सूचनाको हक कार्यान्वयन भएमात्र सुशासन, विकास र समग्र लोकतन्त्रको सुदृढ – प्रधानमन्त्री

puspa kamal dahal prachandaकाठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भएमात्र सुशासन, विकास र समग्र लोकतन्त्र सुदृढ हुने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगले बुझाएको १० बुँदे सुझाव ग्रहण गर्दै उहाँले पारदर्शिता अपनाउन सकेमात्र सुशासन र लोकतन्त्र बलियो हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो–“राजा÷महाराजाको पालामा जति सूचना लुकायो, त्यति बलियो हुन्छौँ भन्ने बुझाइ थियो, अहिले त्यसको ठीक विपरीत ढङ्गले जति पारदर्शिता हुन सक्यो, त्यति सुशासन हुन्छ भन्ने बुझाइ छ ।” मुलुक ठूलो राजनीतिक परिवर्तनको प्रक्रियाबाट अघि बढेको उल्लेख गर्दै उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका बारेमा आयोगले चिन्ता र चासो लिएकोप्रति खुसी लागेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कानुन र संविधानले सूचनाको हकको व्यवस्था गरेको र त्यहीअनुसार आयोगले काम गरिहेको छ भन्ने आफूले विश्वास लिएको छु भन्नुभयो । मुख्यसचिव डा सोमलाल सुवेदीले आयोगले मन्त्रालयहरुको मूल्याङ्कन गरिरहेको बारेमा आफूलाई जानकारी नभएको भन्दै आगामी दिनमा मन्त्रालयले मूल्याङ्कनमा सुधार गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयहरुले आफ्ना काम कारबाही पारदर्शी तरिकाले गरेको र सूचना बाकस राख्ने, सूचना अधिकारी तोक्नेजस्ता काम भएको उहाँले जानकारी दिनुभयो ।आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगले सूचनाको हक कार्यान्वयन भए वा नभएको विषयमा ३१ वटा मन्त्रालयका पूर्व सचिवहरुले मूल्याङ्कन गर्नुभएको र त्यसमा सबै मन्त्रालयले सूचना अधिकारी तोक्ने काम भएको बताउनुभयो । सूचनाको हकको कार्यानवयनबाट भष्टाचार नियन्त्रण र विधिको शासन स्थापित गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

उहाँले आयोगले तीन÷तीन महिनामा मन्त्रालयको कार्य सार्वजनिक गर्नुपर्ने, सार्वजनिक सुनुवाइ गर्ने, जनताको सूचनाको हकको सुनुवाइलगायतका विषयमा भने मन्त्रालयको प्रयास कमजोर देखिएको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्रीले सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन–२०७३ को सार्वजनिक गर्नुभएको थियो भने प्रधानमन्त्रीलाई आयोगका प्रमुख सूचना आयुक्त बाँस्कोटाले १० बुँदे सुझावपत्र प्रदान गर्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना