जैविक विविधता तथा पर्यटनको प्रशस्त सम्भावना

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ,  मङ्सिर ६ गते।  जलवायु परिवर्तनले विशेष गरेर तालतलैया क्षेत्रमा असर परिरहेको विभिन्न अध्ययनले देखाइरहेका बेला नेपालमा भने पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी (सिमसार क्षेत्र) भेटिएका छन् ।  साना ठूला गरेर नदी, खोला–नालाको सङ्ख्या पनि छ हजारभन्दा बढी छन् ।
राष्ट्रिय ताल संरक्षण विकास समितिले हालै देशभरि गरेको अध्ययनका क्रममा पाँच हजार ३५८ वटा ताल भेटिएका छन् ।  संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महìवपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा भेटिएका छन् ।  समितिका अनुसार, समुद्री सतहदेखि चार हजार मिटरभन्दाको उचाइमा दुई हजार १११ वटा ताल रहेका छन् ।  
त्यसैगरी तीन हजार मिटरदेखि चार हजार मिटरको उचाइमा ११६ वटा ताल फेला पारिएको छ । taal
अध्ययनमा तालतलैया बढी भएका जिल्लाहरूको वर्गीकरण पनि गरिएको छ ।  सबैभन्दा बढी तालतलैया हुने आठवटा जिल्लामा हुम्ला, ताप्लेजुङ, कपिलवस्तु, सोलुखुम्बु, रूपन्देही, बाँके, धनुषा र डोल्पा रहेका छन् ।  समितिका कार्यकारी निर्देशक लङ्कबहादुर शाहीका अनुसार, सबैभन्दा बढी ३८१ वटा ताल हुम्ला जिल्लामा पाइएका छन् भने ताप्लेजुङमा ३८० वटा ताल भेटिएका छन् ।  त्यसैगरी, कपिलबस्तुमा ३५१, सोलुखुम्बुमा ३३९, रूपन्देहीमा २८९, धनुषामा २३० र डोल्पामा २१० वटा तालतलैया भेटिएका छन् ।  अध्ययनका क्रममा भेटिएका अधिकांश ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् ।  ताल क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा पनि चिन्ने गरिन्छ ।  सिमसारक्षेत्र जैविक विविधताका दृष्टिले निकै महìवपूर्ण क्षेत्रका रूपमा लिइन्छ ।  
सिमसारविज्ञ टोपबहादुर खत्री भन्नुहुन्छ, “तालतलैया बढी देखिनु भनेको नेपालको जैविक विविधता त्यति नै धनी भन्ने हो ।  वन, वनस्पति, वन्यजन्तु, चराचुरुङ्गीलगायतको पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) लाई पानीले प्रभाव पारिरहेको हुन्छ ।  जमिनमा प्रशस्त पानी वन, वनस्पति र जीवजन्तुका लागि बासस्थान सुरक्षित भएको मानिन्छ । ”
नेपालका ताल हिमाली प्रकृतिका मानिन्छन् ।  नेपालका तालतलैयालाई एसियाका ‘वाटर टावर’पनि भन्ने गरिन्छ ।  कतिपय हिमनदीका मुल तालबाट फुटेका छन् भने कतिपय हिमालबाट हिमताल बनेका छन् ।  तुलनात्मकरूपमा विश्वका अन्य महादेशमा पाइनेभन्दा नेपालका तालतलैया स्वच्छ पानीका मानिन्छन् ।
अधिकांश जीवजन्तुका साथै चराचुरुङ्गीले वन र पानी, घाँसे मैदान र पानी क्षेत्रवरपर विचरण गर्ने, त्यहाँ बच्चा कोरल्ने, गर्भधान गर्ने, बासस्थान बनाउने भएकाले सिमसार क्षेत्रहरूको संरक्षण गर्नु आवश्यक भएको धारणा सिमसारविज्ञ खत्रीको छ ।  उहाँ भन्नुहुन्छ, “सिमसार क्षेत्रको संरक्षण गर्नु भनेको जैविक विविधताको संरक्षणमा महìवपूर्ण योगदान गर्नु हो । ” चुरे र तराई क्षेत्रका महìवपूर्ण तालको संरक्षण गर्न राष्ट्रपति चुरे, तराई मधेस संरक्षण विकास समितिले पनि काम गरिरहेको छ ।  समितिका सदस्य–सचिव डा. अन्नपूर्णानन्द दासका अनुसार, तत्काल संरक्षण गर्नुपर्ने देखिएका र अतिक्रमणको चपेटामा परेका चुरे र तराई क्षेत्रका केही तालको संरक्षण गर्न नेपाली सेनासँगको साझेदारीमा काम भइरहेको छ ।  
उहाँका अनुसार, समितिले तालको अवस्था, महìव र अतिक्रमण हुनसक्ने स्थितिलाई हेरेर तालको वर्गीकरण गरी संरक्षण अभियान सञ्चालन गर्ने गरेको छ ।  हालसम्म समितिले देशभरिका तत्काल संरक्षण गर्नुपर्ने अवस्था देखिएका एक सयवटा तालतलैयाको संरक्षण गर्ने काम गरिरहेको छ ।  आगमी दिनमा अवस्था हेरेर सबै तालको वर्गीकरण गरिने र प्रभावकारीरूपमा स्थानीय समुदायको सहभागितामा तालको संरक्षण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको जानकारी उहाँले दिनुभएको छ ।  


स्थानीय समुदाय नजागेसम्म तालको संरक्षण हुँदैन: लङ्कबहादुर शाही
कार्यकारी निर्देशक, राष्ट्रिय ताल संरक्षण विकास समिति
दक्षिण एसियाली मुलुकको स्थिति हेर्दा नेपाल धेरै ताल भएको मुलुकमा पर्छ ।  नेपालका ताल स्वच्छ पानीका ताल हुन् ।  यिनै तालको संरक्षण, संवद्र्धन गर्दै पर्यटनको विकास गर्न सरकारले राष्ट्रिय ताल संरक्षण विकास समिति गठन गरेको हो ।  समिति गठन हुनु आफैंमा राम्रो कुरो हो ।  गर्नुपर्ने काम धेरै रहे पनि त्यस अनुरूप समितिले काम गर्न नसकेको भए पनि समितिले देशभरि कतिवटा ताल छन् भन्ने अध्ययन गर्न सफल भएको छ ।  
पाँच हजारभन्दा बढी ताल रहेको हाम्रो मुलुकमा तालको विकास, संरक्षण र संवद्र्धन गर्न समितिले स्थानीय समुदायसँग साझेदारी गरिरहेको छ ।  स्थानीय समुदाय नजागेसम्म प्राकृतिक सम्पदाको संरक्षण हुनसक्दैन भन्ने मान्यतामा समितिले काम गरिरहेको छ ।  तालको महìव बुझाउने खालका कार्यक्रम, तालवरिपरिको क्षेत्र संरक्षण, पैदलमार्गका साथै विश्रामस्थल निर्माणलगायतका काम विकास समितिले गर्दै आइरहेको छ ।  ताल पानीको स्रोत भएकाले कृषि, खानेपानी, स्वास्थ्यलगायतका क्षेत्रमा र समग्र पारिस्थितिकीय प्रणालीमा तालको महìव रहनेगरेको छ ।  तालको संरक्षण दिगो विकासमा चुनौती धेरै छन् ।  पर्यटकीय, धार्मिकका साथै जैविक विविधताको दृष्टिले निकै महìवपूर्ण मानिएका तालको संरक्षण गर्न साधन, स्रोत, दक्ष जनशक्तिको अभाव हामीले व्यहोर्नुपरिरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना