्दो बन्दैछ ।  बागमती र बिष्णुमतीजस्ता साना–ठूला नदी पूर्ववर्ति दिनहरूमै फर्किए, शान्त र हरियालीले भरिपूर्ण केही पार्कहरू व्यवस्थित रूपमा सञ्चालित भए, बन्द पुस्तकालयहरू पुनः सञ्चालनमा आए र सडक किनारका बिरुवा र फूलहरूको उचित स्याहार–सुसार भए काठमाडौंँ झनै चम्किनेछ ।  काठमाडौँको शोभा र सौन्दर्यमा गुणात्मक परिवर्तन आउनेछ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना