मधेसी मोर्चासँग छलफल गरेर संशोधन प्रस्ताव तयार पारिने: नेपाली काँग्रेस

kangrshकाठमाडौँ,  मङ्सिर ८ गते  । नेपाली काँग्रेस संविधान संशोधन प्रस्ताव दर्ता गर्नुभन्दा पहिले मधेशी मोर्चासँग छलफल गरेर अगाडि बढ्ने भएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय कार्यालयमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा संविधान संशोधनका विषयलाई मूर्तरुप दिने विषयमा छलफल भएको थियो । बैठकबारे जानकारी दिँदै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनका विषयमा मधेसी मोर्चासँग र अन्य सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने विषयमा छलफल भएको बताउनुभयो ।

संशोधनको विषयमलाई अझ मूर्तरुप दिनका लागि सबै राजनीतिक दलसँग छलफल गर्ने विषयमा पार्टीमा छलफल भएको नेता पौडेलले उल्लेख गर्नुभयो ।संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०सँग कुरा नमिलेपछि सत्तारुढ दलले राजनीतिक संवादलाई तीब्र बनाएका छन् ।बैठकबारे काँग्रेस पूर्व महामन्त्री विमलेन्द्र निधिले संविधान संशोधनका विषयमा  प्रधानमन्त्री पुष्पकमल दाहालसँग मधेसी मोर्चा र सरकारमा सामेल अन्य दलसँग छलफल गरेर संशोधनको प्रस्ताव तयार पार्ने बताउनुभयो ।

नेपाली काँग्रेसले संशोधनका वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल भइरहको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले उल्लेख गर्नुभयो ।त्यसैगरी काँग्रेसका नेता अर्जुननरसिंह केसीलेसीमाङ्कन, भाषा, नागरिता र राष्ट्रियसभाको प्रतिनिधित्वलगायतका विषयमा छलफल भएको बताउनुभयो ।एमाले र मधेसी मोर्चासँग छलफल गरेर यस विषयमा निष्कर्षमा पुगिने जानकारी दिँदै उहाँले पाँच प्रदेशको सीमाङ्कनका विषयमा त्यहाँकै जनप्रतिनिधिका विषयमा कुरा गरेर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अङ्गीकृत नागरिकलाई मुलुकको सर्वोच्च पद दिने कुरो कुनै हालतमा स्वीकार्न सकिँदैन ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना