सहमति भए मात्र संविधान संशोधनको प्रस्ताव दर्ता

काठमाडौँ, मंसिर ७ गते । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले राजनीतिक दलबीच सहमति भएमात्र संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताउनुभएको छ ।अजय शंकर 

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा (एमाले)लाई सहमति गराएर मात्र संशोधन प्रस्ताव दर्ता हुने बताउनुभयो ।

मन्त्री नायकले “देशलाई निकास दिन संशोधन आवश्यक छ, एमाले पनि देशलाई अहिलेको अवस्थामा राख्न चाहदैन, त्यसैले एमाले संशोधनको पक्षमा आउँछ” भन्दै संविधान संशोधन अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता रहेको बताउनुभयो ।

आदिवासी जनजाति, मधेसी, थारुलगायत पक्षलाई मिलाउन संविधान संशोधन आवश्यक रहेको पनि उहाँले भन्नुभयो ।

एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले नेपाल र नेपालीको पक्षमा संविधान संशोधन गर्न एमाले तयार रहेको उल्लेख गर्दै विदेशीको चित्त बुझाउन संविधान संशोधन गर्न नसकिने प्रष्ट्याउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सङ्घीयताका कारण संविधान कार्यान्वयनमा समस्या परेको भन्दै सङ्घीयतालाई जनमत सङ्ग्रहबाट टुङ्ग््याइनुपर्ने बताउनुभयो ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले चाँडो संशोधनको प्रस्ताव लगेर असन्तुष्ट पक्षको माग पूरा गरिनुपर्ने धारणा राख्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना