सुदूरपश्चिममा भारतीय नोटबन्दीको प्रभाव ः नाकाबन्दीभन्दा बढी

डिलबहादुर सिंह

डोटी, मंसिर ५ गते । भारत सरकारले पाँच सय र एक हजार रुपियाँका नोटहरु चलन चल्तिको लागी बन्द गरे सँगै सुदुरपश्चिमका पहाडी जिल्लाहरुको दैनिक जीवनयापनमा समेत अप्ठ्यारो उत्पन्न हुन थालेको छ ।
अघिल्लो बर्ष भारतवाट गरिएको अघोषित नाकाबन्दीका समयमा समेत खासै प्रभावित नभएका सडक संजालले नछोएका ग्रामिण क्षेत्रहरु भारतीय नोटको कारोबार  बन्द गर्ने पछिल्लो निर्णयले नाकाबन्दीभन्दा बढी मारमा परेका छन् ।
यहाँंवाट कामका लागि भारतका बिभिन्न शहरहरुमा जानेहरु घर फर्कदा भारतीय रुपियाँ नगदै लिएर आउने गरेका कारण यस क्षेत्रका ग्रामिण ईलाकाहरुका साथै शहरी क्षेत्रहरुमा समेत भारतीय नोटको कारोबारमा खासै अप्ठ्यारो पर्ने गर्दैन्थ्यो ।
डोटी बगलेग गाबिसका भिमबहादुर ठकुल्लाले भन्नु भयो – “भारतले नाकाबन्दी गर्दा समेत पेट्रोल र ग्यासको आबश्यकता नपर्ने यस क्षेत्रका ग्रामिण ईलाकाहरुमा भारतीय नोटको सम्बन्धमा भएको पछिल्लो निर्णयले दैनिक जिवन यापनमा समेत समस्या उत्पन्न गराएको छ । बिबाह ब्रतबन्धदेखि औषधी उपचार र दैनिक काम काजमा पनि भारतीय नोट नचल्दा समस्या उत्पन्न भएको छ । ”
भारतमा कमाएर ल्याएका भारतिय नोटहरु नेपाली नोटहरु सरहको दरमा पनि यस क्षेत्रमा चल्न सकेका छैनन् । केही दिन पहिलेसम्म सस्तो दरमा भारु खरिद गर्नेहरुले समेत खरिद गर्न छोडेका छन् । भारु एक हजार र पाँच सयका नोटहर नचल्दा  दैनिक गुजारा गर्न समेत चर्को ब्याजमा ऋण काडेर घर ब्यबहार चलाउनु परेको धेरैको गुनासो छ ।

डोटीको सिलगढीवाट दैनिक उपभोग्य सामान खरिद गरेर गन्तब्यमा जादै डोटीको ग्रामिण क्षेत्रका महिलाहरु । भारतिय एकहजार र पाचसयका

नोटका बिषयमा भएको निर्णयले यस क्षेत्रको दैनिक जिवन यापनमा समेत समस्या पर्न थालेको छ । तस्विर ः डिलबहादुर सिंह

डोटीकै गिरिचौका गाबिसमका राम नेपालीका अनुसार भारु नोटहरु चल्न छोडे पछि मंसिर लागेसंगै बिहेको मौसम शुरु भयो काम काज चलाउनकै लागी भए पनि सय कडा पाँंच प्रतिशत सम्म ब्याजमा ऋण लिन थालेका छन् । भारतमा कमाएको पैसा बैंक मार्फत् घरमा पठाउने काम अझै पनि धेरै जसोले गर्ने गरेका छैनन । नेपालवाट काम गर्न जाने कामदारहरुले  चिनाजानका व्यक्तिमार्फत्  नगदै भारु घरमा पठाउने गर्छन आफु लिएर आउँदा पनि नगदै लिएर आउँछन् । फलस्वरुप यही कारणले यस क्षेत्रम समस्या आएको हो ।
भारतमा बन्द घोषणा गरे सँंगै यस क्षेत्रका भारतका ब्यापारीहरुसँंग सम्बन्ध भएका कतिपय शहरी क्षेत्रका ब्यापारीहरुले सस्तो भारु दरमा खरिद गरेका थिए । हप्तौ बित्दा समेत नेपालमा रहेको भारतीय रुपियाँको बिषयमा कुनै निर्णय सार्वजनिक नभएपछि उनिहरु समेत तनावमा छन् । दिपायलका एक जना ब्यापारीले भन्नु भयो –“गाउँ–गाउँवाट मान्छेहरु सामान खरिद बिक्रिमा भारु हजार र पाँच सयका नोटहरु लिएर आउँछन् लिउ भने के गर्ने भन्ने निश्चित भएको छैन, नलिउँ भने ब्यापार चल्दैन । कतिलाई फिर्ता गर्नु अव त पसल नै बन्द गर्नुपर्ने अवस्था आईसक्यो । ”।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना