चिठी लेखाउनेहरू मोबाइलको बटन दबाउन थाले

कल्पना पौडेल

काठमाडौँ, मङ्सिर ९ गते ।  कुनै समयमा मानिसका सन्देश एक ठाउँबाट अर्को ठाउँमा रहेका मानिससम्म पु¥याउन भरपर्दो माध्यमका रूपमा रहेको हुलाक सेवा अहिले निकै कम प्रयोग हुने गरेको छ ।
आधुनिक प्रविधिमा मानिसको पहुँच बढेसँगै चिठीका माध्यमबाट सन्देश पठाउने हुलाकको प्रयोग कम हँुदै गएको हो ।
देशभरका कुनाकुनामा पुगेको हुलाक सेवाका माध्यमबाट देशविदेशसम्म रहेका आफ्ना आफन्तलाई हालखबर पु¥याउन हुलाक सेवा भरपर्दो माध्यमका रूपमा रहेको छ ।
हुलाक सेवा विभागका निर्देशक राजन पौडेल पनि आधुनिक प्रविधिले प्रभूत्व जमाउन थालेपछि पहिलेको जस्तो हुलाकबाट पत्र पठाउने चलन हराएको बताउनुुहुन्छ ।  
अहिले हरेक मानिसका हातहातमा आधुनिक मोबाइल फोन छन् ।  देशविदेशसम्म कुरा गर्न सहज भएको छ ।  हरेक दिन फोनमा भिडियो च्याट गर्दै कुरा गर्ने सुविधा छ ।  जसका कारण गाउँघरको हालखबर पनि सजिलै थाहा पाउन सकिन्छ ।   hulak1-1000x0
पहिले श्रीमान् विदेश हँुदा चिठीका माध्यमबाट हालखबर पु¥याउने बर्दिया हाल पेप्सीखोला काठमाडौँ बस्ने शारदा खड्का पनि अचेल मोबाइल, भाइबरका माध्यमबाट कुरा गर्नुहुन्छ ।
पहिले महिनौँसम्म कुरा नहुने उहाँ अहिले दिनमै तीन, चार पटकसम्म कुरा गर्नुहुन्छ ।  उहाँ भन्नुहुन्छ, ‘‘पहिले पो चिठी पुग्न निकै समय लाग्थ्यो ।  अनि महिनौँ खबर थाहा हुन्थ्यो ।  अहिले त इन्टरनेटमा सित्तैमा कुरा गर्न सकिन्छ ।  अनि किन चिठी लेख्ने ?’’
गोरखाकी ७९ वर्षीया माकुरी न्यौपाने पनि अहिले मोबाइलबाटै विदेशमा रहेका छोरा, नातिसँग कुरा गर्नुहुन्छ ।  उपचारका लागि काठमाडौँ आउनुभएकी उहाँले पहिलेपहिले गाउँमा पढेलेखेलाई चिठी लेख्न लगाउनुहुन्थ्यो ।  उताबाट आएको चिठी पनि अरुले नै पढिदिन्थे ।
उहाँ भन्नुहुन्छ, ‘‘अहिले त मोबाइल दिएका छन् ।  फोन आयो भने हरियो बटन दबाएर उठाउनु भनेका छन् ।  त्यसै गर्छु र कुरा गर्छु ।  आफूले गर्न त जान्दिन ।  डायरीमा नाम, नम्बर लेखिदिएका छन्, जान्नेलाई डायल गरी दिन भनेर कुरा गर्ने गरेकी छु ।  चिठी नलेखाएको त वषौँ भयो  नि । ’’ उहाँले पहिलेजस्तो खबर थाहा पाउन महिनौँ कुनुपर्ने बाध्यता टरेको बताउनुहुन्छ ।  
अहिले देभभर इलाका र अतिरिक्त गरी ८५० हुलाक सेवा सञ्चालित छन् ।  यहाँका कर्मचारी पनि अहिले कामविहीन भएर बसेका छन् ।  
गाउँगाउँसम्म पनि अहिले मोबाइलको पहुँच पुगिसकेको अवस्थामा हुलाक सेवालाई आधुनिक प्रविधिसँग मिलाएर लैजानुपर्ने आवश्यकता विभागले पनि महसुस गरेको बताउनुहुन्छ निर्देशक पौडेल ।  
उहाँले अब गाउँमा जहाँ इमेल इन्टरनेटको सुविधा छैन ।  त्यस्ता ठाउँमा खोलिएका टेलिसेन्टरलाई व्यवस्थित गर्दै लाने विषयमा काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कतिपय स्थानमा मोबाइल पुगे पनि इन्टरनेटको सुविधा छैन ।  त्यस्ता ठाउँमा डकुमेन्ट पठाउन, कम्प्युटर सिकाउन टेलिसेन्टरले काम गर्ने गरेको छ । ’’
सरकारले हुलाकको प्रयोग घट्न थालेपछि २०६४ सालमा  देशभर चार सय टेलिसेन्टर स्थापना गरेको थियो ।
विभागले १०१ टेलिसेन्टर थप गरी जनशक्ति थपेर त्यहाँ अन्य सूचना पनि दिनका लागि डिस्प्ले राख्ने सोच बनाएको प्रस्तावना मन्त्रालयमा पठाएको छ ।  
अहिले टेलिसेन्टरमा कम्प्युटर तालिम लिएको व्यक्तिलाई करारमा राखिएको छ ।  भने सङ्घीय संरचनामा हुलाकको संरचना कस्तो हुने भन्ने विषयमा अध्ययन गरी खाका तयार गर्न पनि विभागले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
विभागका महानिर्देशक सुरेश अधिकारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सात दिनभित्र स्थानीय तहसम्म रहेको हुलाकको सङ्घीय संरचनाको स्वरूपबारे प्रतिवेदन तयार गरी सूचना तथा सञ्चार मन्त्रालयमा बुझाउने छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना