दुप्चेश्वरको संरक्षण र विकास

 ganesh panditगणेश पण्डित




संसारमा प्रकृतिका सिर्जनाहरू सबै ठाउँमा एकै नासका छैनन् ।  भिन्नभिन्न ठाउँका ती विभिन्न सिर्जनाका आ–आफ्नै विशेषता, महìव र आकर्षण हुन्छन् ।  कहीँ कहीँ यस्तो अनौठो सिर्जना पनि हुन्छ, जुन ज्यादै चित्ताकर्षक, प्राकृतिक कला–कौशलको दिव्यताले सिंगारिएको र अनुपमेय हुन्छ ।  यसको स्पष्ट उदाहरण हामी नुवाकोटको राहुतबेसी–८ तादी (सूर्यमती) नदीको पूर्व तीरमा रहेको प्राकृतिक शिवलिङ्ग दुप्चेश्वरलाई लिन सक्छाँै ।
दुप्चेश्वर तीर्थस्थल सदरमुकाम विदुरबाट भण्डै ४१ कि.मि. उत्तर पूर्वमा समुद्र सतहदेखि करिब चार हजार फिटमाथि रहेको छ ।  एउटै विशाल शिलाको अर्र्धवृत्ताकार रूपमा कुँदिएको १५ फिट जतिको शिला सतहमा २.५ फिट जति अग्लो दुप्चेश्वर महादेवको प्राकृतिक शिवलिङ्ग छ ।  वि.सं. २०२० मा भौगोलिक र ऐतिहासिक अध्ययनको क्रममा त्यहाँ पुग्नुभएका इतिहास एवं पुरातत्वविद्योगी नरहरिनाथको भनाइमा “दुप्चेश्वरको कैलाशकूटाकृति विशाल भव्य प्रतीक कुनै कलाकार व्यक्तिले कुँदेको होइन, प्राचीन युगदेखि तादी नदीका शिलावालुकावाही जल–प्रवाहले लाखाँै वर्षसम्म क्रमश ः कुँदेएर कुरिनवाहुल्य भएका ठाउँमा प्रकट गरेको प्राकृतिक शिवलिङ्ग हो ।  बिन्दु संयुक्त ॐकारमाथिका अनुनासिकजस्तो आकार विशाल शैल–शिलामा पश्चिमाभिमुख विद्यमान छ । ”
दुप्चेश्वरमा प्रत्येक वर्ष मार्ग शुक्ल एकादशीबाट आरम्भ भएर पूर्णिमाका दिन भव्यतासाथ चल्ने मेलामा विभिन्न भेकबाट लाखौंँ मानिसको आवतजावत हुन्छ ।  यसका अतिरिक्त पञ्चमी, ठूलो एकादशी, औशी, पूर्णिमा सङ्क्रान्ति, वाला चतुर्दशी, महा–शिवरात्री, दशहरा, तीज, ऋषिपञ्चमीजस्ता विशेष चाड र पर्व दिनमा पूजाअर्चनासहितका सांस्कृति मेला लाग्ने गर्छन् ।  अहिले बाटो घाटोको सुगमताका कारण दुप्चेश्वरमा प्रत्येक दिनजसो नै भक्तजनको घुइँचो लागिरहेकै हुन्छ ।  हिजोआज प्रत्येक सोमबार र शनिबारको दिन पूजाआजा गर्न आउने श्रद्धालुजनको अझ विशेष भीड लाग्न थालेको छ ।
श्रद्धालुहरूलाई सूर्यकुण्डबाट निसृतः पावन तादी नदीको स्वच्छ र निर्मल जलप्रवाहमा स्नान गर्दा देहरआत्मशुद्धिको अनुभूति हुनु पनि स्वभाविक हो ।  भक्तजन तादीको जल लिएर शिवजीलाई रुद्राभिषेकर पुजा गर्छन् ।  त्यहाँ बेला मौकामा कथा, पुराण महात्म्यहरू प्निलाग्छन् ।  झन् हिजो आज विवाह, व्रतबन्ध पितृकार्य एवं संस्कारजन्य विविध कार्यहरू सम्पादनका लागि पनि बढी मात्रामा तीर्थस्थलको खोजी हुने हुंँदा त्यहाँको देवालय क्षेत्रको व्यस्ततामा निकै अभिवृद्धि हँुदै गएको पाइन्छ ।  
विभिन्न संस्कृतिको सङ्गम थलो नै हो दुप्चेश्वर ।  कुनै वर्ण लिङ्ग, जात भाषा, संंस्कृतिको भेदभाव बिना विभिन्न जनसमुदाय आ–आफ्ना परम्परागत चलनअनुसार नाचगान टोलीहरू लिएर आउँछन्, भजन वालन तामाङसेलो गाउँछन् ।  तामाङ, शेर्पाहरू झाँक्रीहरूको नाच लिएर आउँछन्, शेर्पाहरूको विशेष सामूहिक गीत र नाच चल्छ ।  वास्तवमा दुप्चेश्वर तीर्थस्थलले, सामाजिक, सांस्कृतिक सद्भाव सहिष्णुता र समन्वयको सन्देश प्रवाहित गरेको छ ।  हिन्दु, बौद्ध, बोनलगायत सबैले आ–आफ्ना तर्फबाट मान्ने गरेका छन् ।  मेचीदेखि महाकालीसम्मका श्रद्धालु भक्तजन र अन्य स्वतन्त्र पर्यटकको पनि यहाँ जमघट हुन थालेको छ ।  तीर्थयात्रीहरू आ–आफ्ना आकाङ्क्षा र अभिलाषा अनुसारको मनोवान्छा सिद्ध हुने विश्वास लिएर आउँछन् ।
प्राणी एवं वनस्पति सबैका लागि जीवनको आधारभूत तìव जल भएकोले नै विश्व कल्याणमा देवता शिवलाई वेद, शास्त्र, पुराणले “जलधाराप्रियो शिव” भनेर व्यख्या गरेका हुन् ।  जहाँ भगवान् शिवको पावन धाम तथा मन्दिरहरू छन् प्रायः त्यहा जल सम्पदा र संस्कृतिको ठूलो योगदान भएको पाइन्छ ।  भारतको दिव्यधाम, केदारनाथ र मन्दाकिनी नदी दक्षिण भारतको त्रियम्वकेश्वर र गोदावरी नदी, सोमनाथ र प्रभास तीर्थ आदि यसका केही उदाहरण हुन् ।  वैद्यनाथ धाममा बोलबम भक्तजन टाढाटाढाबाट घडामा जल लिएर चढाउन पुग्छन् ।
गङ्गा, अलकनन्दा र मन्दाकिनी मिलेर प्रसिद्ध तीर्थ हरिद्वार बनेको हो ।  तीर्थराज प्रयाग पनि गङ्गा र यमुनाको सङ्गम स्थल हो ।  नारायणी र भागीरथीको मिलन स्थल ‘हरिहरक्षेत्र’ भनिन्छ ।  नेपालमा प्रख्यात तीर्थ ‘गोसाईंकुण्ड’ त्रिशुलधाराबाट बगेको पानीले बनाएको हो ।  नुवाकोटको त्रिशूली र फलाँखु (बेत्रगङ्गा) को सङ्गम बेत्रावती र तादी र त्रिशूलीको सङ्गम स्थल ‘देवीघाट’ हो ।  प्रसिद्धकृष्णा गण्डकीको तटमा अवस्थित रुरु क्षेत्रको ठूलो धार्मिक महìव छ ।  त्यस्तै पवित्रतादी (सूर्यमती) र दुप्चेश्वरको गहन सम्बन्धबाट बनेको यस तीर्थस्थलको पनि ठूलो धार्मिक महìव छ ।  
पुरातìव एवम्ं इतिहासविद्, विद्वान् योगी नरहरिनाथले दुप्चेश्वरवारे आफ्नो निष्कर्ष यसरी निकाल्नु भएको छ ः– “शिवो दुप्चेश्वरो देवः सूर्यगङ्गातटेस्फुटः ।  गवा प्रकटितो दुग्धैर्यथा पशुपतिःपुरा”
(आध्यात्मिक नेपाल १०९।११०) अर्थात् सूर्यगङ्गा तटमा प्रकट दुग्धेश्वर शिवलाई पशुपतिजस्तै दुग्धधारा भिषेकबाट गौमाताले प्रकट गरेकी हुन् ।  जनश्रुतिअनुसार, पशुपति देवपत्तनको एउटा ढिस्कोमा गाईको दुग्धधारा भिषेकबाट ‘ज्योतिर्लिङ्ग पशुपति’ पहिलिएका हुन भने दुप्चेश्वर पनि स्थानीय वासुदेवतामाङ्कोे गाईले कुर्सिंलाको लहरोमा झुन्डिएर वडा जतनले जानुपर्ने डरलाग्दो भीर बीचको अनकन्टार ठाउँमा शिलाको शिवलिङ्गमा दुग्धधारा प्रवाहित गरिरहेको देखेर नै पत्ता लागेको हो भनिन्छ ।  यो घटना आजभन्दा तीन सय वर्षअगाडि घटेको मानिन्छ ।  
यहाँको सभ्यता र संस्कृतिको निर्माणमा महìवपूर्ण योगदान पु¥याएको, ऐतिहासिक र धार्मिक महìवको तीर्थस्थलको अभिन्न अङ्ग रहिआएकोे तादी (सूर्यमती) नदीको प्राकृतिक र स्वतन्त्र प्रवाहको यसै क्षेत्रमा स्थानीय विभिन्न जनसमुदायका पाँचवटा परम्परागत अन्तिम संस्कार घाट र दुप्चेश्वर मन्दिर निकटको भक्तजनहरूले स्नान गर्ने र पूजार्थ जल लिने स्थान सबैमा गम्भीर असरपर्ने गरी माथिबाट नदीलाई अन्यत्रै मोडेर “हिरारत्न हाइड्रो पावर प्रा.लि.” को नामबाट व्यावसायिकरूपमा पाँच मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने आयोजना कार्यान्वयनको प्रयास भइरहेको छ ।  राष्ट्रिय महìव र परिचय प्राप्त गरेको यस ‘तीर्थस्थलको’ यथार्थलाई पूरै बेवास्ता गरी यससम्बन्धी प्रतिवेदनमा आयोजनाको कार्यान्वयनबाट प्रभावित हुने गाविसमा ऐतिहासिक सांस्कृतिक महìवको कुनै स्थल नभएकोले प्रतिकूल असर पर्ने सम्भावना छैन भनी लेखिएको पाइएको छ ।  यस सन्दर्भमा स्थानीय पाँच गाविसको परिषद्ले जनसमूहको विभिन्न भेला र सभाहरूले पनि सशक्तरूपमा यही माग अघि सारेका छन् ।  स्थानीयरूपमा विद्युत् उत्पादनका अन्य विभिन्न विकल्प निस्कन सक्छन् तर दुप्चेश्वरजस्तै तीर्थस्थलको अर्को विकल्प भने निस्कन सक्दैन ।  अहिले ‘तीर्थ पर्यटनको’ उल्लेखनीय अभिवृद्धि हुँदै गइरहेको ताजा उदाहरण दुप्चेश्वर तीर्थस्थललाई लिन सकिन्छ ।  धार्मिक, सांस्कृतिक प्राकृतिक सामुदायिक सबै हिसाबले महìवपूर्ण यो तीर्थस्थल भोलिका दिनमा राष्ट्रको तीर्थ पर्यटनको दृष्टिले पनि अझ बढी महìवपूर्ण गन्तव्य स्थल हुने वृहद् सम्भावना छ ।  
आफ्नो संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्न पाउने जनसमुदायको संविधान प्रदत्त मौलिक अधिकार हो ।  संस्कृतिका क्षेत्रमा नेपालको राष्ट्रिय पहिचानलाई जीवन्त राख्न मुलुकलाई समृद्धिको मार्गमा लैजान र राष्ट्रिय एकतालाई बलियो बनाउन देशका विभिन्न सम्पदाको खोजीनीति, पहिचान, सूचीकरण, संरक्षण, सम्बद्र्धन समुचित व्यवस्थापन तथा विवेकपूर्ण उपयोगको अतिनै खाँचो छ ।  लोकतन्त्रमा संस्कृति र सम्पदा संरक्षण गर्न पाउने आफ्नो मौलिक हक अधिकारको पक्कै पनि कदर हुने कुरामा जनसमुदाय विश्वस्त छन् ।  दुप्चेश्वर संरक्षण समाज स्थानीय विभिन्न सङ्घ संस्थाहरू जनसमुदाय समाजसेवी बुद्धिजीवी, संस्कृति तथा सम्पदा प्रेमीलगायत सबै एकजुट भएर दुप्चेश्वर तीर्थस्थलको अभिन्न अङ्गको रूपमा रहेको तादी (सूर्यमती) नदीको तीर्थक्षेत्रको प्रवाह पूर्ववत् अविरल, अखण्डितर स्वतन्त्र रहन दिनुपर्छ ।  कुनै पनि बहानामा तीर्थस्थलको महìव र स्वरूप बिगार्ने कार्य हुन नदिन र सोही अनुरूप हिरारत्न जल विद्युत् परियोजनालाई परिमार्जन गर्न समयमै सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण जानु पर्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना