सत्तारूढ दल र सङ्घीय गठबन्धनबीच बैठक जारी

काठमाडौँ, मङ्सिर ८ गते । सत्तारूढ दल र मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनबीच संविधान संशोधनबारे अहिले बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा संविधान संशोधनका विषयबारे छलफल भइरहेको छ ।

संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराउनेबारे सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनुभएको हो । बैठकमा प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्तारुढ नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस लगायत प्रमुख घटकका नेता तथा गठबन्धनका तर्फबाट शीर्षनेताहरुको उपस्थिति रहेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना